back
CTIZAN AD

द्वन्द्वकालमा कब्जा गरिएको जग्गा अझै फिर्ता भएन

वि.सं.२०७४ पुस २६ बुधवार

879 

shares

रुकुम, २६ पुस : शान्ति स्थापना भएको १२ वर्ष पुग्नै लाग्दा पनि रुकुम पश्चिमका एक व्यक्तिको द्वन्द्वकालमा कब्जा गरिएको जग्गा फिर्ता भएको छैन ।

साविकको खोलागाउँ गाविस–४ का गोपालप्रसाद शर्माको तत्कालीन नेकपा (माओवादी)ले कब्जा गरेको जग्गा अझै पनि फिर्ता नभएको पीडितले बताएका छन् ।

विसं २०५८ सालमा तत्कालीन नेकपा (माओवादी)ले शर्माको नाममा रहेको कित्ता नंं ५८३ को एक हजार सातसय वर्गमिटर क्षेत्रफलको जग्गा कब्जा गरेको थियो । सो जग्गा त्यतिबेलादेखि नै साविक खोलागाउँका जनसरकार प्रमुख श्यामलाल दमाइले अहिलेसम्म पनि भोगचलन गरिरहेको पीडित शर्माको भनाइ छ ।

जग्गा फिर्ता गराइदिन गाविसको सिफारिश, जग्गाधनी लालपुर्जाकाका साथमा जिल्ला प्रशासन कार्यालय, स्थानीय शान्ति समितिलगायतका ठाउँमा पटक पटक निवेदन दिँदा पनि अझैसम्म जग्गा फिर्ता नभएको उहाँले दुःखेसो पोख्नुभयो ।

तत्कालीन नेकपा (माओवादी)ले शर्माको दुवै आँखामा तेजाब हालिदिएर दृष्टिविहीन बनाइदिएका थिए । दुवै आँखा गुमाएका उहाँ अहिले पनि आफ्नी श्रीमतीको सहायतामा हिँड्डुल गर्नुहुन्छ । आफ्ना दुवै आँखाको दृष्टि गुमाइदिएको र कब्जा गरेको जग्गा अहिलेसम्म पनि फिर्ता नगरिदिएकामा उहाँ दुःखी हुनुहुन्छ ।

वि.सं.२०७४ पुस २६ बुधवार १३:४८ मा प्रकाशित

रास्वापाको बागलुङ जिल्ला कार्यसमिति बदर

रास्वापाको बागलुङ जिल्ला कार्यसमिति बदर

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वापा)को बागलुङ जिल्ला कार्यसमिति ‘जिल्ला...

सेयर बजारमा हरियाली नेप्से ४१.७० अंकले बढ्यो

सेयर बजारमा हरियाली नेप्से ४१.७० अंकले बढ्यो

काठमाडौँ । साताको  पहिलो कारोबार दिन सोमबार धितोपत्र बजारमा उत्साहजनक...

मदन पुरस्कारका लागि उत्कृष्ट १० कृति सार्वजनिक

मदन पुरस्कारका लागि उत्कृष्ट १० कृति सार्वजनिक

काठमाडौँ । मदन पुरस्कार गुठीले ‘मदन पुरस्कार–२०८२’ का लागि उत्कृष्ट...

जिल्ला ट्राफिक प्रहरी कार्यालयबाट गत आवमा एक करोड १४ लाख राजस्व सङ्कलन

जिल्ला ट्राफिक प्रहरी कार्यालयबाट गत आवमा एक करोड १४ लाख राजस्व सङ्कलन

जनकपुरधाम । जिल्ला ट्राफिक प्रहरी कार्यालय जनकपुरधाम, धनुषाले गत आर्थिक...

साउनको पहिलो सोमबारः बढ्यो पशुपतिनाथमा भक्तजनको लाम

साउनको पहिलो सोमबारः बढ्यो पशुपतिनाथमा भक्तजनको लाम

काठमाडौँ । यस वर्षको साउनको पहिलो सोमबार पशुपतिनाथलगायत देशभरका शिवालयमा...

प्रश्नपत्र चुहावटविरुद्ध भारतमा युवा आन्दोलन चर्कियो

प्रश्नपत्र चुहावटविरुद्ध भारतमा युवा आन्दोलन चर्कियो

नयाँदिल्ली । प्रहरीले अनुमति नदिए पनि शिक्षामन्त्री धर्मेन्द्र प्रधानको राजीनामा...