back
CTIZAN AD

भोजपुर प्रतिभा प्रतिष्ठान बेलायतद्धारा दुई प्रतिभा सम्मानित

वि.सं.२०७४ फागुन १३ आइतवार

729 

shares

१३ फागुन, काठमाडौँ । भोजपुर प्रतिभा प्रतिष्ठान बेलायतले आज यहाँ भोजपुरका दुई प्रतिभालाई पुरस्कृत गरेको छ ।

प्रतिष्ठानद्वारा स्थापित प्रतिभा सम्मान कवि तथा गीतकार गणेश रसिकलाई प्रदान गरियो भने प्रतिभा पुरस्कार युवा कवि तथा समाचोलक पूर्ण इन्फादालाई प्रदान गरियो । भोजपुरमा जन्म भई राष्ट्रिय अन्तर्राष्ट्रिय रुपमा साहित्य तथा कला क्षेत्रमा योगदान पु¥याउनुहुने प्रतिभालाई दिइने सम्मानको राशि रु १५ हजार र ताम्रपत्र रहेको छ भने पुरस्कारको राशि रु ३० हजार तथा ताम्रपत्र रहेको छ ।

प्रतिभालाई सम्मान गर्दै कार्यक्रमका प्रमुख अतिथि तथा नेपाल प्रज्ञा–प्रतिष्ठानका पूर्वकुलपति वैरागी काइँलाले खुकुरीको चिनारीले प्रसिद्ध भोजपुरमा सहित्य तथा कला क्षेत्रमा धेरै प्रतिभा निस्किएको बताउँदै जुनसुकै विधामा पनि भोजपुर उर्वर रहेको बताए ।

उनले गीतकार रसिक कुरा पनि राम्रो काम पनि राम्रो गर्ने व्यक्तित्व भएको भन्दै राष्ट्रभक्तिका गीतमा आफ्नो स्थान बनाएको बताए । ।

सम्मान ग्रहण गर्दै गीतकार तथा नेपाल संगीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानका सदस्य सचिव गणेश रसिकले आफूले चाहेको भन्दा बढी सम्मान पाएको बताउँदै असल मनले चिताएर काम गरे सम्मान पाइने रहेछ भन्ने आफूलाई महशुस भएको उल्लेख गरे ।

आफू गीत संगीतमा लाग्दा सानोमा यसले पढ्दैन, गाइने बन्छ भनिएपनि त्यसै पेशामा लागेर आफूले बोल्न सक्ने क्षमता बनाएको र आज सम्म सम्मान पाएको बताए ।

संगीतकार बुलु मुकारुङले गणेश रसिक गीतसंगीत क्षेत्रमा मात्र नभएर राम्रो कथाकार र साहित्यकारको रुपमा चिनिएको बताउँदै कवि इन्फादा पनि गम्भीर र प्रतिभाशाली भएको बताए ।

‘भोजपुरमा त बनमाराले पनि कविता लेख्छ, तीतेपातीले पनि गीत गाउँछ’ भनी जिल्ला बाहिरका कसैले भनेको स्मरण गर्दै मुकारुङले कवि कलाकारलाई दिइने पुरस्कारको राशि भने अहिलेको समयअनुसार बढाउनुपर्ने सुझाव दिए ।

पुरस्कृत कवि पूर्ण इन्फादाले आफूले कविता पहिलेदेखि नै लेख्दै आएको भए पनि समालोचना क्षेत्रमा भर्खरै मात्र कमल चलाउन थालेपनि पुरस्कृत हुन पाएकोमा गौरवान्वित भएको बताए ।

आयोजक संस्थाका सचिव नरेश काङमाङ र सदस्य प्रकाश राईले नेपालमा श्रमको सम्मान गर्ने संस्कृति नभएको बताउँदै आफ्नो संस्थाले भोजपुरका प्रतिभालाई सम्मान गर्दै आएको बताए ।

कार्यक्रममा कवि देवी घिमिरेले सम्मानित व्यक्तित्व रसिक र इन्फादाको परिचय प्रस्तुत गरेका थिए ।
कार्यक्रमका सभापति तथा आयोजक संस्थाका अध्यक्ष दयाकृष्ण राईले आफूहरु बेलायतमा बस्ने गरेपनि देशको माया जीवन्त हुने बताउँदै भोजपुरका योग्य प्रतिभालाई सम्मान गर्न पाउँदा गौरवको अनुभूति भएको बताए ।

वि.सं.२०७४ फागुन १३ आइतवार ०३:०५ मा प्रकाशित

पर्वत समाज यूएईको आयोजनामा निःशुल्क स्वास्थ्य परीक्षण

पर्वत समाज यूएईको आयोजनामा निःशुल्क स्वास्थ्य परीक्षण

युएई । पर्बत समाज यूएईको आयोजनामा निःशुल्क स्वास्थ्य परीक्षण कार्यक्रम...

अन्तर्राष्ट्रिय मञ्चमा उदाउँदै नेपाली प्रतिभा: उरुषा पाण्डे गिनिज वर्ल्ड रेकर्डतर्फ

अन्तर्राष्ट्रिय मञ्चमा उदाउँदै नेपाली प्रतिभा: उरुषा पाण्डे गिनिज वर्ल्ड रेकर्डतर्फ

काठमाडौं । नेपाली मोडल तथा अभिनेत्री उरुषा पाण्डे अन्तर्राष्ट्रिय स्तरमा...