नेकपा एमाले र माओवादी केन्द्रको बामगठबन्धनबाट एमाले अध्यक्ष केपी शर्मा ओलि प्रधानमन्त्री निर्वाचित भै सक्नु भएको छ र राष्ट्रपति निर्वाचनको मिति समेत तय भैसकेको छ । निश्चय पनि देशको सबैभन्दा ठूलो मानमानिताको पद राष्ट्रपतिका लागि विशिष्ठ व्यक्तिहरुको रुचि हुनु स्वभाविक हो । स्वर्गीय नेता मदन भण्डारीको योगदान र स्वयम् विद्या भण्डारीकै राजनीतिक क्रियाशिलताका आधारमा विद्या राष्ट्रपतिमा बहाल पनि हुनुहुन्छ । उहाँ स्वयम्को रुचि पनि समय थप्न पाए हुन्थ्यो भन्ने होला नै ।
कार्यकारी प्रधानमन्त्री एमालेले लिइसकेपछि राष्ट्रपतिको पद माओवादी केन्द्रलाई दिइनु सबै हिसाबले जायज र नैतिक पनि हुन्छ । एमाले वृत्तबाट चर्चामा रहनु भएका झलनाथ खनाल जस्ता वरिष्ठ नेता कार्यकारी प्रधानमन्त्री भै सक्नु भएको छ । मोहनविक्रम र मोहन वैद्यहरुको रुचि सहमतिका हिसाबले नजिक देखिइसकेको छैन । माधव नेपाल सक्रिय राजनीति गर्ने सुरसारमै हुनुुहुन्छ भने नारायणमान विजुक्छेले गठबन्धनमै जोडिन चाहनु भएन ।
शसस्त्र जनयुद्ध र जनआन्दोलनमा संयोजनकारी भूमिका निर्वाह गरेका, सरल र इमान्दार वाम नेता अमिक शेरचनलाई राष्ट्रपति दिँदा वर्तमान गठबन्धनको नैतिक उचाइ बढ्ने निश्चित छ ।
नेपालका धेरै कम्युनिष्ट नेताहरु मध्ये पाका, अनुभवी र जनपक्षीय स्वभावका अमिकलाई राष्ट्रपतिमा निर्वाचित गर्दा ओलि, प्रचण्ड, माधव, झलनाथ, नारायणकाजी र वामदेव लगायत सबैको इज्जेत र प्रतिष्ठा अझै बढ्ने छ । यो गुट र उ गुट नभन्ने हो भने अमिक शेरचन वास्तविक हकदार पनि हुनुहुन्छ । आन्दोलन त्याग र निष्ठाका हिसाबले योग्य पनि हुनुहुन्छ ।
वि.सं.२०७४ फागुन ४ शुक्रवार ०६:०२ मा प्रकाशित





























