back
CTIZAN AD

कुश्ती खेलाडी यादवको निधन

वि.सं.२०७४ मंसिर २० बुधवार

954 

shares

२० मंसिर, राजविराज । सप्तरीको तिलाठी कोइलाडी गाउँपालिकामा एकजना कुश्ती खेलाडी मधु यादवको ८२ वर्षको उमेरमा मंगलबार निधन भएको आज जनाइएको छ ।

साविक कोइलाडी मधेपुरा गाविसको विगत १५ वर्षदेखि निरन्तर वडाध्यक्ष रहँदै आउनुभएका वडा नम्बर–८ निवासी यादवको असामयिक निधन भएको पारिवारिक स्रोतले जनाएको छ ।

उहाँ विगत केही समयदेखि मधुमेह तथा मुटुरोगबाट पीडित रहँदै आउनुभएको थियो । कुश्ती खेलका राष्ट्रिय खेलाडीसमेत रहनुभएका उहाँको जिल्ला तथा राष्ट्रियस्तरका विभिन्न प्रतियोगितामा सहभागी भई दर्जनौँ कप, पदक तथा पुरस्कारसमेत प्राप्त गर्नुभएको थियो ।

उहाँ कोइलाडी मधेपुरास्थित लक्ष्मीबल्लभ नरसिंह माध्यमिक विद्यालय व्यवस्थापन समितिका सदस्यसमेत हुनुहुन्थ्यो । यस अतिरिक्त सामाजिक क्षेत्रमा उहाँको धेरै योगदान रहेको थियो । यादवका एक पत्नी, छोरा र दुई छोरी रहेका छन् ।

वि.सं.२०७४ मंसिर २० बुधवार ०७:५३ मा प्रकाशित

रोनाल्डोको गोलमा पोर्चुगल विजयी, उज्वेकिस्तान ५–० ले पराजित

रोनाल्डोको गोलमा पोर्चुगल विजयी, उज्वेकिस्तान ५–० ले पराजित

काठमाडौँ । फिफा विश्वकप प्रतियोगिताअन्तर्गत आज भएको खेलमा पोर्चुगल विजयी...

विश्वकप फुटवल : इङ्ल्याण्ड र घानाबीचको खेल बराबरीमा

विश्वकप फुटवल : इङ्ल्याण्ड र घानाबीचको खेल बराबरीमा

काठमाडौँ । फिफा विश्वकप प्रतियोगिताअन्तर्गत आज भएको खेलमा इङ्ल्याण्ड र...

विश्वकप फुटवल : अर्जेन्टिनाद्धारा अष्ट्रिया  पराजित

विश्वकप फुटवल : अर्जेन्टिनाद्धारा अष्ट्रिया पराजित

काठमाडौँ । कप्तान लियोनल मेस्सीको दुई गोलको मद्दतमा अर्जेन्टिना जारी...

गोरखामा १२औँ विश्व योग दिवस: करिब २०० जनाको सहभागिता

गोरखामा १२औँ विश्व योग दिवस: करिब २०० जनाको सहभागिता

गोरखा । १२ औँ विश्व योग दिवसको अवसरमा गोरखामा एकदिवसीय...

नेपाल लाइफ बन्यो फिफा विश्वकप २०२६ प्रसारणको सह-प्रायोजक

नेपाल लाइफ बन्यो फिफा विश्वकप २०२६ प्रसारणको सह-प्रायोजक

काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले नेपालमा फिफा विश्वकप...

नेपाल लाइफ बन्यो फिफा विश्वकप २०२६ प्रसारणको सह-प्रायोजक

नेपाल लाइफ बन्यो फिफा विश्वकप २०२६ प्रसारणको सह-प्रायोजक

काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले नेपालमा फिफा विश्वकप...