back
CTIZAN AD

आफ्नै प्रेमिकाको हत्या गर्ने युवक पक्राउ

वि.सं.२०७४ माघ २२ सोमवार

789 

shares

२२ माघ, फलेवास, पर्वत   । आफ्नै प्रेमिकालाई हत्या गरी कालीगण्डकी नदीमा फाल्ने एक युवक प्रहरीद्वारा पक्राउ परेका छन् ।

पर्वत जिल्लाको बिहादी गाउँपालिका–२ बर्राचौरका २३ वर्षीय विक्रम भन्ने प्रदीप पराजुली पक्राउ परेका हुन । पराजुलीले यही माघ ५ गते बाग्लुङको जैमुनी नगरपालिका–८ बस्ने २२ वर्षीया कमला शर्मालाई हत्या गरी पर्वतको विहादी गाउँपालिका–२ बउरस्थित बाँझो खेतबाट कालीगण्डकीमा फालेका थिए । तर मृतकको शव भने गुल्मीको कालीगण्डकी गाउँपालिका–४ घुमाउनेस्थित कालीगण्डकीको किनारमा फेला परेको थियो ।

माघ ५ गतेदेखि हराइरहेकी कमला माघ १७ गते मृतावस्थामा फेला परेकी थिइन् । पराजुलीले कमला शर्मालाई कर्तव्य गरी मारी कालीगण्डकी नदीमा फालेको भन्ने साबिती बयान दिएका थिए । उनले कमलासँग आफूले शारीरिक सम्बन्ध राखेको र गर्भ रहेको थाहा पाएपछि हत्या गरेको बताए । अभियुक्त पराजुलीलाई जिल्ला प्रहरी कार्यालय गुल्मीमा अनुसन्धानका लागि पठाइएकामा प्रारम्भिक अनुसन्धानपश्चात् उक्त घटना पर्वतको साबिक बर्राचौर गाविस–२ हाल विहादी गाउँपालिका–२ बगरस्थित बाँझो खेतमा घटेको पुष्टि भएपछि उक्त मुद्दा दर्ता गर्ने र अनुसन्धान गर्ने क्षेत्राधिकार जिल्ला प्रहरी कार्यालय पर्वतको पर्ने भएको पर्वत प्रहरीमा पठाइएको हो ।

पराजुलीलाई पर्वत प्रहरीको हिरासतमा राखी बयान तथा अन्य थप अनुसन्धानको म्याद थप गरिएको छ । प्रहरी हिरासतमा राख्नका लागि शनिबारदेखि लागू हुने गरी दोस्रो पटक १० दिनको को म्याद थप गरी अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय पर्वतका प्रमुख दिलीप घिमिरेले जानकारी दिनुभयो ।

वि.सं.२०७४ माघ २२ सोमवार ०५:३८ मा प्रकाशित

विपद्का बेला मानवीय उद्धारको नेतृत्व गर्दै सशस्त्र प्रहरी

विपद्का बेला मानवीय उद्धारको नेतृत्व गर्दै सशस्त्र प्रहरी

काठमाडौँ । गोरखाको सहिद लखन गाउँपालिकाका अध्यक्ष रमेशबाबु थापालाई कुनै...

चौबिस घण्टामा ट्राफिक प्रहरीद्वारा तीन हजार बढीलाई कारबाही

चौबिस घण्टामा ट्राफिक प्रहरीद्वारा तीन हजार बढीलाई कारबाही

काठमाडौँ । ट्राफिक प्रहरीले पछिल्लो २४ घण्टाका अवधिमा काठमाडाँै उपत्यकामा...

जाजरकोट आगलागीः उपचाररत एक महिलाको काठमाडौँमा मृत्यु

जाजरकोट आगलागीः उपचाररत एक महिलाको काठमाडौँमा मृत्यु

काँक्रेविहार (सुर्खेत) । जाजरकोटको नलगाड नगरपालिका–२ छेप्कामा भएको आगलागीमा घाइते...

तेइस लाख बालकालिकालाई भिटामिन ‘ए’ खुवाइयो

तेइस लाख बालकालिकालाई भिटामिन ‘ए’ खुवाइयो

काठमाडौँ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले सञ्चालन गरेको राष्ट्रिय भिटामिन...

रास्वापाले प्रत्यक्ष नजितेका क्षेत्रमा समानुपातिक सांसदलाई तोक्यो जिम्मेवारी

रास्वापाले प्रत्यक्ष नजितेका क्षेत्रमा समानुपातिक सांसदलाई तोक्यो जिम्मेवारी

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वापा)ले प्रत्यक्ष निर्वाचनमा आफूले विजय...

प्रधानमन्त्री शाहले राष्ट्रिय योजना आयोग र नीति अनुसन्धान प्रतिष्ठानका पदाधिकारीसँग छलफल गर्दै

प्रधानमन्त्री शाहले राष्ट्रिय योजना आयोग र नीति अनुसन्धान प्रतिष्ठानका पदाधिकारीसँग छलफल गर्दै

काठमाडौँ । प्रधानमन्त्री वालेन्द्र शाहले अर्थमन्त्री डा स्वर्णिम वाग्लेसहित राष्ट्रिय...