back
CTIZAN AD

तेह्रथुमका तीन सिटनै वाम गठबन्धनको पोल्टामा

वि.सं.२०७४ मंसिर २५ सोमवार

771 

shares

uml&ucpn

२५ मंसिर, तेह्रथुम । तेह्रथुममा प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्यको चुनावमा वाम गठबन्धनले जित हासिल गरेको छ ।
२ निर्वाचन क्षेत्र रहेको तेह्रथुममा प्रतिनिधि र प्रदेशसभा दुवैतर्फ वाम गठबन्धनका लागि नेकपा (एमाले)का उम्मेदवार विजयी भएका हुन् । प्रतिनिधिसभातर्फ एमालेका भवानीप्रसाद खापुङ निर्वाचित भएका छन । एमालेबाट तेस्रोपटक उम्मेदवार बनेका खापुङ नेपाली काँग्रेसकी केन्द्रीय सदस्य तथा राज्यमन्त्री सीता गुरुङलाई दुई हजार २१ मतले पराजित गर्दै तेह्रथुमबाट दोस्रोपटक निर्वाचित भएका हुन् ।
विजयी खापुङले २१ हजार ३३५ मत प्राप्त गरेका छन् भने उनका निकटतम प्रतिद्वन्द्वी काँग्रेसकी गुरुङले १९ हजार ३१४ मत प्राप्त गरिन् ।
प्रदेशसभातर्फ पनि एमालेकै ‘क’ क्षेत्रमा लक्ष्मण तिवारी र ‘ख’ क्षेत्रमा तेजमान कन्दङवा विजयी भएका छन् ।
एमाले जिल्ला अध्यक्षसमेत रहेका तिवारीले निकटतम प्रतिद्वन्द्वी काँग्रेसका जिल्ला सभापति गोविन्द ढुंगानालाई एक हजार ४६६ मतले पराजित गरेका हुन् । तिवारीले ११ हजार ७२६ मत प्राप्त गरेका छन भने ढुंगानाले १० हजार २६० मत प्राप्त गरेका छन् ।

प्रदेशसभा (ख) तर्फ पनि एमालेकै तेजमान कन्दङवा विजयी भएका छन् । उनले नेपाली काँग्रेसका विजय सम्बाहाम्फेलार्ई दुई हजार २५५ मतले पराजित गरेका छन् ।

कन्दङवाले १० हजार ३०२ मत प्राप्त गरेका छन भने सम्बाहाम्फेले आठ हजार ४७ मत प्राप्त गरेका छन् ।

वि.सं.२०७४ मंसिर २५ सोमवार ०२:५६ मा प्रकाशित

संघीयता सुदृढीकरणमा प्रधानमन्त्री सक्रिय, मुख्यमन्त्रीहरूसँग सहकार्यबारे छलफल

संघीयता सुदृढीकरणमा प्रधानमन्त्री सक्रिय, मुख्यमन्त्रीहरूसँग सहकार्यबारे छलफल

काठमाडाैँ ।  गत निर्वाचनको प्रचार प्रसारको क्रममा जनकपुरमा आयोजित आमसभामा...

निःशुल्क स्वास्थ्य शैय्याको विवरण सार्वजनिक, देशभर ६०० शैय्या उपलब्ध

निःशुल्क स्वास्थ्य शैय्याको विवरण सार्वजनिक, देशभर ६०० शैय्या उपलब्ध

काठमाडाैँ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयद्वारा सञ्चालित Free Health Portal...

नवनिर्वाचित सांसद सुशीला तामाङलाई NICCI द्वारा सम्मान तथा बधाई

नवनिर्वाचित सांसद सुशीला तामाङलाई NICCI द्वारा सम्मान तथा बधाई

काठमाडाैँ । नेपाल उद्योग वाणिज्य संघ (NICCI) ले नवनिर्वाचित सांसद...

प्रधानमन्त्री र मन्त्रीहरूलाइ मासिक १८ हजार लेबी ताेकियाे

प्रधानमन्त्री र मन्त्रीहरूलाइ मासिक १८ हजार लेबी ताेकियाे

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले प्रधानमन्त्री,मन्त्री सांसद र...

रास्वपाकाे तर्लेफबाट काे-काे छन् संसदीय समिति सभापतिका उम्मेदवार ? 

रास्वपाकाे तर्लेफबाट काे-काे छन् संसदीय समिति सभापतिका उम्मेदवार ? 

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले संसदीय समितिको सभापतिका उम्मेदवार...

रास्वपाले लेखा समितिको सभापति कांग्रेसलाई दिने

रास्वपाले लेखा समितिको सभापति कांग्रेसलाई दिने

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीले लेखा समितिको सभापति कांग्रेसलाई दिने...