back
CTIZAN AD

निर्माण सामग्रीको मूल्यवृद्धि फिर्ता लिन महासंघको माग

वि.सं.२०७४ पुस २७ बिहीवार

969 

shares

२७ पुस, काठमाडौँ । नेपाल निर्माण व्यवसायी महासंघले अर्थमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीलाई बुधबार भेटगरी इन्धन, फलाम, सिमेन्ट, गिटी, बालुवालगायतका निर्माण सामग्रीमा भएको मूल्यवृद्धि फिर्ता गराउन आग्रह गरेको छ ।

महासंघका अध्यक्ष विष्णुभाइ श्रेष्ठको नेतृत्वमा गएको टोलीले निर्माण सामग्रीको मूल्य बढेर निर्माण व्यवसायी र जनता मारमा परेको भन्दै मूल्यवृद्धि फिर्ताको माग गरेको हो ।

निर्माण सामग्रीको मूल्य बढेसँगै देशको अर्थतन्त्रमा समस्या पर्ने भन्दै अविलम्ब विनाशर्त फिर्ता लिन मन्त्रीलाई महासंघले आग्रह गरेको थियो ।

व्यवसायीले सडक विभागअन्तर्गतका सडक आयोजना समयमै सम्पन्न गरे तापनि बजेट निकासा नभएको र व्यवसायी ठूलो आर्थिक समस्यामा परेको भन्दै समयमा बजेट निकासा गर्न मन्त्रीसमक्ष आग्रह गरेका थिए ।

भेटमा स्थानीय तहमा बजेट बाँडफाँड गर्दा माथिल्लो तहमा रकमको कमी भएर निकासामा ढिलाइ भएकोले प्रक्रिया मिलाएर तत्काल भुक्तानी गर्ने वातावरण निर्माण गर्ने विषयमा सरकार गम्भीर रहेको अर्थमन्त्रीको भनाइ उद्धृत गर्दै भेटमा सहभागी महासचिव रामशरण देउजाले जानकारी दिए ।

वि.सं.२०७४ पुस २७ बिहीवार ०३:०१ मा प्रकाशित

रास्वापाको बागलुङ जिल्ला कार्यसमिति बदर

रास्वापाको बागलुङ जिल्ला कार्यसमिति बदर

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वापा)को बागलुङ जिल्ला कार्यसमिति ‘जिल्ला...

सेयर बजारमा हरियाली नेप्से ४१.७० अंकले बढ्यो

सेयर बजारमा हरियाली नेप्से ४१.७० अंकले बढ्यो

काठमाडौँ । साताको  पहिलो कारोबार दिन सोमबार धितोपत्र बजारमा उत्साहजनक...

मदन पुरस्कारका लागि उत्कृष्ट १० कृति सार्वजनिक

मदन पुरस्कारका लागि उत्कृष्ट १० कृति सार्वजनिक

काठमाडौँ । मदन पुरस्कार गुठीले ‘मदन पुरस्कार–२०८२’ का लागि उत्कृष्ट...

जिल्ला ट्राफिक प्रहरी कार्यालयबाट गत आवमा एक करोड १४ लाख राजस्व सङ्कलन

जिल्ला ट्राफिक प्रहरी कार्यालयबाट गत आवमा एक करोड १४ लाख राजस्व सङ्कलन

जनकपुरधाम । जिल्ला ट्राफिक प्रहरी कार्यालय जनकपुरधाम, धनुषाले गत आर्थिक...

साउनको पहिलो सोमबारः बढ्यो पशुपतिनाथमा भक्तजनको लाम

साउनको पहिलो सोमबारः बढ्यो पशुपतिनाथमा भक्तजनको लाम

काठमाडौँ । यस वर्षको साउनको पहिलो सोमबार पशुपतिनाथलगायत देशभरका शिवालयमा...

प्रश्नपत्र चुहावटविरुद्ध भारतमा युवा आन्दोलन चर्कियो

प्रश्नपत्र चुहावटविरुद्ध भारतमा युवा आन्दोलन चर्कियो

नयाँदिल्ली । प्रहरीले अनुमति नदिए पनि शिक्षामन्त्री धर्मेन्द्र प्रधानको राजीनामा...