Logo
३ भाद्र २०७९, शुक्रबार
     Fri Aug 19 2022
E-paper
  English Edition
   Unicode
Logo

हिसाब गरौं युरोपले नेपाललाई बढी दियो की नेपालले दियो ?



मान्नुस् नमान्नुस् युरोपले नेपाललाई दुई चार करोड दिएको होला । तर, युरोपको नाममा खर्च गर्ने युवाहरुको पैसा जोड्ने हो भने नेपालमा नै अर्को कालिगण्डकी जलविद्युत् आयोजना निर्माण हुन्छ ।
युरोपले दिने रोजगार भन्दा कालिगण्डकीले दिने रोजगार धेरै शानदार हुन्छ । ‘आफु त गयो हामीलाई बोलाएन’ भनेर रिसाउने जमात अनी बोलाएर फेरी यसले दलाल गर्याे राम्रो काम दिएन भन्ने जमात । अनी घण्टा–घण्टाको हिसाब राख्ने युरोप घण्टा–घण्टाको ट्याक्स लिने युरोप ।
पोल्यान्डको सन्दर्भमा कामदार चाहिएकै हो यसमा दुइमत छैन । शुरुवातमा सामान्य कामदारको तलब सरकारी नीती अनुसार ट्याक्स सहित झन्डै ५०० युरो पोलिश ज्लोटी २१०० छ । घण्टाको १३ ज्लोटी ७० पैसा ब्चयगलम घ भ्गचय धष्तज तबह ट्याक्स सहित सरकारले तोकेको छ । कमाउनेहरुले ३ लाख कमाएका होलान् काठमाण्डौमा पनि १८ लाख तलब पाउनेहरु छन् । हामी सीप नभएका कामदारहरुले धेरै लगानी गरेर ठूलो सपना कहिल्यै नदेखौ । आफुले विश्वास गरेको अन्न र पानीको शरीरले त धोका दिन्छ भने अरुमा भर पर्दा पनि धोका नपाईएला भन्न सकिन्न । तर, वस्तुगत आधार अवस्था अनी कानुनी प्रावधान अनुसार काम गरौ । गर्ने प्रेरित गरौ । एक जनालाई टाइ सुट र गाडीमा हिंडेको देख्दैमा सबैलाई त्यही रुपमा राखेर मुल्याङ्कन नगरौ । समाजले पनि ‘फलानो युरोप गयो अब महिनाको लाख पठाउछ’ भनेर नसोचौ । संघर्षको कथाहरु पिडाका कथाहरु सफलताका कथाहरु सबै बुझाउने गरौ । युरोप आउनेहरु पनि यथार्थ जानकारी गुगलबाट पनि लिने गरौ । तपाईंले गरेको काम कसैलाई सजिलो हुन सक्छ कसैलाई गार्हो हुन सक्छ । वास्तविकता चेतनाको अभाव छ हाम्रो समाजमा । त्यसैले सबै बुझेर जुनसुकै देशमा गएको खन्डमा पनि नयाँ ठाउमा जानुपर्दा धेरै संघर्ष गर्न सजिलो हुनेछ अन्यथा सपनाको भरमा मात्र नहिंड्नुहोस् ।
हिँडिहाले पनि कथन कदाचित आफु आफ्नो परिवार र समाजलाई असर नपर्ने गरी हिंड्नुहोस् । युरोप भन्दैमा सिप नभएका र (भाषाको कारणले) औसत कामदारहरुले कुर्सिमा बसेर काम पाउछु भन्ने सोच्दै नसोचांै । युरोपले एशियनहरुलाई लिनुको अर्थ दया गरेर होइन उपाय नलागेर हो । अनि आवश्यक भएर हो । एक घण्टा बढी अर्को देशबाट आएको एउटा बिद्यार्थीले आफ्नो भोको पेट भर्न काम गर्याे भनेर पनि देश निकाला गर्ने पनि युरोप नै हो ।
मानव अधिकार त छ नै तर पनि कामको सवालमा यिनिहरुको पहिलो प्राथमिकता आफ्नो देश अनि त्यो पनि भएन भने युरोप हो । युरोपका बिभिन्न देशका युरोपियन नागरिक भएनन् भने मात्र अन्य देश हेर्ने हो त्यो पनि बिकसित त्यहा पनि भएन भने बल्ल तेश्रो मुलुकका नागरिक एशिया जस्ता देशहरु पर्ने हुन् ।
युरोपले कठै २० लाख खर्च गरिस् भनेर भन्दैन बरु २० लाख खर्च गरेको ट्याक्स कति तिरिस् बिल खै ? भनेर उल्टै कानुनको किताब पल्टाइदिन्छ । तपाईंले गरेको निर्णय आफूलाई सत्य छ भन्ने लाग्छ भने हाम्रो भन्नु केही छैन । तर, बुझेर बुझ पचाएर काम नगर्नुहोस् । डाडुमा पानी तताएर पिए जस्तो नेपाल सरकारको बैदेशिक रोजगार नीतिले अहिले धेरै भ्रममा परिरहेका छन् । नेपाल सरकारको वैदेशिक रोजगार निति पूर्णतया फेल छ । जय होस ।


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

काठमाडौँ । वैदेशिक रोजगारीका लागि नेपाली युवा लाखौँ खर्चन बाध्य रहेको अवस्थामा मलेसियामा रहेको

दमौली । तनहुँको शुक्लागण्डकी नगरपालिका–२ कोत्रेस्थित गुहेखोलामा माछा मार्ने क्रममा करेन्ट लागेर बिहीबार बाबु–छोराको

काठमाडौं । आजको नेपाली बजारमा विदेशी मुद्राको भाउ यसप्रकार रहेकोछ । राष्ट्र बैंकको विदेशी