back
CTIZAN AD

संघीय समाज अमेरिकाद्धारा अन्तरक्रिया कार्यक्रम सम्पन्न

वि.सं.२०७४ माघ ४ बिहीवार

693 

shares

न्युयोर्क । नेपाली संघिय समाज अमेरीकाको भेटघाट तथा छलफल अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ ।
संघिय समाजबादी फोरम नेपालका राजनितिक समिती सदस्य तथा ताम्सालिड ईन्चार्ज डा. गणेश योन्जन अमेरीकाको भ्रमणमा रहेको अवसरमा न्युयोर्कस्थित ज्याकसनहाईटमा जनवरी १६ का दिन दिन उक्त कार्यक्रम सम्पन्न गरिएको हो ।


वर्तमान नेपालको सन्दर्भमा संघियता र पहिचानको जन्मदाता संघिय समाजवादी फोरम भएको हुनाले नेपालको विकास र समृद्दीको लागी समाजवाद, जातिय मुक्तीको लागी संघियता, नभईकन नेपालको समग्र विकास र समृद्दीको लागी अन्य विकल्प नभएको कुरा डा. योन्जनले बताए ।
नेपाल र नेपाली जनताको समृद्दीको लागी संविधान संसोधन गरी पहिचानमा आधारित ११ प्रदेश नभईकन शान्ति र विकास असम्भव रहेको कुरा उनले बताए । नेफेसो अमेरीकाका अध्यक्ष समिर महर्जनको सभापतित्वमा सम्पन्न कार्यक्रममा एनआरएनएका क्षेत्रिय सहसंयोजक नविन शेरचनको विशिष्ट आतिथ्यता रहेको थियो ।


कार्यक्रममा किरात याक्थुङ चुम्लुङ अमेरीकाका अध्यक्ष दिपेश लिम्बु ,मुस्ताङ किदुङका अध्यक्ष राजकुमार विष्ट, बुद्धिष्ट एसोसिएशन अफ अमेरीका अध्यक्ष तेन्जीङ उक्याप, तमु सोसाईटि अफ अमेरीका अध्यक्ष पदम गुरूङ,मगर संघ न्युयोर्क च्याप्टरका अध्यक्ष सुमन पुन, वालुङ किदुक अध्यक्ष दावा लामा, एनआरएनए न्युयोर्क च्याप्टर उपाध्यक्ष विष्णु राना मगर लगायत अथितीहरूले मन्तव्य राखेका थिए ।
छोटो समयको भेटघाट तथा छलफल कार्यक्रमको सन्चालन नेफेसो अमेरीकाका सचिव लोक चेम्जोङले गरेका थिएभने कार्यक्रम सफल पार्न सक्रियतापूर्वक लाग्नु हुने नेफेसो सदस्य , केशवराम राई, प्रेम कुरूङ वाङ, लगायत सम्पूर्ण सहभागीहरूलाई हार्दिक धन्यबाद व्यक्त गर्दछौ ।

वि.सं.२०७४ माघ ४ बिहीवार १०:४२ मा प्रकाशित

बेल्जियममा सम्पन्न टेक फोरममा नेपाल र ईयूबीच प्रविधि क्षेत्रमा सहकार्य गर्न जोड

बेल्जियममा सम्पन्न टेक फोरममा नेपाल र ईयूबीच प्रविधि क्षेत्रमा सहकार्य गर्न जोड

ब्रसेल्स । ब्रसेल्समा आयोजित टेक फोरममा नेपाल र युरोपेली संघ...

नेपोस नर्वेको आयोजनामा तेस्रो बास्केटबल रनिङ शिल्ड प्रतियोगिता आयोजना हुने

नेपोस नर्वेको आयोजनामा तेस्रो बास्केटबल रनिङ शिल्ड प्रतियोगिता आयोजना हुने

नर्वे । नेपाली पोर्चुगिज समाज (नेपोस) नर्वेको आयोजनामा नर्वेको ओस्लोमा...

पर्वत समाज यूएईको आयोजनामा निःशुल्क स्वास्थ्य परीक्षण

पर्वत समाज यूएईको आयोजनामा निःशुल्क स्वास्थ्य परीक्षण

युएई । पर्बत समाज यूएईको आयोजनामा निःशुल्क स्वास्थ्य परीक्षण कार्यक्रम...