बार्सिलोना । तमु समाज बार्सिलोनाको अध्यक्षमा गौतम गुरुङ निर्विरोध निर्वाचित भएका छन् । हालै सम्पन्न समाजको चौथौ अधिवेशनबाट गुरुङ सर्बसम्मत निर्बाचित भएका हुन् । गुरुङले निबर्तमान कार्यसमितिमा उपाध्यक्ष पदमा रही काम गरेका थिए ।
१५ सदस्यीय नयाँ कार्यसमितिको उपाध्यक्षमा हरि गुरुङ, महासचिवमा कुमार गुरुङ, सचिव राजु गुरुङ र कोषाध्यक्षमा बसन्ती गुरुङ चयन भएका छन् भने सदस्यहरुमा रबिन गुरुङ,सुवा गुरुङ,नरेन्द्र कुमार गुरुङ,बिकल्प गुरुङ, सुन्दर गुरुङ,खु–माया गुरुङ,दिपु गुरुङ,चन्द्र गुरुङ,हिमान सिंह गुरुङ र अशोक गुरुङ रहेका छन् ।
सन् २००७ मा बेन बहादुर गुरुङको अध्यक्षतामा तदर्थ समितिको गठन गर्दै समाजको स्थापना भएको थियो भने सन् २००९ मा पहिलो अधिवेशनबाट ओमर गुरुङले नेतृत्व सम्हालेका थिए । सन् २०१२ र २०१४ मा सम्पन्न दोस्रो र तेस्रो अधिवेशनबाट ज्योती गुरुङ अध्यक्ष बनेकी थिईन् ।
वि.सं.२०७४ माघ ३ बुधवार ०२:३९ मा प्रकाशित



























