सूर्यमुखी फूलझैं कान्छा हुन्छौ कुनै बेला
छातिभरि पिडा दुख्दा रून्छौं कुनै बेला
तपस्याको वरदान भनी गर्दै चिप्ला कुरा
धर्तीबाटै जून तारा कठै छुन्छौ कुनै बेला
कहिले त्यसै पग्लिएर कुन्नि के के सोची
मुटुभरिको मीठो माया बुन्छौ कुनै बेला
मुखले त तिमी बाहेक को छ र सानु भनी
मनमनै मेरो ठाउँमा अर्की चुन्छौं कुनै बेला
अनायसै आज धर्ती पाल्टिदियो मेरो भाग्य
पहिरो जान्थ्यो माया भनी थुन्छौं कुनै बेला
इति
वि.सं.२०७४ पुस २७ बिहीवार ०२:४६ मा प्रकाशित





























