back

भावि दिन नेपाली जनताको समृद्धिको दिन

वि.सं.२०७४ मंसिर २५ सोमवार

585 

shares

sishir joshi

वामले जिते अधिनायकवाद आउँछ भन्ने कांग्रेसको प्रचार नेपाली जनताले नपत्याएको पछिल्लो चुनावी परिणामले देखाएको छ । कांग्रेसको यो चुनावी नारा नै कमजोर भयो । वाम समीकरणको ‘स्थिरता र समृद्धि’ को नारा रुचाए जनताले ।

अहिलेसम्म नेपालको इतिहासमा वामको बहुमत आएकै थिएन । कांग्रेसले पटक–पटक अवसर पाउँदा पनि स्थिर सरकार दिन नसकेकाले पनि जनताले वामशक्तिलाई रुचाएका हुन् भन्नेमा दुईमत छैन ।

तर, पनि अबको बाटो यस्तै होला भन्न सकिन्न । २०७४ अशोज १७ गते अप्रत्यसित रूपले सत्ता साझेदार दल कॉग्रेस लाई चक्मा दिएर चुनावी तालमेल र एउटै कम्युनिष्ट पार्टी निर्माणको घोषणा गरेका थिए । एमाले र माओबादी केन्द्रले नेपाली राजनीतिको कम्युनिष्ट इतिहासमा चमत्कार र अनौठो मिलन थियो । त्यो अनौठो यसकारण की, एमाले र माओबादीको सम्बन्ध अत्यन्त भन्न सुन्न र देख्न नसकिने खालको थियो । २०७२ मा संबिधान जारी भएपछि छिमेकी मुलुकले आफू अनुकूल संबिधान भएन भनि बिदेश मंत्रालय मार्फत विज्ञप्ति निकाल्दै असहमति जनाएर नेपाल र नेपाली लाई नाकाबन्दीमार्फत हिलाउने प्रयास गरेको थियो । र संबिधान संसोधन हुनु पर्ने माग राखेको थियो त्यहि अमानबिय नाकाबन्दीले नेपालका केहि राजनीतिक पार्टी राष्ट्रबादी केहि पार्टी राष्ट्रघाती र लम्पसारवादी समेत कहलिएका थिए । जून कर्मकाण्ड दुइबर्ष सम्म निरन्तर चल्यो । पूरै देश दुइ धूर्बमा बिभाजित बनेको थियो ।

संबिधान संसोधन हुनु पर्छ भन्ने कित्ता र संसोधन हुनु हुदैन भन्ने कित्ता । अन्तमा आएर संसदबाट संसोधन हुदैन भन्ने कित्ताको जीत भएर छिनो फानो भएको थियो । त्यो मुद्दा अचम्म त के भने नी गत स्थानीय तहको दुइ चारणको निर्बाचन सम्पन्न भए पछि संसद भवनमा भोटिङ भएको थियो । त्यस मुद्दाको छीनो फानो गर्न त्यतिबेला नेकपा एमाले राष्ट्रबादि देशभक्त पार्टी बनेर देखिएको थियो भने माओबादी कांग्रेस राष्ट्रघाती र लम्पसारबादीका रुपमा देखिएका थिए । के राष्ट्रबाद र राष्ट्रघात यति हल्का चीज हो र एकचोटीको राष्ट्रघाती मानीस के रातारात राष्ट्रबादप् हुन सक्छ सधै राष्ट्रघाती नै होइन र ?
यो प्रश्न गम्भीर र मननयोग्य हुन सक्छ । कसरी चमत्कारिक ढङ्गले राष्ट्रघाती र राष्ट्रबादी एउटै रेलका यात्री बने वा बनाईए यस्को रहश्य भोली पत्ता लाग्दै जाला ।

नेपालको संबिधान २०७२ अनुसार प्रतिनिधिसभा र प्रदेश सभाको निर्बाचन सम्पन्न भई मत गणना अन्तिम अन्तिम तीर पुगेको छ । र, मत परिमाण हेर्दा बाम गठबंधनले दुईतिहाइ ल्याउने सुनिश्चित देखिन्छ । के जनताले भोट दिएर जिताउदैमा देशको कायापलट हुन्छ ? पंतिmकारको बिचारमा त्यो कदापि होइन भन्ने लाग्छ । किन भने २०६४ को संबिधान सभाको निर्बाचनमा जनताले गलत पार्टीलाई भोट दिएर जिताए त्यस्को दुष्परिणाम संसारमै कही कतै नभएको दुइचोटि संबिधानसभाको निर्बाचन हाम्रै मुलुकमा भएको थियो । जनताले गलत ठाउँमा मत हाल्दा गलत दुष्परिणाम भोगेका कैयन मुलुक हरु छन् ।

जनताले गलत ठाउँमा भोट हालेर गलत ब्यक्तिलाई जिताएका थुप्रै उदाहारण हरु छन् । हाम्रै छिमेकि मुलुक भारतमा सन् २०१४ मा बिहार राज्यका पूर्ब रेलमन्त्री एवं बिहारका मुख्यमन्त्री लालू यादव र तमिलनाडुकी मुख्यमन्त्री जयललिता सर्वोच्च आदालतले भष्ट्राचार ठहर गरी दुई–दुई बर्ष जेल सजाय भोगीसकेका मानिसलाई भोट दिएर जिताएका उदाहारण छन् ।

एमाले–माओवादी गठबन्धन टिक्ला अथवा पार्टी एकीकरण होला भन्ने विषयको निरूपण हुन बाँकी नै छ । वामपन्थी इमानदार भए भने अवश्य पनि नेपाली जनताले स्थिर सरकार पाउन सक्छन् । तर, एमाओवादी केन्द्रका नेता पुष्पकमल दाहालमा अस्थिरतामा रमाउने र राजनीतिमा चलखेल गर्ने प्रवृत्ति छ । उनले प्रधानमन्त्रीको महत्वकांक्षा छोडेको देखिन्न । त्यसो हुँदा वाम गठबन्धनलाई कहींबाट खतरा छ भने त्यो वाम गठबन्धनभित्रका प्रमुख नेता प्रचण्डबाटै छ । खड्ग ओली र एमालेका सामु दाहालको व्यवस्थापन गर्ने चुनौती सबैभन्दा ठूलो छ । स्थिर सरकार भताभुंग हुने खतरा पनि त्यहींबाट छ । तत्काल वामपन्थीको जितलाई बधाई दिन सकिन्छ । उत्सव मनाउन पनि सकिन्छ । तर, अगाडिका बाटा राजनीतिक र आर्थिक चुनौतीले भरिएका छन् । यो जितका कारण अर्काे समस्या भू–राजनीतिमा पनि आउन सक्छ । नेपाल जस्तो सामरिक महत्व बोकेको देश यदि साच्चिकै कम्युनिष्ट एकता भयो भने त नेपाल हेर्ने दृष्टिकोण बिश्व राजनीतिमा नै फरक हुन सक्छ । र नेपाल मामिलामा बिस्व नै दुईधूर्बमा बाडीन सक्छ । अनी नयाँ खेल मैदान (ककपिट) बन्न सक्छ नेपाल जून धरातलमा हामी बाचेका छौ त्यति सजिलै भनेजसरी जुन सुकैको दुइ तिहाई बहुमत आए पनि नेपाल चलाउन सजिलो भने हुने छैन ।

दोस्रो संबिधानसभाको निर्बाचन सम्पन्न पछि नेपाली कांग्रेस र एमाले बीच जुन १४ बूदे सहमति गरेर शुसील कोइरालाको नेतृत्वमा सरकार बनेको थियो । संबिधान जारी कांग्रेसको नेतृत्वमा गर्ने र संबिधान कार्यान्वयन एमालेको नेतृत्वमा गर्ने भन्ने भद्र सहमतिबाट कांग्रेस राता–रात खै कुन सक्तिको दबाबमा पछि हट्यो । कांग्रेसले भोली समीक्षा गर्नै पर्ला आज कांग्रेसले देशभरी भोगेको पराजय त्यो भूल नै मुख्य हुन सक्छ । यदि कांग्रेसले त्यो भूल नगरेको भए देश फरक दिशामा जान्थ्यो । ति दुइटै पार्टीहरुलाई अन्तराष्ट्रले बिस्वास गर्न सक्थ्यो । तर, अबत यही बामगठबन्दन टिकी रह्यो भने बिस्व राजनीति नै दुइ धूर्बमा बाडीने प्राय निश्चित जस्तै छ ।

माओबादी केन्द्रका नेता प्रचण्डको अस्थिर राजनीतिक चरित्र हिजो माओबादी पार्टी र उनलाई छहारी दिएर पुष्पित र पल्लवित गर्ने सक्ति त्यत्तिकै उनलाई र उनको पार्टीलाई भने जसरी चल्न दिने छैनन् । किन भने प्रचण्ड त्यस्तो मोडमा पुगेका छन् । त्यहि पुष्पित र पल्लीबित गर्ने सक्तिले भनेको माने नेपाल नरहने भनेको नमाने आफू नरहने अबस्था छ । उनको पश्चिमा देशहरुको मिसन पूरा गर्न नेपाललाई धर्म निरपेक्ष राष्ट्र उनकै पहलमा भएको हो । भोलिका दिनमा धर्म निरपेक्ष बनाउने सक्तिको मिसन पूरा नभए त्यसमा पनि उनको जीवन खतरामा छ । यो वा त्यो ढङ्गले भोली नेपाल खेल मैदान बन्ने पक्का जस्तै छ । नेपाली जनताले बाम गठबन्धन भन्दा पनि एउटै कम्युनिष्ट पार्टी निर्माण होस् भनेर मत दिए जस्तो लाग्छ मलाई । तर, यि दुइटै पार्टीको कुनै हालतमा पनि एकता हुदैँन भन्ने लाग्छ । माओबादी केन्द्र भित्रका थुप्रै नेताहरु बामगठबन्धन बनेको दिन नै ब्लड प्रेसर भो भनि रोइरहेका थिए अहिले ति नेताहरु चुप चाप छन् । अबको दश पन्ध्र दिनमै ति नेता हरु बिष बनेर निस्कने देखिन्छ । जून आधी प्रचण्डले थेग्न सक्ने छैनन् पार्टीको नाम झण्डा, सिद्धान्त भाषण, उत्तरतिरको छिमेकीसँग मिल्ने भए पनि यिनिहरुको ब्यबहार, हिडाई, लवाई, खवाई, बसाई बिलासी जीवन र अरु चीजहरु हेर्दा माह पूँजीबादी देशका नबधनाढ्य हरूको जस्तै छ । नामले उत्तर तिरको छिमेकीसँग मिल्ने भए पनि दक्षिणको छिमेकोको लगानी धेरै छ ।

सिद्धान्तको आधारमा थोरै सदाशयता उत्तरबाट सहयोग र समर्थन त यसले प्राप्त गर्ला, अब नेपालका मूल धारका कम्युनिष्ट पार्टीहरुले झण्डा,पार्टीको सिद्धान्त,र नाम फेर्नु बेला आएको छ । पार्टीको पुच्छरमा लगाएको माक्र्सबाद, लेनिनबाद, माओबाद, हटाउनु पर्छ । नेपाली जनतालाई गुमराहमा राख्न मिल्दैन । सिद्धान्तमा माक्र्सबाद, लेनिनबाद, माओबादी, राख्ने चुनाबमा भोट माग्न जनताको घरमा जाने चुनाब जित्ने सभासद् बन्ने पद्दति लोकतान्त्रिक मान्ने यो सुहाउदैन । अब सिद्धान्त र पार्टीको नाम परिबर्तन गर्नुपर्छ ।

उता दक्षिण वामको जितलाई टुलुटुलु हेरेर बस्ला भन्ने नचिताए हुन्छ । किन भने यि नबधनाढ्यहरुको जीवनमा बिलासिता छर्ने काम उसले नै गरेको छ । म बिस्वस्त छु, यी गठबन्धनकारीहरु दक्षिणको पञ्जाबाट मुक्त भने हुने छैनन् । उ पनि आफ्नो स्वार्थको लागि अन्तिम लडाई लड्नेछ । तसर्थ भोलिको सरकारलाई दक्षिणको व्यवस्थापन चुनौतीले भरिएको छ ।
जनतामा जुन समृद्धिको आशा पलाएको छ, त्यसलाई प्रारम्भिक दिनबाटै ‘डेलिभरी’ गर्न सकिएन भने आउने सरकारको चुनौती तिनै जनताबाट आउनेछ । संविधानले परिकल्पना गरेको तीन तहको जुन राजनीतिक तह छन्, तिनको व्यवस्थापन, साधनस्रोतको बाँडफाँट र ती क्षेत्रमा गर्नुपर्ने प्रशासकीय स्थापना पनि उत्तिकै चुनौती देखिन्छन् । प्रादेशिक राजधानी, नाम र प्रादेशिक गभर्नरका कुरा चुनौतीपूर्ण नै छन् । तर, पनि यी चुनौतीका बीच सम्भावना के छ भने जनताको व्यापक समर्थन र भरोसाबाट भावी सरकार बन्दैछ । जनताको समर्थन पाइसकेपछि गर्न नसक्ने चुनौती केही हुँदैन । आशा गरौं, भावी दिन नेपाल र नेपाली जनताको समृद्धिको दिन हुनेछ । देशले नया बाटो र गन्तब्य लिनेछ ।

वि.सं.२०७४ मंसिर २५ सोमवार ०९:०३ मा प्रकाशित

संगत अनुसारको फल

संगत अनुसारको फल

मानिस एउटा सामाजिक प्राणी हो । समाज विना मानिसको घर...

विपत्तिलाई पछाडि छोडेर राष्ट्र पुनर्निर्माणको मार्गमा अग्रसर हौं

विपत्तिलाई पछाडि छोडेर राष्ट्र पुनर्निर्माणको मार्गमा अग्रसर हौं

नेपालको इतिहासमा यहि भाद्र २३ र २४ गतेको दुई दिने...

के संबिधान खारेज गर्नु उचित हुन्छ ?

के संबिधान खारेज गर्नु उचित हुन्छ ?

सम्पुर्ण नेपाली दाजुभाइहरुले केही कुरा गम्भीर भएर सोच्नुपर्छ। हामी उर्लिदो...

सांघाई सम्मेलन : दक्षिण पश्चिमको निगाह र प्रभुत्वबाट मुक्त हुन चाहान्छ भन्ने सन्देश

सांघाई सम्मेलन : दक्षिण पश्चिमको निगाह र प्रभुत्वबाट मुक्त हुन चाहान्छ भन्ने सन्देश

सांघाइ सहयोग संगठनको सम्मेलन सकियो, र यसले एउटा नयाँ अन्तरास्ट्रिय...

जुम्बाको धमाका मच्चाउँदै मर्निङ्ग स्टार

जुम्बाको धमाका मच्चाउँदै मर्निङ्ग स्टार

आजकल राजधानी काठमाडौँका सार्वजनिक ठाउँहरुमा मानिसहरु एकाबिहानै उफ्रने गर्दछन् ।...

एआईसँग वेदमा विज्ञान जोड्नु पर्ने 

एआईसँग वेदमा विज्ञान जोड्नु पर्ने 

सदियौंदेखि वैज्ञानिक र दार्शनिक चिन्तनका क्षेत्रमा वेदिक ज्ञान र आधुनिक...