back
CTIZAN AD

महोत्तरीमा सुरु भयो स्वास्थ्य विमा कार्यक्रम

वि.सं.२०७४ माघ २५ बिहीवार

1K 

shares

२५ माघ, महोत्तरी । स्वास्थ्य बीमा सञ्चालन गर्नका लागि अस्पताललाई व्यवस्थित गरिनु आवश्यक रहेको पूर्व स्वस्थ्य मन्त्री गिरिराजमणि पोखरेलले बताएका छन् ।

आज महोत्तरीको बर्दिबासमा जिल्लाको स्वास्थ्य बीमा दर्ता कार्यक्रमको शुभारम्भ गर्दै माओवादी केन्द्रका नेतासमेत रहेका पूर्वमन्त्री पोखरेलले अहिले अधिकांश अस्पतालमा पूर्वाधार एवं जनशक्तिको अभाव रहेको सन्दर्भमा देशभरि नै स्थानीय तहद्वारा सञ्चालनमा आएको स्वास्थ्य बीमा कार्यक्रमलाई निरन्तरता दिनका लागि अस्पताललाई व्यवस्थित गरिनुको विकल्प नभएको धारणा व्यक्त गरे ।
बर्दिबास नगरपालिका–३ का बासिन्दा रहेका नेता पोखरेलले आफैले बीमा गराएर बीमा कार्यक्रमको शुरुवात गरेका हुन् ।
कार्यक्रममा महोत्तरी क्षेत्र नं ४ का प्रतिनिधिसभा सदस्य डा सुरेन्द्र यादवले ग्रामीण भेगको सरकारी स्वास्थ्य संस्थालाई व्यवस्थित नगरेसम्म स्वास्थ्य बीमा कार्यक्रमले गरिबलाई फाइदा नपुग्ने विचार व्यक्त गरे ।
प्रदेशसभा सदस्य शारदा थापाले बीमा कार्यक्रम प्रभावकारी भए गरिबले रोग पालेर बस्नु पर्ने दिनको अन्त्य हुने विश्वास व्यक्त गरे । त्यस्तै अर्का प्रदेश सदस्य भरतप्रसाद साहले भने, “सरकारले ल्याएको बीमा कार्यक्रम उद्देश्यअनुसार लागू भए गरिबका लागि कोसेढुंगा सावित हुन्छ ।”
नेपालको २६औँ जिल्ला महोत्तरीमा स्थानीय सरकारले ‘तपाईं स्वास्थ्य हाम्रो अठोट’ भन्ने मूल नाराका साथ घर घरमा बिहीबारबाट बर्दिबास नगरपालिकाबाट स्वास्थ्य बीमा अभियान सञ्चालनको शुरुवात् गरेकोे स्वास्थ्य बीमा बोर्ड टेकु काठमाडौँका कार्यकारी निर्देशक डा गुणराज लोहनीले बताए ।

वि.सं.२०७४ माघ २५ बिहीवार ०७:४९ मा प्रकाशित

आजको मौसम विवरण, यी प्रदेशका केही स्थानमा वर्षा हुने

आजको मौसम विवरण, यी प्रदेशका केही स्थानमा वर्षा हुने

काठमाडौँ । आज कोशी प्रदेशलगायत बागमती र गण्डकी प्रदेशको पहाडी...

बैदेशिक रोजगारमा पठाउने संस्थाहरूले अनिवार्य सम्पर्क विवरण खुलाउनुपर्ने

बैदेशिक रोजगारमा पठाउने संस्थाहरूले अनिवार्य सम्पर्क विवरण खुलाउनुपर्ने

काठमाडौँ । श्रमिक पठाउन इजाजतपत्र प्राप्त संस्थाहरूले वैदेशिक रोजगारीको मागपत्रमा...

पाथीभरामातालाई भक्तजनले चढाए ५० तोला सुन

पाथीभरामातालाई भक्तजनले चढाए ५० तोला सुन

फुङ्लिङ (ताप्लेजुङ) । ताप्लेजुङस्थित प्रसिद्ध धार्मिकस्थल पाथीभरामा दर्शनार्थीले चढाएका सुन...

मातृ सम्मान दिवस अर्थात् आमाको मुख हेर्ने पर्व मनाइँदै

मातृ सम्मान दिवस अर्थात् आमाको मुख हेर्ने पर्व मनाइँदै

काठमाडौँ  ।  प्रत्येक वर्ष वैशाख कृष्ण पक्ष औँसीका दिनमा जन्मदाता...

ट्रकको ठक्करबाट एक जनाको मृत्यु

ट्रकको ठक्करबाट एक जनाको मृत्यु

दमौली (तनहुँ) । पृथ्वीराजमार्गअन्तर्गत तनहुँको बन्दीपुर गाउँपालिका–४ विमलनगरमा ट्रकको ठक्करबाट...

संघीयता सुदृढीकरणमा प्रधानमन्त्री सक्रिय, मुख्यमन्त्रीहरूसँग सहकार्यबारे छलफल

संघीयता सुदृढीकरणमा प्रधानमन्त्री सक्रिय, मुख्यमन्त्रीहरूसँग सहकार्यबारे छलफल

काठमाडाैँ ।  गत निर्वाचनको प्रचार प्रसारको क्रममा जनकपुरमा आयोजित आमसभामा...