back
CTIZAN AD

रोकिएको मतदान पुन : सुचारु, मतदान अधिकृत निष्कासित

वि.सं.२०७४ मंसिर २१ बिहीवार

885 

shares

२१ मंसिर,भक्तपुर । भक्तपुर क्षेत्र नं. २ को प्रदेश नं. (क) सूर्यविनायक नगरपालिका–१ सिरुटारस्थित साविक सिरुटार मतदान केन्द्रमा मतदान अधिकृतको हस्ताक्षर नभएको मतपत्र वितरण गरेपछि भएको विवादका कारण रोकिएको मतदान पुनः शुरु भएको छ ।

आज बिहान ७ बजेबाट शुरु भएको मतदानका क्रममा करिब ८ बजे साविक सिरुटार गाविस मतदानस्थलको (ख) मतदान केन्द्रमा प्रदेशसभातर्फको मतपत्र वितरणको क्रममा मतदान अधिकृत डोलप्रसाद जैसी पराजुलीले हस्ताक्षर नगरी मतपत्र वितरण गरेको पाइएपछि विवाद भएको थियो ।

करिब ३० वटा मतपत्रमा मतदान अधिकृतको हस्ताक्षर नभएको मत खसेको अनुमान गरिएको छ । हस्ताक्षर नभएको मतपत्र खसेको जानकारी पाएलगत्तै निर्वाचन अधिकृत पराजुलीलाई मतदान केन्द्रबाट निष्कासन गरिएको छ ।

एमालेका प्रतिनिधिले मतदान अधिकृतको हस्ताक्षर नभएको मतको पनि गणना गर्ने सर्वदलीय सहमति हुनुपर्ने माग राखेको र नेपाली काँग्रेसका प्रतिनिधिले हस्ताक्षर नभएको मत रद्द हुनुपर्ने अडान राखेपछि मतदान रोकिएको थियो ।

भक्तपुरका प्रमुख जिल्ला अधिकारी द्रोण पोखरेलसहितको सुरक्षाकर्मीको टोलीले मतदानस्थलको अनुगमन गर्दै हस्ताक्षर नभएको मत सदर गर्ने कि बदर गर्ने भन्नेबारेमा पछि छलफल गर्नेगरी मतदान सुचारु गर्न आग्रह गरेपछि मतदान शुरु भएको छ ।

यता भक्तपुरको क्षेत्र नं। १ प्रदेश नं. (ख) भक्तपुर नगरपालिका स्थित विद्यार्थी निकेतन माध्यामिक विद्यालय मतदान केन्द्रमा नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छे, चोछे मतदान केन्द्रबाट नेमकिपाका प्रतिनिधिसभाका उम्मेदवार प्रेम सुवाल र थिमि बोडे मतदान केन्द्रबाट क्षेत्र नं। २ का प्रतिनिधिसभा सदस्यको उम्मेदवार अनुराधा थापामगरले मतदान गर्नुभयो ।

वि.सं.२०७४ मंसिर २१ बिहीवार ०८:०८ मा प्रकाशित

भेरी अस्पतालमा आइसीयु सेवा अभाव

भेरी अस्पतालमा आइसीयु सेवा अभाव

नेपालगञ्ज । भेरी अस्पताल, नेपालगञ्जले अस्पतालमा आइसीयु सेवा नभएकाले बिरामीलाई...

मोरङमा ‘डिजे’ प्रयोग गर्न निषेध

मोरङमा ‘डिजे’ प्रयोग गर्न निषेध

विराटनगर । जिल्ला प्रशासन कार्यालय मोरङले मेला–महोत्सव एवं रातको समयमा...

प्रवेशाज्ञा दस्तुरवापत  दुई करोड ६५ लाख ६८ हजार ५३७ राजस्व सङ्कलन

प्रवेशाज्ञा दस्तुरवापत  दुई करोड ६५ लाख ६८ हजार ५३७ राजस्व सङ्कलन

भद्रपुर (झापा) । प्रवेशाज्ञा (भिसा) दस्तुरवापत गत आर्थिक वर्ष २०८२÷८३...

नेप्से परिसूचक सामान्य अङ्कले घट्यो

नेप्से परिसूचक सामान्य अङ्कले घट्यो

काठमाडौँ । धितोपत्र बजारमा सेयर कारोबार मापन नेप्से परिसूचक आज...

नेपाल केरामा आत्मनिर्भर उन्मुख

नेपाल केरामा आत्मनिर्भर उन्मुख

काठमाडौैँ । सरकारको नीतिगत प्रयास र किसानको अथक मेहनतपछि नेपाल...

भारतीय ‘स्वीट कर्न’ सात करोडभन्दा बढी मूल्यको आयात

भारतीय ‘स्वीट कर्न’ सात करोडभन्दा बढी मूल्यको आयात

काठमाडौँ । नेपाली कृषकलाई आफ्नो खेत–बारीमा पाकेको मकैखेती भित्र्याउन भ्याइनभ्याइ...