back
CTIZAN AD

न्यूयोर्कमा नेपालीहरुले रक्तदान गरे

वि.सं.२०७४ पुस २७ बिहीवार

933 

shares

जनवरी ७, २०१८ । लङ आईल्याण्ड नेपाली समाज न्यूयोर्कले रक्तदान कार्यक्रम आयोजना गर्‍यो । उक्त कार्यक्रममा २१ जनाले आ– आफ्नो पाखुरामा सुइ घुसारी प्लाष्टिकको थैला भरी रक्तदान गरे । १२ जनाले प्रारम्भिक स्वास्थ्य परिक्षणमा मापदण्ड पुरा हुन नसकेकाले रक्तदान गर्न पाएनन । बाह्र बजे देखी छ बजेसम्म हुने भनिएको कार्यक्रममा अत्यधिक चिसोको कारणले एक घण्टा ढिलो सन्चालन गरी चार बजे नै बन्द गरेकाले २२ जनाले रक्तदान गर्न पाएनन । रक्तदान गर्ने स्थानमा तापक्रम कम्तिमा सोह्र डिग्री सेल्सियस हुनु पर्नेमा बाहिर माइनस दश डिग्री सिल्सियस भएकाले हलभित्र हिटरले पनि काम गरेको थिएन । रक्तदान गर्न त्यस्तो चिसोको पनि पर्वाह नगरि ुमैले दान गरेको रगतले कसैको जीवन बचोस भन्ने भावनालेु करिब ४० कि मि टाढा देखि नेपालीहरु रक्तदान गर्न आएका थिए ।

निम्न माद्यमिक बिद्यालयमा पढ्ने नेपाली समाजका भाईबहिनिहरुले स्वयमसेवा प्रदान गरेका थिए । महाबाणिज्य दुतावास, न्यूयोर्कका डिपुटी कन्सुलर जनरल पुष्पराज भट्टराईले स्वयम सेवक तथा रक्तदाताहरुलाई कदर पत्रले सम्मान गरेका थिए। संस्थाका अध्यक्ष टिका ढकाल र कार्यक्रम सयोजक राजन गौलिको सकृयातामा रक्तदान कार्यक्रम सम्पन्न भएको थियो ।

वि.सं.२०७४ पुस २७ बिहीवार ०३:०३ मा प्रकाशित

एनआरएनएले मनोनयन ग¥यो रिक्त पदहरु मनोनयन, परे यी नामहरु

एनआरएनएले मनोनयन ग¥यो रिक्त पदहरु मनोनयन, परे यी नामहरु

काठमाडौं । गैरआवासीय नेपाली संघ (एनआरएनए) ले २०२५–२०२७ कार्यकालका लागि...

नर्वेको ओस्लो सहरमा हरितालिका तीज सांस्कृतिक कार्यक्रम हुने

नर्वेको ओस्लो सहरमा हरितालिका तीज सांस्कृतिक कार्यक्रम हुने

ओस्लो, नर्वे । नेपाली पोर्चुगीज समाज नेपोस नर्वेको नियमित बैठक...

एनआरएनए आइसीसीद्वारा ५१ सदस्यीय सल्लाहकार समिति गठन

एनआरएनए आइसीसीद्वारा ५१ सदस्यीय सल्लाहकार समिति गठन

काठमाडौँ । गैरआवासीय नेपाली संघको ११५ औँ अन्तर्राष्ट्रिय समन्वय परिषदको...

नेपाल डे न्यु जर्सीको आय–व्यय सार्वजनिक

नेपाल डे न्यु जर्सीको आय–व्यय सार्वजनिक

न्युजर्सी । अमेरिकाको फेयर लनमा गत जुन ६, २०२६ मा...

नेपाल आदिवासी जनजाति महासंघ अमेरिकाद्धारा सरकारको ध्यानाकर्षण

नेपाल आदिवासी जनजाति महासंघ अमेरिकाद्धारा सरकारको ध्यानाकर्षण

अमेरिका । नेपाल नेपाल आदिवासी जनजाति महासंघ अमेरिकाले राज्यको संरचना...

खुल्ला कविता प्रतियोगितासहित मनाइयो अफ्रिकामा २१३ औं भानु जयन्ती

खुल्ला कविता प्रतियोगितासहित मनाइयो अफ्रिकामा २१३ औं भानु जयन्ती

नैरोबी, केन्या । २१३ औं भानु जयन्तीको अवसरमा अन्तर्राष्ट्रिय नेपाली...