लेगोस, नाइजेरिया । गैरआबासीय नेपाली संघ नाइजेरियाले लेगोसमा रहेको एक विद्यालयका बालबालिकालाई खाद्यान्न तथा लत्ताकपडा वितरण गरेको छ ।
लेगोसको याबामा रहेको मोडुपे कोल मेमोरियल चाइल्ड केयर एण्ड ट्रीटमेन्ट होम स्कुलमा संघका तर्फबाट विद्यार्थीहरुलाई खाद्यान्न लत्ता कपडा लगायतका सामग्रीहरु हस्तान्तरण गरेको जनाएको छ ।

संघले गत तिहारमा देउसी खेली संकलन गरेको रकम कर्मदेशमा परोपकारी कार्यमा पहिलोपटक सहयोग प्रदान गरेको हो ।

हस्तान्तरण कार्यक्रममा संघका अन्तराष्ट्रिय समितीका कोषाध्यक्ष हिक्मत थापा,नाइजेरियाका अध्यक्ष जनक बिष्ट, आइसिसी सदस्य चिरञ्जीवी रोका ,महिला उपसंयोजक मन थापा ,उपाध्यक्षहरु उर्मिला रोका र बिश्वास पौडेल, महासचिब रोशन थापा,कोषाध्यक्ष रोहित भाङ्गर, महिला संयोजक अन्जु पौडेल ,सदस्यहरु दुर्गा बिस्ट ,आशा सरकार लगाएतको उपस्थितीमा स्कुलका प्रीन्सिपल म्याडम रबियुलाईउक्त सामग्री हस्तान्तरण गरिएको हो ।
सन १९६० मा स्थपित उक्त स्कुलमा ४५० जना सुस्त मनस्थितिका बिद्यार्थीहरु आबाशिय रुपमा अध्ययनरत छन् ।
वि.सं.२०७४ माघ ७ आइतवार ०३:१२ मा प्रकाशित






























