back
CTIZAN AD

प्रेमिकाको हत्या गरेपछि आत्महत्या गरे अष्ट्रेलियामा गुरुङले

वि.सं.२०७४ माघ ६ शनिवार

774 

shares

अष्ट्रेलियामा रहेका एक नेपाली युवाले आत्महत्या गरेका छन् । अष्ट्रेलियामा रहेका ब्राजिल गुरुङले जनवरी १२ का दिन (शुक्रबार राति) आफ्नी प्रेमिकाको हत्या गरेपछि आफूले पनि आत्महत्या गरेको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट पत्ता लागेको छ । प्रहरीले उनीहरुको मृत्यु मर्डर सुसाइड भएको जानकारी दिएको छ भने गुरुङका परिवारले भने यसलाई मर्डर सुसाइड भनेर नमानेको पनि बताइएको छ । ३० वर्षीया ती युवा र २२ वर्षीया बिट्रिस युवती न्युटाउनस्थित आफ्नै डेरामा मृत भेटिएका हुन् ।
विट्रिश प्रेमिकाका साथमा तीनमहिना अघिदेखि सिड्नीको न्यूटाउनस्थित डेरामा बस्दै आएका गुरुङको श्रीमती पनि अष्ट्रेलियामै रहदै आएको बताइएको छ । उनको सोमबार या मंगलबार दाहसंस्कार गरिने बताइएको छ । पोखराका उनी दुई वर्ष अघि मात्र अष्ट्रेलिया पुगेका थिए ।
अष्ट्रेलियाबाट संचालन हुने नाइनन्युजमा प्रहरीले दिएको जानकारी अनुसार बिट्रीस युवतीको घाटी र टाउकोमा चोट लागेको पनि बताइएको छ । मृत भेटिएका उनीहरुको छिमेकीले सोहि रात उनीहरु बस्ने कोठाबाट ठूलो आवाज आएको प्रहरीलाई बताएका थिए ।

वि.सं.२०७४ माघ ६ शनिवार ०८:४७ मा प्रकाशित

पर्वत समाज यूएईको आयोजनामा निःशुल्क स्वास्थ्य परीक्षण

पर्वत समाज यूएईको आयोजनामा निःशुल्क स्वास्थ्य परीक्षण

युएई । पर्बत समाज यूएईको आयोजनामा निःशुल्क स्वास्थ्य परीक्षण कार्यक्रम...

अन्तर्राष्ट्रिय मञ्चमा उदाउँदै नेपाली प्रतिभा: उरुषा पाण्डे गिनिज वर्ल्ड रेकर्डतर्फ

अन्तर्राष्ट्रिय मञ्चमा उदाउँदै नेपाली प्रतिभा: उरुषा पाण्डे गिनिज वर्ल्ड रेकर्डतर्फ

काठमाडौं । नेपाली मोडल तथा अभिनेत्री उरुषा पाण्डे अन्तर्राष्ट्रिय स्तरमा...