२० मंसिर, काठमाडौं । रोल्पाबाट प्रतिनिधिसभा सदस्यमा वामगठबन्धनका उमेदवार माओवादी केन्द्रका नेता वर्षमान पुन ‘अनन्त’ विजयी भएका छन् ।
पूर्वअर्थमन्त्री समेत रहेका पुनले पुनले आफ्ना प्रतिद्धन्द्धी नेपाली कांग्रेसका उम्मेदवार अमरसिंह पुनलाई २० हजार मतले हराउँदै वियजी बनेका हुन् । विजयी पुनले ४० हजार ६४७ मत ल्याएका छन् भने अमर पुनले १९ हजार ९०६ मत प्राप्त गरेका थिए ।

त्यस्तै रोल्पाको प्रदेशसभा ‘क मा कुल प्रसाद केसी ‘सोनाम’ ले १८ हजार ५१२ मत ल्याएर विजयी भएका छन् । उनका प्रतिद्धन्दी लोकतान्त्रिक गठबन्धनका शेर बहादुर महराले १० हजार १ मत प्राप्त गरेका छन् ।
त्यस्तै प्रदेशसभा ‘ख’ बाट दिपेन्द्र पुन ‘सिजल’ २४ हजार ४९० मत ल्याएर विजयी भएका छन् ।
‘सिजल’
वि.सं.२०७४ मंसिर २४ आइतवार ०५:३९ मा प्रकाशित






























