back

तेह्रथुमका तीन सिटनै वाम गठबन्धनको पोल्टामा

वि.सं.२०७४ मंसिर २५ सोमवार

450 

shares
IME Limited
NTC AD

uml&ucpn

२५ मंसिर, तेह्रथुम । तेह्रथुममा प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्यको चुनावमा वाम गठबन्धनले जित हासिल गरेको छ ।
२ निर्वाचन क्षेत्र रहेको तेह्रथुममा प्रतिनिधि र प्रदेशसभा दुवैतर्फ वाम गठबन्धनका लागि नेकपा (एमाले)का उम्मेदवार विजयी भएका हुन् । प्रतिनिधिसभातर्फ एमालेका भवानीप्रसाद खापुङ निर्वाचित भएका छन । एमालेबाट तेस्रोपटक उम्मेदवार बनेका खापुङ नेपाली काँग्रेसकी केन्द्रीय सदस्य तथा राज्यमन्त्री सीता गुरुङलाई दुई हजार २१ मतले पराजित गर्दै तेह्रथुमबाट दोस्रोपटक निर्वाचित भएका हुन् ।
विजयी खापुङले २१ हजार ३३५ मत प्राप्त गरेका छन् भने उनका निकटतम प्रतिद्वन्द्वी काँग्रेसकी गुरुङले १९ हजार ३१४ मत प्राप्त गरिन् ।
प्रदेशसभातर्फ पनि एमालेकै ‘क’ क्षेत्रमा लक्ष्मण तिवारी र ‘ख’ क्षेत्रमा तेजमान कन्दङवा विजयी भएका छन् ।
एमाले जिल्ला अध्यक्षसमेत रहेका तिवारीले निकटतम प्रतिद्वन्द्वी काँग्रेसका जिल्ला सभापति गोविन्द ढुंगानालाई एक हजार ४६६ मतले पराजित गरेका हुन् । तिवारीले ११ हजार ७२६ मत प्राप्त गरेका छन भने ढुंगानाले १० हजार २६० मत प्राप्त गरेका छन् ।

प्रदेशसभा (ख) तर्फ पनि एमालेकै तेजमान कन्दङवा विजयी भएका छन् । उनले नेपाली काँग्रेसका विजय सम्बाहाम्फेलार्ई दुई हजार २५५ मतले पराजित गरेका छन् ।

कन्दङवाले १० हजार ३०२ मत प्राप्त गरेका छन भने सम्बाहाम्फेले आठ हजार ४७ मत प्राप्त गरेका छन् ।

वि.सं.२०७४ मंसिर २५ सोमवार ०२:५६ मा प्रकाशित

एक करोड बढीका अवैध सामान बरामद

एक करोड बढीका अवैध सामान बरामद

रौतहट । सशस्त्र प्रहरी बल नेपाल नम्बर ११ गण हेडक्वाटर...

अर्थतन्त्रका चुनौतीलाई सामना गर्नेगरी बजेट आएको छः अर्थमन्त्री

अर्थतन्त्रका चुनौतीलाई सामना गर्नेगरी बजेट आएको छः अर्थमन्त्री

काठमाडौँ । उपप्रधान एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले अर्थतन्त्रका चुनौतीलाई सामना...

हेवाखोलामा बेलीबृज जडान गर्न सरकारको ध्यानाकर्षण

हेवाखोलामा बेलीबृज जडान गर्न सरकारको ध्यानाकर्षण

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एमाले)का सांसद योगेशकुमार भट्टराईले पाँचथरको...

निष्पक्षताका लागि लोक सेवा आयोगप्रति जनविश्वास प्रबल छ : प्रधानमन्त्री ओली

निष्पक्षताका लागि लोक सेवा आयोगप्रति जनविश्वास प्रबल छ : प्रधानमन्त्री ओली

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले निष्पक्षता कायम गर्ने कुरामा...

पर्यटक भित्र्याउन धार्मिक पर्यटन प्रवर्द्धन अपरिहार्य : मन्त्री पाण्डे

पर्यटक भित्र्याउन धार्मिक पर्यटन प्रवर्द्धन अपरिहार्य : मन्त्री पाण्डे

काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डेले मुलुकका...

संसद्को गतिरोध हटाउने प्रयासमा सभामुख

संसद्को गतिरोध हटाउने प्रयासमा सभामुख

काठमाडौँ । सभामुख देवराज घिमिरेले संसद्मा जारी अवरोध हटाउन राष्ट्रिय...