back
CTIZAN AD

साँफे – मार्तडी राजमार्ग तीन दिनका लागि बन्द

वि.सं.२०७४ माघ ४ बिहीवार

759 

shares

४ माघ, बाजुरा  । साँफे–मार्तडी राजमार्ग अन्तर्गतको बूढीगंगा नगरपालिका–१, अम्कोटेमा रहेको सडकखण्ड आजदेखि तीन दिनका लागि सडक बन्द हुने भएको छ ।

सडक निर्माणका क्रममा सडकको छेउ र माथिपट्टि रहेका ढुंगा फुटाउनुपर्ने भएकाले सडकमा आवतजावत गर्ने सवारीका साधनमा रोक लगाइएको पी।एस कन्सट्रक्सन कम्पनीका प्रेमबहादुर थापाले बताउनुभएको छ ।

उहाँले सडकमा रहेको ढुंगा नफुटाउँदा वर्षायाममा सडकमा आउने हुँदा ढुंगा फुटाउनुपर्ने बाध्यता रहेको बताउनुभयो । ढुंगा फुटाउने क्रममा विभिन्न दुर्घटना हुने भएकाले सार्वजनिक सूचनामार्फत यातायात व्यवसायी, स्थानीय लगायतलाई जानकारी गराएको थापाले जानकारी दिनु भयो । सडक निर्माणमा बाधा नपु¥याउन सबैमा कम्पनीले आग्रह गरेको छ । सडक निर्माणमा बाधा भएमा कम्पनी जिम्मेवार नहुने थापाको भनाइ रहेको छ ।

मार्तडीसम्म चल्ने सवारीका साधन बूढीगंगा नगरपालिकाको बल्देमा मात्र चल्ने भएका छन् ।

वि.सं.२०७४ माघ ४ बिहीवार ०६:३८ मा प्रकाशित

श्रमिक दिवसको अवसरमा मन्त्री यादवद्वारा तीन वटा घोषणा

श्रमिक दिवसको अवसरमा मन्त्री यादवद्वारा तीन वटा घोषणा

काठमाडौँ । श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री रामजी यादवले अन्तरराष्ट्रिय...

लाग्यो उँभौली, भेडाबाख्रा धपाउँदै लेक चढे गोठालाहरु

लाग्यो उँभौली, भेडाबाख्रा धपाउँदै लेक चढे गोठालाहरु

गोरखा । उँभौली पर्व सुरु भएसँगै छ महिनाअघि बेशी झरेका...

ढोरपाटनका किसानलाई अनुदानमा यान्त्रिक हलो

ढोरपाटनका किसानलाई अनुदानमा यान्त्रिक हलो

ढोरपाटन (बागलुङ) । ढोरपाटन नगरपालिकाले यहाँका ४८ जना किसानलाई ५०...

ग्रामीण पर्यटन प्रवद्र्धन गर्न बन्दीपुरमा ‘होमस्टे मार्ट’

ग्रामीण पर्यटन प्रवद्र्धन गर्न बन्दीपुरमा ‘होमस्टे मार्ट’

बन्दीपुर । गाउँ पर्यटनको प्रवद्र्धन गर्ने उद्देश्यले तनहुँको प्रसिद्ध पर्यटकीय...

बुद्धका उपदेशले विश्वलाई शान्तिको सन्देश दिएको छः परराष्ट्रमन्त्री

बुद्धका उपदेशले विश्वलाई शान्तिको सन्देश दिएको छः परराष्ट्रमन्त्री

काठमाडौँ । परराष्ट्रमन्त्री शिशिर खनालले सिद्धार्थ गौतमबुद्धका उपदेश र मार्गदर्शनले...

राहदानी सेवाग्राहीका घरमा पु¥याउँदै चितवन प्रशासन

राहदानी सेवाग्राहीका घरमा पु¥याउँदै चितवन प्रशासन

चितवन । जिल्ला प्रशासन कार्यालय चितवनमा बनेर आएका राहदानी लिन अब...