back
CTIZAN AD

स्थानीय तहका जनप्रतिनिधिको मर्यादाक्रम तोक्न माग

वि.सं.२०७४ माघ १५ सोमवार

780 

shares

१५ माघ,काठमाडौँ (रासस) । नेपाल नगरपालिका संघले स्थानीय तहका जनप्रतिनिधिको मर्यादाक्रम तोक्न सरकारसँग माग गरेका छन् ।

संघको प्रदेश नं ३ स्तरीय भेलाले आज आठ बँुदे घोषणापत्र सार्वजनिक गर्दै चाँडै नयाँ मर्यादाक्रम बनाइ स्थानीय तहका जनप्रतिनिधिको सम्मानजनक स्थान कायम गर्न माग गरिएको हो ।

घोषणापत्रमा नगरप्रमुख र उपप्रमुखको सवारी साधनमा आवागमनको सहजताका लागि चिनारी झल्कने किसिमको विशेष चिह्नको व्यवस्थापन गर्न तथा संविधानको अनुसूची ९ मा उल्लेख गरिएका प्रदेशसभासँगका १५ वटा साझा अधिकारको कानून बनाउन माग गरिएको भेला आयोजक समितिका संयोजक अशोककुमार ब्याञ्जुले जानकारी दिए ।

प्रदेशसभाको निर्वाचन भएपश्चात् पनि कानून नबन्दा काममा असहजता आएको भन्दै संविधानको अनुसूचीअनुसार कानून बनाउन माग गरिएको उनले जानकारी गराए ।

यसैगरी कर्मचारीको दरबन्दी समायोजन प्रक्रिया चाँडो गर्न र सो नहुँदासम्मका लागि करारमा कर्मचारी भर्ना गर्न तथा जिल्ला समन्वय समितिबाट उठाइरहेको राजश्व जस्तै ढुंगा, बालुवा, गिटी, मालपोत रजिष्ट्रेशन र घर बहालको कर पनि आफूले उठाउन पाउनुपर्नेसमेत माग संघले गरेका छन् ।

त्यस्तै घोषणापत्रमा विषयगत कार्यालयबाट हस्तान्तरण गर्न भनिएका चलअचल सम्पत्ति पनि चाँडै हस्तान्तरण गर्न पनि माग गरिएको संयोजक ब्याञ्जुले बताए ।

भेलाले संघको ३ नं प्रदेशको साधारणसभाका लागि दोलखा भीमेश्वर नगरपालिकाका नगरप्रमुख भरतबहादुर केसीको संयोजकत्वमा प्रदेशस्तरीय समिति गठन गरिएको छ ।

वि.सं.२०७४ माघ १५ सोमवार १५:१३ मा प्रकाशित

श्रमिक दिवसको अवसरमा मन्त्री यादवद्वारा तीन वटा घोषणा

श्रमिक दिवसको अवसरमा मन्त्री यादवद्वारा तीन वटा घोषणा

काठमाडौँ । श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री रामजी यादवले अन्तरराष्ट्रिय...

लाग्यो उँभौली, भेडाबाख्रा धपाउँदै लेक चढे गोठालाहरु

लाग्यो उँभौली, भेडाबाख्रा धपाउँदै लेक चढे गोठालाहरु

गोरखा । उँभौली पर्व सुरु भएसँगै छ महिनाअघि बेशी झरेका...

ढोरपाटनका किसानलाई अनुदानमा यान्त्रिक हलो

ढोरपाटनका किसानलाई अनुदानमा यान्त्रिक हलो

ढोरपाटन (बागलुङ) । ढोरपाटन नगरपालिकाले यहाँका ४८ जना किसानलाई ५०...

ग्रामीण पर्यटन प्रवद्र्धन गर्न बन्दीपुरमा ‘होमस्टे मार्ट’

ग्रामीण पर्यटन प्रवद्र्धन गर्न बन्दीपुरमा ‘होमस्टे मार्ट’

बन्दीपुर । गाउँ पर्यटनको प्रवद्र्धन गर्ने उद्देश्यले तनहुँको प्रसिद्ध पर्यटकीय...

बुद्धका उपदेशले विश्वलाई शान्तिको सन्देश दिएको छः परराष्ट्रमन्त्री

बुद्धका उपदेशले विश्वलाई शान्तिको सन्देश दिएको छः परराष्ट्रमन्त्री

काठमाडौँ । परराष्ट्रमन्त्री शिशिर खनालले सिद्धार्थ गौतमबुद्धका उपदेश र मार्गदर्शनले...

राहदानी सेवाग्राहीका घरमा पु¥याउँदै चितवन प्रशासन

राहदानी सेवाग्राहीका घरमा पु¥याउँदै चितवन प्रशासन

चितवन । जिल्ला प्रशासन कार्यालय चितवनमा बनेर आएका राहदानी लिन अब...