back
CTIZAN AD

साहित्य महासङ्घद्धारा साहित्यदूत सम्मान घोषणा

वि.सं.२०७४ माघ १५ सोमवार

957 

shares

विश्व नेपाली साहित्य महासङ्घ, विश्व केन्द्रीय समितिको सम्पन्न बैठकले नेपाली साहित्यका महत्वपूर्ण ब्यक्तित्वहरुलाई साहित्यदूत सम्मान २०१८ घोषणा गरेको छ ।
जनवरी २८ का दिन सम्पन्न बैठकले विश्व सामु नेपालका उच्च ८ हिमालले जसरी नेपाललाई चिनाएको छ, त्यसरी नै नेपाली साहित्यलाई देशविदेशमा चिनाउने नेपाली पहिचान बोकेका देशविदेशका उत्कृष्ट ८ साहित्यकारहरुलाई साहित्य दूत सम्मान घोषणा गरेको छ ।
नेपाली साहित्य दूत सगरमाथा प्रोफेसर तुलसी दिवस (नेपाल), नेपाली साहित्य दूत कन्चनजंघा प्राडा. टंक प्रसाद न्यौपाने (नेपाल), नेपाली साहित्य दूत लोत्से मनप्रसाद सुब्बा (भारत), नेपाली साहित्य दूत मकालु टेक नारायण रिमाल (म्यानमार), नेपाली साहित्य दूत चोयो भक्त घिमिरे (भुटान÷अमेरिका), नेपाली साहित्य दूत धौलागिरी अन्नपूर्ण लक्ष्मी राई (लारा, युके), नेपाली साहित्य दूत मनास्लु ठाकुर प्रसाद गुरागाई (म्यानमार), नेपाली साहित्य दूत भीम विरही (भारत) लाई घोषणा गरेको छ ।
प्रोफेसर तुलसी दिवस
सन् १९४१ मा धनकुटामा जन्मनु भई काठमाडौलाई कर्मभूमि बनाएका कवि दिवसको नेपाली साहित्यमा अतुलनिय योगदान रहेको छ । लोक संस्कृति र साहित्यमा वहाको अतुलनीय योगदान रहेको छ ।
डा. टंक प्रसाद न्यौपाने
धरानमा कर्मक्षेत्र बनाउदै आएका डा. न्यौपानेको २० कृति प्रकाशित छन् भने उनले विगत ५० बर्षदेखि साहित्य क्षेत्रमा योगदान गर्दै आएका छन् ।
मनप्रसाद सुब्बा
दार्जिलिङ भारतमा सन् १९५२ मा जन्मिएर विगत ४० बर्षदेखि नेपाली साहित्यमा योगदान दिदैआएका सुब्बाको १२ वटा कृतिहरु प्रकाशित छन् ।
टेक नारायण रिमाल
म्यानमारमा वि.स. २००६ सालमा जन्मेका रिमाल विगत ३० बर्षदेखि नेपाली साहित्यमा योगदान दिदै आएका छन् । उनका ३ कृतिहरु प्रकाशित छन् ।
भक्त घिमिरे
भुटान देखि नेपाल र नेपालबाट अमेरिका पुगेका घिमिरेले नेपाली साहित्यको लागि लेखन सम्पादन लगायत विविध योगदान गरेका छन् ।
लक्ष्मी राई (लारा)
हङकङ हुदै युकेमा बसोवास गर्दै आएकी साहित्यकार लाराको एक कृति प्रकाशित छ भने उनले ‘पात्रहरु संग एक साँझ’ साहित्यिक टेलिश्रृखलाको संचालिका पनि हुन ।
ठाकुर प्रसाद गुरागाई
म्यानमारमा जन्मेर नेपाली साहित्यको निम्ति लामो समय देखि निरन्तर योगदान गरेका छन् ।
भीम विरही
भारतमा रहेर नेपाली साहित्यमा योगदान पुरयाउदै आएका राइको २ कृति प्रकाशित छन ।
महासङ्घका वरिष्ठ उपाध्यक्ष सुरेन्द्र परदेशी, उपाध्यक्षद्धय डेन्जोम साम्पाङ, सागर श्रेष्ठ, महासचिव डा. लेखनाथ काफ्ले सम्मिलित छनौट समितिले सिफारिस गरेबमोजिम बैठकमा अध्यक्ष विश्वास दीप तिगेलाले घोषणा गरेका हुन । सम्मानित स्रष्टाहरुलाई ताम्रपत्रसहित एक कार्यक्रम गरि सम्मान अर्पण गरिने बताईएको छ । यसअघि सन् २०१४ मा पहिलो पटक साहित्य महासङ्घले साहित्य दुत सम्मान घोषणा गरेको थियो ।

वि.सं.२०७४ माघ १५ सोमवार ११:२९ मा प्रकाशित

पर्वत समाज यूएईको आयोजनामा निःशुल्क स्वास्थ्य परीक्षण

पर्वत समाज यूएईको आयोजनामा निःशुल्क स्वास्थ्य परीक्षण

युएई । पर्बत समाज यूएईको आयोजनामा निःशुल्क स्वास्थ्य परीक्षण कार्यक्रम...

अन्तर्राष्ट्रिय मञ्चमा उदाउँदै नेपाली प्रतिभा: उरुषा पाण्डे गिनिज वर्ल्ड रेकर्डतर्फ

अन्तर्राष्ट्रिय मञ्चमा उदाउँदै नेपाली प्रतिभा: उरुषा पाण्डे गिनिज वर्ल्ड रेकर्डतर्फ

काठमाडौं । नेपाली मोडल तथा अभिनेत्री उरुषा पाण्डे अन्तर्राष्ट्रिय स्तरमा...