back
CTIZAN AD

कतारमा मनाइयो अन्तर्राष्ट्रिय स्वयंसेवक दिवस

वि.सं.२०७४ मंसिर २५ सोमवार

951 

shares

qatar3

कतारमा नेपाली समुदायले अन्तराष्ट्रिय दिवस मनाएको छ । कतार रेड क्रिसियन्ट मुख्य आयोजक रही गरिएको सो दिवसमा कतार रेड क्रिसियन्टसँग मोहम्मद रमजान अलि मियाँको विशेष आयोजक भुमिकामा गैर आवासीय नेपाली संघ, कतार शाखाले प्रमुख समन्वयकारी भूमिका निर्वाह गरेको थियो ।
सो दिवस मनाउने क्रममा कतार रेड क्रिसियन्टले कतारमा बैदेशिक रोजगारीको लागि वसोवास गर्दै आएका विभिन्न देशका समुदाय विच प्रतिस्पर्धात्मक तथा रोमान्चक खेलहरुको आयोजना गरेको थियो ।
नेपाली समुदायको तर्फबाट खेलकुद विभागको समन्वयकारी भूमिका रामजी गिरीले निर्वाह गर्नुभएको थियो ।
उक्त समारोहमा मोटरसाईकल र्याली, कार र्याली, म्याराथुन दौड, ४ सय मिटर दौड, चित्रकला प्रतियोगिता, बालबालिकाहरु वीचको फुटबल खेल, मनोरन्जनात्मक घैंटो फुटाई खेलको आयोजना गरेको थियो ।

qatar2
सो समारोहमा कतार रेडक्रिसियन्टले विजेता मुलुकलाई पुरस्कार प्रदान गरेको थियो भने सहभागी नेपाली समुदायलाई मायाको चिनो प्रदान गरेको थियो ।

कार्यक्रममा एनआरएनए आइसीसीका संस्थापक उपाध्यक्ष डा. देवकाजी डंगोल, गैरआवासीय नेपाली संघ दोहा कतारका कार्यवाहक अध्यक्ष तेज प्रसाद कटुवाल, महासचिव बुधवल गुरुङ, गैर आवासीय नेपाली संघका युवा संयोजक माया केसी, बसन्त फिल्मसका अध्यक्ष इश्वर काफ्ले, नेपाली प्रवासी मंचका निवर्तमान अधक्ष्य रामहरी गैह्रे, नेपाली महिला समाज कतारकी उपाध्यक्ष अमिना खातुन र महासचिव अम्बिका खत्री, व्यवशायी तथा समाजसेवी रमेश भट्ट लगायत नेपाली पत्रकारहरुको पनि उपस्थिति रहेको थियो ।

qatar1

प्रवासी नेपाली मञ्चका अधक्ष्य चानक पोखरेलको विशेष संथागत समन्वयकारी पहलमा ठूलो समूहमा नेपाली समुदायलाई उपस्थित गराउन सफल भएको थियो भने महिला समूहको तर्फबाट पनि सो दिवस सफल बनाउन उपस्थित भई आफ्नो भूमिका निर्वाह गरेको थियो ।
कतार रेड कृसियन्टका महासचिव अलि बिन हसन अल हम्मादी को प्रमुख आतिथ्यमा कार्यक्रम सञ्चालन भएको थियोे भने स्वयमसेवक बिभागका प्रमुख अहमद अल खुलैफीको पनि उपस्थिति रहेको थियो ।

कार्यक्रम लाई भब्य सभ्य बनाउन अल अहली स्पोट्र्स क्लबको प्रभावकारी भुमिका रहेको थियो ।

वि.सं.२०७४ मंसिर २५ सोमवार ०९:४० मा प्रकाशित

धौलागिरी गाउँपालिका समाज अमेरिकाको अध्यक्षमा नवराज फगामी

धौलागिरी गाउँपालिका समाज अमेरिकाको अध्यक्षमा नवराज फगामी

अमेरिकामा रहेका धौलागिरी गाउँपालिकावासी नेपालीहरूलाई संगठित गर्दै धौलागिरी गाउँपालिका समाज...

एनआरएनए एनसीसी संघ नर्वेको १८औँ वार्षिक साधारणसभा सम्पन्न

एनआरएनए एनसीसी संघ नर्वेको १८औँ वार्षिक साधारणसभा सम्पन्न

ओस्लो । गैरआवासीय नेपाली संघ (एनआरएनए) राष्ट्रिय समन्वय परिषद् नर्वेको...

एनआरएनएद्वारा उद्धार कोषमा एक करोड हस्तान्तरण

एनआरएनएद्वारा उद्धार कोषमा एक करोड हस्तान्तरण

काठमाडौं । गैरआवासीय नेपाली संघ (एनआरएनए) ले बाढी तथा डुबानबाट...

उद्धार तथा राहतका लागि चौथो दिन पनि यसरी खटियाे फिल्डमा एनआरएनए

उद्धार तथा राहतका लागि चौथो दिन पनि यसरी खटियाे फिल्डमा एनआरएनए

काठमाडौं । रसुवा र नुवाकोटमा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको...

विपद्को अवस्थामा आलोचना होइन, सहयोग र सहकार्य गर्न एनआरएनए प्रवक्ता सोम सापकोटाको आग्रह

विपद्को अवस्थामा आलोचना होइन, सहयोग र सहकार्य गर्न एनआरएनए प्रवक्ता सोम सापकोटाको आग्रह

काठमाडौं । गैरआवासीय नेपाली संघ (एनआरएनए) का प्रवक्ता सोम सापकोटाले...

सिटी एक्सप्रेसमार्फत नेपाल पैसा पठाउँदा सेवा शुल्क नलाग्ने

सिटी एक्सप्रेसमार्फत नेपाल पैसा पठाउँदा सेवा शुल्क नलाग्ने

काठमाडौं । सिटी एक्सप्रेसमार्फत विश्वका विभिन्न मुलुकबाट नेपाल पैसा पठाउँदा...