back
CTIZAN AD

प्रवासी सहकारीको नेतृत्वमा खनाल

वि.सं.२०७४ माघ २९ सोमवार

789 

shares

नयाँ दिल्ली । नयाँ दिल्ली स्थित बिएनवाईसी बचत तथा ऋण सहकारी संस्थाले आफ्नो पहिलो वार्षिकसाधारण सभा तथा पहिलो अधिवेशन सम्पन्न गरेको छ ।
हालै सम्पन्न भएको साधारणसभाले भिमकान्त खनालको अध्यक्षतामा ७ सदस्ययीय नयाँ नेतृत्व चयन गरेको छ । जसको उपाध्यक्षमा कृष्णा अधिकारी, सचिवमा सुबास बस्नेत, सहसचिवमा श्रीमती शान्ता खनाल, कोषाध्यक्षमा सुरेश अर्याल तथा सदस्यहरुमा श्रीमती हुमकला खड्का र मोहन थापा चयन भएका छन् ।
बोर्न इन नेपाल युथ क्लब दिल्लीका अध्यक्ष तथा बिएनवाईसी बचत तथा ऋण सहकारी संस्थाका संयोजक सुवास बस्नेतको अध्यक्षतामा सम्पन्न कार्यक्रममा साउथ एसियन यूनिभर्सिटीका प्रोफेसर डा. युवराज पोखरेल प्रमुख अतिथिको रुपमा उपस्थित थिए । त्यस्तै प्रवासी नेपाली संघ भारत दिल्ली राज्य समितिका सदस्य योगराज अर्याल, अधिकारी समूह दिल्लीका पुर्व अध्यक्ष बाबूराम अधिकारी, समाज सेवी तथा बैंक कर्मी मान बहादुर केसी लगायत विभिन्न संघ संस्थाका प्रतिनिधीहरु अतिथि रहेका थिए ।

कार्य समितिको वार्षिक प्रगति प्रतिवेदन तथा संस्थाको भावि कार्ययोजनाको बारेमा संयोजक सुबास बस्नेतले प्रस्तुत गरेका थिए भने वार्षिक आर्थिक प्रतिवेदन तथा आगामी आर्थिक परिकल्पनाको विष्लेशण कोषाध्यक्ष सी. ए. कृष्ण अधिकारीले गरेका थिए । ‘सहकारिता, सहभागिता र ईमानदारीताको आत्मसाथ, निःस्वार्थ संस्थागत बिकासको आधार’ भन्ने मूल नाराका साथ सहकारीताको सर्वमान्य सिद्धान्त र मान्यतालाई आत्मसाथ गर्दै विभिन्न पेशा तथा व्यवसयमा आवद्ध व्यक्ति एवम् समुदायहरु बिशेषत् युवा वर्गलाई ऐक्यबद्ध गर्दै स्वाबलम्बी, मितब्ययी र आत्मनिर्भर बनाउने, नियमित रुपले बचत गर्ने बानिको विकास गर्ने, संकलित बचतलाई उत्पादनशील श्रेत्रमा लगानी गर्न सदस्यहरूलाई प्रेरित गर्दै शेयर सदस्य महानुभावहरुलाई समाज र समुदायमा सरल, सहज र व्यवस्थित तरिकाले जीवन यापनमा सहयोग पुर्याउने उद्देश्यले २०१७ जनवरी १ का दिन बि. एन. वाई. सी. बचत तथा ऋण सहकारी संस्थाको स्थापना गरिएको संयोजक सुरेश अर्यालले बताए ।

प्रमुख अतिथिको रुपमा बोल्दै डा युवराज पोखरेलले नेपाल प्राकृतिक श्रोत र संशाधनले सम्पन्न देश हो र अहिले यो काचो माटो जस्तै छ, यसलाई जस्तो स्वरुप दिन चाह्यो उस्तै दिन सकिन्छ भन्दै वैदेशिक रोजगार होइन स्वदेश मै रोजगार सृजना गर्न सकिने तथा नेपालमा लगानी गर्ने क्षेत्रको बारेमा महत्वपूर्ण कुरा प्रस्तुत गरेका थिए ।

नेपाली राष्ट्रिय गान प्रति समर्पित हुँदै उद्घाटन गरिएको कार्यक्रममा अन्तरिम समिति कोषाध्यक्ष कृष्णा अधिकारीद्वारा प्रस्तुत बासुरीको धुनले उपस्थित सबैलाई मन्त्र मुग्ध बनाएको थियो । साथमा संयोजक पौडेलको जोसिलो प्रेरणात्मक भाषणले सबै उत्सुक देखिन्थे ।

वि.सं.२०७४ माघ २९ सोमवार ०८:१५ मा प्रकाशित

बेल्जियममा सम्पन्न टेक फोरममा नेपाल र ईयूबीच प्रविधि क्षेत्रमा सहकार्य गर्न जोड

बेल्जियममा सम्पन्न टेक फोरममा नेपाल र ईयूबीच प्रविधि क्षेत्रमा सहकार्य गर्न जोड

ब्रसेल्स । ब्रसेल्समा आयोजित टेक फोरममा नेपाल र युरोपेली संघ...

नेपोस नर्वेको आयोजनामा तेस्रो बास्केटबल रनिङ शिल्ड प्रतियोगिता आयोजना हुने

नेपोस नर्वेको आयोजनामा तेस्रो बास्केटबल रनिङ शिल्ड प्रतियोगिता आयोजना हुने

नर्वे । नेपाली पोर्चुगिज समाज (नेपोस) नर्वेको आयोजनामा नर्वेको ओस्लोमा...

पर्वत समाज यूएईको आयोजनामा निःशुल्क स्वास्थ्य परीक्षण

पर्वत समाज यूएईको आयोजनामा निःशुल्क स्वास्थ्य परीक्षण

युएई । पर्बत समाज यूएईको आयोजनामा निःशुल्क स्वास्थ्य परीक्षण कार्यक्रम...