भारतीय अभिनेत्री प्रियंका चोपडाको इमेलमा साढे दुई लाख भन्दा बढी इमेल इनबक्समा रहेको छ । उनले यी इमेल खोलेर हेर्न भ्याएकी छैनन् ।
उनले आफ्ना शुभचिन्तक तथा अन्य कामका लागि पठाइएको २ लाख ५७ हजार ईमेल खोलेर हेर्न नभ्याएको बताइएको छ ।
प्रिंयकाको इमेल एकाउन्टमा ती इमेलहरु पेन्डिङमा रहेको अमेरिकी नायक ऐलेन पावेलले इन्स्टाग्राममा प्रियंकाको मोबाइलको फोटो सहित खुलासा गरिदिएका छन् । उनले प्रियंका चोपडाको एक फोटो पोस्ट गरेका छन् । फोटोमा पेन्डिङ देखिएको म्यासेज संख्यालाई देखाउँदै ? भनिएको छ ।
५० भन्दा बढी भारतीय फिल्ममा काम गरिसकेकी प्रियंका चर्चित नायिकाको सूचीमा रहेकी छन् । सन् २००० मा मिस वल्र्डको ताज समेत पहिरीएकी प्रियंका संयुक्त राष्ट्रसंघको युनिसेफ दूत पनि हुन् । युनिसेफले विश्वकै बालबालिकाको हकहितको लागि काम गर्छ । शरणार्थी र विस्थापितहरुको अधिकारको लागि लड्दै आएकी उनी ‘मदर टेरेसा मेमोरियल अर्वाड’ ले सम्मानित भइसकेकी छन् ।
चोपडा सन् २०६ मा विश्वकै सुन्दर महिलाको सूचीमा दोश्रो स्थान हासिल गरेकी थिइन् । उनले विश्वका सुन्दर मानिएका एन्जिलोना जोली, एम्मा वाट्सन, ब्रेल्क लिभ्ली लगायतलाई पछि पार्दै दोश्रो स्थान हासिल गरेकी थिइन् ।
ऐजेन्सी
वि.सं.२०७४ पुस २ आइतवार ०४:०३ मा प्रकाशित


























