back
CTIZAN AD

वसुन्धरा (भिडियो सहित)

वि.सं.२०७४ माघ २४ बुधवार

726 

shares

नरको भरमा छ यो धरा
उसले किन्तु बुझेन यो कुरा ।
नर पस्दछ युद्धमा धुरा
प्रिय हुन्छन् धन, सुन्दरी सुरा ।।१।।

हतियार बने दरा खरा
खुकुरी औ तरबार बञ्चरा ।
बम बन्दुक तोप औ छुरा
घटिया छन् रणका परम्परा ।।२।।

कतिका यसले फुटे चुरा
बिचरा छन् महिला भयातुरा ।
बबुरा टुहुरा भए भुरा
सुखले चाल्न दिएन पाखुरा ।।३।।

छहरा पहरा र कन्दरा
सरितासिन्धु हिमाल टाकुरा ।
लहरा तरु झार पोखरा
सबले शोभित छिन् धनी धरा ।।४।।

नरहून् अब युद्धका जरा
नबनून् मानव नै कठैबरा ।
क्षिति शान्त बनोस् हराभरा
सबको आश्रय होस् वसुन्धरा ।।५।।

इति

सान्दर्भिक शब्दार्थः
धरा – पृथ्वी, वसुन्धरा, क्षिति
धुरा पस्नु – अरू लडिरहेको ठाउँमा जाइलाग्नु
भुरा – साना बालक
तरु – पादप, वृक्ष
सरिता – नदी
सिन्धु – समुन्द्र

रचयिताः गोपालप्रसाद भण्डारी
श्रीवल्लीनिकेतन बत्तीसपुतली, काठमाडौ नेपाल
हालः प्रतिष्ठानिकेतन गार्ल्याण्ड् टेक्सस् संयुक्तराज्य अमेरिका

वाचनः पण्डित तारानाथ भण्डारी, दिल्ली भारत

छन्दः वियोगिनी
दिनाङ्कः विसं कार्तिक २७ २०७३ साल

 

वि.सं.२०७४ माघ २४ बुधवार २२:५१ मा प्रकाशित

चिया

चिया

कोपिला बर्देवा, काभ्रे चियाको त्यो गाढा रङसँगै हल्का चिनी दुईचार...

झिल्का कविता

झिल्का कविता

बाबुराम गौतम, गुल्मी १. महङ्गीले छोयो आकाश गरिबले सजाएका सपना...

कविता : मातृशक्तिमा हजार लाख वन्दना

कविता : मातृशक्तिमा हजार लाख वन्दना

कृष्णप्रसाद पौडेल ''जस्ताधरे'' विदुर - ४, बट्टार, नुवाकोट अनेक श्रेष्ठ...

कविता : डिग्रीको बाघ

कविता : डिग्रीको बाघ

हिरा भट्ट "बदमास नम्बर दुई" पञ्चेश्वर-६,बिजुल, बैतडी आमाको घरमा खुसीसित...

झिल्का कविता

झिल्का कविता

वसन्त अनुभव,वसन्तविहार, घोराही, दाङ १. जस्तो रोप्दछौँ उस्तै हामीले यस...

कविता : हिंसा

कविता : हिंसा

कविराज घिमिरे ,भक्तपुर ती वक्ष द्योतक बने खुला छँदा आधा...