back
CTIZAN AD

एउटा अमेरिकन आएर सिकाएर गयो, तर नेपाली समाजले केही सिक्न सकेन

वि.सं.२०७४ पुस २ आइतवार

1.5K 

shares

inspired--word

नेपाली शिक्षा कस्तो खालको छ र नेपाली मानसिकता कतिसम्म संर्किण छ भन्ने यो एउटा घटनाबाट स्पष्ट हुन्छ । नेपाली राजनीति र समाजलाई निकै नजिकबाट नियाली आफ्नो अभिमत सामाजिक सञ्जालमा कडा रुपमा प्रस्तुत गर्दै आएका विश्लेषक देवेन्द्र कोइरालाको आजको फेसबुक स्टाटस सबैका लागि उपयोगी हुने ठानि साभार गरिएको छ ।

“एउटा १८ वर्षको अमेरिकन केटो हाम्रो गाउँमा आयो र एउटा घरमा डेरा लिएर १ बर्ष बस्यो । उसले १ बर्षमा न केहि पढ्यो, न केहि नयाँ काम गर्यो । उसले घरबेटी भाउजुसँग घाँस काट्यो, डोकोमा मल बोकेर खेतबारीमा ओसार्यो, हलो जोत्यो, हरेक दिन गोबर सोहोर्यो, बनबाट दाउरा ओसार्यो, त्यो घरमा गर्ने दैनिक काम गर्यो, ढिँडो खोले, आँटो खायो, उसले दिएको भाडाबाट घरबेटीका छोराछोरीले चाउचाउ, चिप्स खाए तर उसले भुटेको मकै, कोदोको रोटी खायो । गाउँका ठिटाहरु उसले काम गरेको र खाएको देखेर बारीका डिलमा बसेर उल्याउँथे । यसरी उल्याउने ठिटाहरु घरमा सिन्को नभाँच्ने दिनभर तास खेल्ने र बेलुकी दारु खाने अनि पाए दुबही कतार मलेशियामा मजदुरी गर्न जाने प्रोसेसमा थिए । बुढापाकाहरु मति बिग्रेर आएको भनेर ठट्टा गर्थ । १ बर्षपछि अमेरिकाबाट उसका बाउआमा कलेजका प्रोफेसर आए र उसलाई बधाई दिंदै लिएर गए । उसको बिदाईमा गाउँका महिलाहरु रोए । नेपालका छोराछोरीलाई उसले शिक्षा दिन खोज्यो, तर उ गएपछि पनि केहि परिवर्तन आएन ।”

वि.सं.२०७४ पुस २ आइतवार ०४:०७ मा प्रकाशित

गुरु आमा’प्रति पत्रकारदेखि पर्यटन व्यवसायी आकर्षित

गुरु आमा’प्रति पत्रकारदेखि पर्यटन व्यवसायी आकर्षित

काठमाडौं । नेपाली कथानक चलचित्र ‘गुरु आमा’प्रति पत्रकारदेखि पर्यटन व्यवसायीसम्म...