back
CTIZAN AD

तिमी झाँसी पुगिसकेछौं

वि.सं.२०७४ पुस २४ सोमवार

951 

shares

एकाबिहाँनै तिम्रो फेसबुक वाल हेरे
तिमी त झाँसी पुगेका पो रहेछौं
तिमीलाई पछ्याउँदै उल्टो गए प्रकाश
गोरखपुरको स्टेशनसम्म फर्केर हेरेँ
तीमि त तीन भाइ नेपालीसँग
सेल्फी हानेका रहेछौ
फेरि पनि फेसबुकमा गढेर हेरे प्रकाश
तिमी त मद्रास पो हानिएका रहेछौं

६ वर्ष अगाडि सम्मको पुरानो च्याट खोतले
मद्रास छाडेर घरबास आउने मन देखाएका रहेछौं
मैले भनेको रहेछु, ‘आउ–प्रकाश देशमै केही गरौंला’
म यतिबेला अवाक छु र आत्मालोचना गर्र्दैछु
तिम्रो झाँसीेको फोटोले,
मलाई गिज्याइरहेको जस्तो लाग्छ

पुराना सबै कुरा खोतल्दै हेरेँ,
२ घण्टा पुरै बितेछ
आफ्नै माटो खनौं, आफ्नो बाटो बनाउ’
आर्दश फलाकेको रहेछु
महिनौको च्याट र अन्तरक्रियापछि
तिमी नेपाल पसेका थियौं प्रकाश
छाति ढुक्कले फुलेको थियो,
एउटा युवा देश फक्र्यो भनेर गर्व पनि गरे


तिमी नेपाल आइसकेपछि कृष फर्म खोल्यौं
माटोसँग पिरती बढायौं
तिम्रो उत्साहको सञ्चारले
अष्ट ज र उत्पादनको
नारालाई समेत मलिलो पार्यौ,
केहि महिनापछि तिमीले उफ, धत्तेरी,
यस्तो देशमा….शब्द थप्दै गयौं
मैले सोधे र ढाडस दिन खोजे
संघर्षको फल मिठो हुन्छ बाबु

उनले बीउ, मल सिचाइ देखि
उत्पादन र बजारसम्मको गोता भन्थे
मैले नआत्तिनु, केही हुन्छ भन्दै
आश्वासनका पोका फुकाउन खोज्थे

मलाई थाहा थियो प्रकाश
माटोलाई माया गर्ने
संस्कृतिको जरुरी छ
राज्यले कुन बाटो लिने
मार्ग निदान गर्न जरुरी छ

आत्मनिर्भरता र स्वाधीनताको
फलाको हाल्ने नेताहरुलाई
अष्ट ज को माध्यमबाट
कथा–व्यथा सुनाउँदै
दवाव नदिएको होइन प्रकाश
हामीले पनि नभने कस्ले भन्ने,
अब नगरे कहिले गर्ने ? यहि भन्दै

धेरैपटक मन्थन नगरेको होइन् प्रकाश
तिमि मात्र होइन, तिमीजस्ता धेरै साथीहरु
कोही खाडी र मलेसियाबाट फर्केर
उद्यम गर्न नखोजेको होइन,
परासीमा १२ भाइको कथाले देशको
ध्यान नतानेको पनि होइन,
तर, खोइ हात लाग्यो शुन्य झै भए
हाम्रा केही प्रयासहरु

तिम्रो बारेमा पर्वतका कृषिका हाकिम
बासुदेवलाई थाहा होला
तिमी यता होला की उता भन्दै
दलहरुको छहारी पनि खोज्यौं
मिलेर केही हुन्छ की भनेर
अष्ट ज मार्फत संगठीत पनि भयौं
तर, तिमी टिक्न सकेनौं प्रकाश
अन्तत : जताबाट आयौं उतै फर्केछौं

गएको वर्ष तिमी
खाडी र मलेसियाको भिसा खोज्न
लुकी लुकी काठमाडौं आएका थियौं
त्यतिबेला मैले हुन्न भनेर फर्काएको थिए
अर्कोपटक भीसामा मन्दी भएर आफै फर्कियौं
यसरी गइहालौला भनेको थिइन्,
फेरि मद्रास जान हिडेछौं

गुल्मीको अदुवाले बजार नपाएको
कर्णालीको स्याउ कुहिएर
काश्मिरको स्याउ, विहारको प्याज र लसुन
अहिले पनि खान परेकै छ प्रकाश
मद्रासको कमाई भएछ भने पनि
तिम्रो पसिनाले विदेशी उत्पादननै किन्नेछ
जाउँ तिमीलाई रोक्न सकिन
रोक्ने उपाय पनि भेटाउन सकिन्
बाटोबाटै फर्क भन्ने आँट त झन गर्नै सकिन्

माटोलाई माया गर्नेहरु
उत्पादन, स्वाधीनता र समृद्दि खोज्नेहरु
नीति निर्माण तहमा आइ पुग्लान् नी !
त्यहि आशा भन्दा अरु के गरौं र प्रकाश
तिमी गैहाल्यौं
न तिमी निष्ठुर हौं, न त माटो नै हो
निष्ठुर त शाषक पो रहेछन् प्रकाश
जसले तिमीलाई टिक्न दिएनन् ।
अनि त तिमी फेरि मद्रासैं पुगेछौं

वि.सं.२०७४ पुस २४ सोमवार १०:०० मा प्रकाशित

कविता : आमा तिमी इश्वर

कविता : आमा तिमी इश्वर

अलख निरन्जन लोहार टीकापुर , कैलाली हाल : भारत आमा...

झिल्का कविताहरू

झिल्का कविताहरू

बाबुराम गौतम, गुल्मी १. सपना नछोड्नू कहिल्यै ताकेको लक्ष्य छुट्नसक्छ...

कविता : हे भानु आऊ अब

कविता : हे भानु आऊ अब

विदुर अधिकारी,रामपुर, चितवन जन्म्यौ भानु असार मास दिनको, उन्तीस जाँदा...

कविता : ढाँटै राजा हुने गर्छ मेरो जाति समाजमा

कविता : ढाँटै राजा हुने गर्छ मेरो जाति समाजमा

कनकधारा स्वामी स्वदेशानन्द गुवाहाटी,असम ढाँटेकै मात्र पत्यायो मेरो जाति समाजले,...

असार १५ विशेष झिल्का कविता

असार १५ विशेष झिल्का कविता

ईश्वर साउँद(भिक्षु) रामाराेशन गापा ६ अछाम सदूरपश्चिम प्रदेश १ असारै...

कविता : पीडाका अगुल्टाहरू

कविता : पीडाका अगुल्टाहरू

भुवन शिवाकोटी “चौघरे”, काठमाडौँ बन्दुक बोकाएर लगेका मेरा बा फर्किएनन्...