back

कुश्ती खेलाडी यादवको निधन

वि.सं.२०७४ मंसिर २० बुधवार

660 

shares
IME Limited
NTC AD

२० मंसिर, राजविराज । सप्तरीको तिलाठी कोइलाडी गाउँपालिकामा एकजना कुश्ती खेलाडी मधु यादवको ८२ वर्षको उमेरमा मंगलबार निधन भएको आज जनाइएको छ ।

साविक कोइलाडी मधेपुरा गाविसको विगत १५ वर्षदेखि निरन्तर वडाध्यक्ष रहँदै आउनुभएका वडा नम्बर–८ निवासी यादवको असामयिक निधन भएको पारिवारिक स्रोतले जनाएको छ ।

उहाँ विगत केही समयदेखि मधुमेह तथा मुटुरोगबाट पीडित रहँदै आउनुभएको थियो । कुश्ती खेलका राष्ट्रिय खेलाडीसमेत रहनुभएका उहाँको जिल्ला तथा राष्ट्रियस्तरका विभिन्न प्रतियोगितामा सहभागी भई दर्जनौँ कप, पदक तथा पुरस्कारसमेत प्राप्त गर्नुभएको थियो ।

उहाँ कोइलाडी मधेपुरास्थित लक्ष्मीबल्लभ नरसिंह माध्यमिक विद्यालय व्यवस्थापन समितिका सदस्यसमेत हुनुहुन्थ्यो । यस अतिरिक्त सामाजिक क्षेत्रमा उहाँको धेरै योगदान रहेको थियो । यादवका एक पत्नी, छोरा र दुई छोरी रहेका छन् ।

वि.सं.२०७४ मंसिर २० बुधवार ०७:५३ मा प्रकाशित

टी-२० आई सिरिज:नेपाल र स्कटल्याण्ड आज अन्तिम खेल खेल्दै

टी-२० आई सिरिज:नेपाल र स्कटल्याण्ड आज अन्तिम खेल खेल्दै

काठमाडौं । टी-२० आई सिरिज जित्ने लक्ष्यका साथ आज नेपाल...

सोह्र वर्षमुनिको नेपाली राष्ट्रिय क्रिकेट टोलीको घोषणा

सोह्र वर्षमुनिको नेपाली राष्ट्रिय क्रिकेट टोलीको घोषणा

काठमाडौँ । मलेसियामा आयोजना हुने एसिसी पुरुष यु–१६ इस्ट जोन...

आइसिसी क्रिकेटः नेपाल लगातार दोस्रो जितको खोजीमा

आइसिसी क्रिकेटः नेपाल लगातार दोस्रो जितको खोजीमा

काठमाडौं । आइसिसी क्रिकेट विश्वकप लिग–२ अन्तर्गत त्रिकोणात्मक एकदिवसीय श्रृङ्खलामा...

आज नेपाल र स्कटल्यान्ड भिड्दै

आज नेपाल र स्कटल्यान्ड भिड्दै

काठमाडौं । त्रिकोणात्मक ट्वान्टी–२० अन्तरराष्ट्रिय शृङ्खलाको दोस्रो खेलमा नेपालले आज...

सोमपाल र गुल्सन अभ्यासका क्रममा घाइते

सोमपाल र गुल्सन अभ्यासका क्रममा घाइते

काठमाडौँ । स्कटल्याण्डमा सञ्चालन भइरहेको आइसिसी विश्वकप लिग–२ अन्तर्गत नेदरल्याण्ड्सविरुद्धको...

आइसिसी विश्वकप क्रिकेट लिग-२ : आज नेपाल र नेदरल्याण्ड्सबीच प्रतिस्पर्धा

आइसिसी विश्वकप क्रिकेट लिग-२ : आज नेपाल र नेदरल्याण्ड्सबीच प्रतिस्पर्धा

काठमाडौं । आइसिसी विश्वकप क्रिकेट लिग-२ अन्तर्गत त्रिकोणात्मक एकदिवसीय शृङ्खलाको...