back
CTIZAN AD

आयुर्वेद उपचारमा धेरैको विश्वास 

वि.सं.२०७४ पुस २४ सोमवार

609 

shares

२४ पुस, काठमाडाँै । आजकल सामान्य रोगका लागि पनि एलोपेथिक औषधि खानुपर्छ । तर कोही यस्ता मानिस पनि छन जो सकेसम्म आयुर्वेदिक औषधिमात्र सेवन गर्ने गर्छन् ।

नार्गाजुन नगरपालिकाकी ६६ वर्षीया मीठु थापा आफूलाई आयुर्वेदिक औषधिमा विश्वास लाग्ने बताउनुहुन्छ ।

“जडीबुटीबाट बनेको औषधिले राम्रो गर्छ, अरु असर पनि गर्दैन, मैले एकपल्ट मुटुमा समस्या भएर एलोपेथिक औषधि खाएको थिएँ, त्यसबाहेक अरु बेला त आयुर्वेद डाक्टर कहाँ नै देखाउछु, आयुर्वेदिक औषधि खान्छु”– उहाँले भन्नुभयो । थापाले घरमा अरुलाई पनि बिरामी हँुदा आयुर्वेद उपचार नै गर्ने गरेको बताउनुभयो ।

नेपालमा आयुर्वेदको प्रचारप्रसार जतिमात्रामा हुनुपर्ने हो त्यो हुन नसकेको भए पनि धेरै मानिस आयुर्वेद उपचारमा विश्वास गर्ने आयुर्वेदका चिकित्सक बताउँछन् । सीतापाइला बस्ने आनी डोमा शेर्पाले हातखुट्टाको जोर्नी दुख्ने समस्याको लामो समय उपचार गर्दा निको नभए पछि आयुर्वेद उपचारमा लागेको बताउनुहुन्छ ।

उहाँले भन्नुभयो, “जोर्नी दुखेर सहनै नसकिने हुन्छ, कति अस्पताल गएँ, हजारौँ खर्च भयो तर दुख्ने समस्या निको भएन, अहिले आयुर्वेद उपचार शुरु गरेको छु, रोग पुरानो भइसक्यो निको हुन्छ कि हुन्न थाहा छैन ।”

उहाँले काठमाडौँ आउनुभन्दा पहिले नुवाकोटमा छँदा बिरामी भएका समयमा आयुर्वेद औषधि नै प्रयोग गर्ने गरेको सम्झँदै भन्नुभयो, “पहिले त गाउँमा वैद्यले दिएको औषधिले निको हुन्थ्यो, काठमाडौँ आएपछि भने वैद्यको औषधि छुट्यो, डाक्टरको औषधि चल्न थाल्यो, रुघाखोकी लाग्दा पनि डाक्टर कहाँ गएर औषधि ल्यायो, छिटै निको हुन्न, खै के भएको ?”

मानिस अस्पताल धाएर अनि निको नभएपछि बल्ल आयुर्वेदतिर लाग्छन् तर रोगको सुरुआती अवस्थामा नै उपचार गर्नसके छिटो निको हुने बताउनुहुन्छ, बलराम न्यापाने । उहाँलाई ग्याष्ट्रिक छ । उहाँले त्यसका लागि आयुर्वेद औषधिमात्र प्रयोग गरिरहेको बताउनुहुन्छ ।

“एलोपेथिक औषधि धेरै प्रयोग गर्दा अन्य असर धेरै हुन्छन्, धेरै एन्टिबायोटिक खाँदा पनि पछि काम नगर्ने डाक्टरले अन्तरवार्तामा भनेको सुनेको छु, हामीले सकेसम्म आयुर्वेद उपचार गर्दा नै उत्तम हुन्छ भन्ने लाग्छ”– उहाँले भन्नुभयो ।

सरकारले आयुर्वेदलाई पहिलो प्राथमिकतामा राखेर सहजरुपमा चिकित्सक भेटिने र उपचार पाउने व्यवस्था गर्नुपर्छ उहाँले भन्नुभयो ।

स्वस्थ रहनका लागि योगाभ्यास गर्ने, सन्तुलित आहार खानेजस्ता दैनिक जीवनका क्रियाकलाप स्वस्थ राख्न आयुर्वेद तथा वैकल्पिक उपचार पद्धतिबाट जनचेनता दिन सकिने भएकाले सरकारले प्राथमिकतामा राख्नुपर्ने माग पनि बढ्न थालेको छ ।

आयुर्वेद चिकित्सक डा प्रकाश ज्ञवाली सरकारले आयुर्वेदलाई महत्व नदिएकाले आयुर्वेद उपचार पद्धतिका सकारात्मक जानकारी नभएको बताउनुहुन्छ । नेपाल आयुर्वेद चिकित्सक संघका अध्यक्षसमेत रहनुभएका चिकित्सक ज्ञवालीले आयुर्वेदको विकास गर्न सरकारले स्थानीय गाउँपालिकादेखि आयुर्वेद चिकित्सकसहितको सेवा दिने व्यवस्था गर्नुपर्ने आवश्यकता औँल्याउनुहुन्छ ।

आयुर्वेद चिकित्सक डा रामआधार यादवले मानिसलाई अझै पनि आयुर्वेद उपचारमा ठूला शल्यक्रिया हुन्छन् भन्ने थाहा नभएको बताउनुभयो । उहाँले भन्नुभयो, “सरकारले आयुर्वेदलाई प्राथमिकतामा राखेर कार्यक्रम ल्याउनुपर्छ, जनतालाई आयुर्वेदबारे जानकारी गराउनुपर्छ ।”

मानिसको आहारविहार, जीवनशैलीमा आएको परिवर्तनले शारीरिक, मानसिक र सामाजिक तनावपूर्ण जीवन बिताउने मानिसको संख्या बढ्दै गएकाले यसबाट मुक्त हुने एउटै विकल्प योग अभ्यास भएको बताइन्छ भने आयुर्वेद र वैकल्पिक चिकित्सा पद्धतिलाई पनि प्राथमिकतामा राख्न थालिएको चिकित्सक ज्ञवालीको भनाइ छ ।

वि.सं.२०७४ पुस २४ सोमवार ०६:४३ मा प्रकाशित

मातृ सम्मान दिवस अर्थात् आमाको मुख हेर्ने पर्व मनाइँदै

मातृ सम्मान दिवस अर्थात् आमाको मुख हेर्ने पर्व मनाइँदै

काठमाडौँ  ।  प्रत्येक वर्ष वैशाख कृष्ण पक्ष औँसीका दिनमा जन्मदाता...

ट्रकको ठक्करबाट एक जनाको मृत्यु

ट्रकको ठक्करबाट एक जनाको मृत्यु

दमौली (तनहुँ) । पृथ्वीराजमार्गअन्तर्गत तनहुँको बन्दीपुर गाउँपालिका–४ विमलनगरमा ट्रकको ठक्करबाट...

संघीयता सुदृढीकरणमा प्रधानमन्त्री सक्रिय, मुख्यमन्त्रीहरूसँग सहकार्यबारे छलफल

संघीयता सुदृढीकरणमा प्रधानमन्त्री सक्रिय, मुख्यमन्त्रीहरूसँग सहकार्यबारे छलफल

काठमाडाैँ ।  गत निर्वाचनको प्रचार प्रसारको क्रममा जनकपुरमा आयोजित आमसभामा...

निःशुल्क स्वास्थ्य शैय्याको विवरण सार्वजनिक, देशभर ६०० शैय्या उपलब्ध

निःशुल्क स्वास्थ्य शैय्याको विवरण सार्वजनिक, देशभर ६०० शैय्या उपलब्ध

काठमाडाैँ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयद्वारा सञ्चालित Free Health Portal...

नवनिर्वाचित सांसद सुशीला तामाङलाई NICCI द्वारा सम्मान तथा बधाई

नवनिर्वाचित सांसद सुशीला तामाङलाई NICCI द्वारा सम्मान तथा बधाई

काठमाडाैँ । नेपाल उद्योग वाणिज्य संघ (NICCI) ले नवनिर्वाचित सांसद...

प्रधानमन्त्री र मन्त्रीहरूलाइ मासिक १८ हजार लेबी ताेकियाे

प्रधानमन्त्री र मन्त्रीहरूलाइ मासिक १८ हजार लेबी ताेकियाे

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले प्रधानमन्त्री,मन्त्री सांसद र...