back
CTIZAN AD

मुख्यमन्त्री पौडेलले दिए ठकेदार कम्पनीलाई निर्देशन

वि.सं.२०७४ फागुन १६ बुधवार

753 

shares

१६ फागुन, हेटौँडा (रासस) । प्रदेश नं ३ का मुख्यमन्त्री डोरमणि पौडेलले आज धरान–चतरा सडक आयोजनाको कार्य निर्धारित समयभित्रै सम्पन्न गर्न ठेकेदार कम्पनीलाई निर्देशन दिएका छन् ।

हेटौँडा–धरान–चतरा सडकको हेटौंडा–राईगाउँ खण्डको निरीक्षण गर्ने क्रममा मन्त्री पौडेलले सडकले मकवानपुरको मात्र नभई सिंगो प्रदेशको विकासमा महत्व राख्ने बताएका थिए ।

निरीक्षण टोलीमा आन्तरिक मामिला तथा कानूनमन्त्री शालिकराम जम्मकट्टेल, प्रतिनिधिसभा सदस्य कृष्णप्रसाद दाहाल, प्रदेशसभा सदस्य प्रेमबहादुर पुलामी र जिल्ला समन्वय समिति मकवानपुरका प्रमुख रघुनाथ खुलाल थिए ।

पछिल्लो समय धरान–चतरा सडकको काम तीव्रगतिमा भइरहेको छ । तीन वर्षभित्र काम सम्पन्न गर्ने लक्ष्यका साथ ठेकेदारलाई कामको जिम्मा दिइएको छ ।

यसैगरी मन्त्री पौडेलले पूर्वी मकवानपुरको बकैया गाउँपालिकामा आजदेखि शुरु भएको साँस्कृतिक महोत्सवको उद्घाटन गर्दै महोत्सवले पूर्वी मकवानपुरको विकट स्थानमा आर्थिक कारोबार बढाउने बताए ।

उनले भने, “यस्ता महोत्सवहरूले विकट स्थानका किसानको खेतीलाई मूल्यमा परिवर्तन गर्छ ।”

बुद्ध युवा क्लब हात्तीसुँडे तथा सहयात्री बचत तथा ऋण सहकारी संस्थाको आयोजनामा शुरु भएको महोत्सवमा १५० स्टल रहने आयोजकले जनाएको छ । महोत्सवमा रु ६० लाख खर्च हुने र रु ८० लाख देखि एक करोडसम्मको कारोबार हुने बताइएको छ ।

महोत्सवबाट बचेको रकमबाट बकैया गाउँपालिकामा पार्क निर्माण गर्नुका साथै सामाजिक क्षेत्रमा खर्चिने जनाइएको छ । महोत्सवमा बकैया गाउँपालिकासहित स्थानीय संघसंस्थाको सहयोग रहेको संयोजक थिङको भनाइ छ ।

वि.सं.२०७४ फागुन १६ बुधवार १४:०२ मा प्रकाशित

सुनचाँदीको मूल्यमा केही गिरावट

सुनचाँदीको मूल्यमा केही गिरावट

काठमाडौँ । स्थानीय बजारमा आज सुनचाँदीकोे मूल्यमा केही गिरावट भएको...

ट्राफिक कारबाहीबाट एकै दिन २२ लाख ७४ हजार राजस्व सङ्कलन

ट्राफिक कारबाहीबाट एकै दिन २२ लाख ७४ हजार राजस्व सङ्कलन

काठमाडौँ । बितेका २४ घण्टामा दुई हजार ४८९ सवारी चालक...

ताराखोलाको चिया मुलुककै उत्कृष्ट

ताराखोलाको चिया मुलुककै उत्कृष्ट

गलकोट (बागलुङ) । यहाँको ताराखोला गाउँपालिकामा उत्पादित चियाले गुणस्तरमा नयाँ...

पोखरा-जोमसोम मार्गमा हवाई यात्रुको सङ्ख्या घट्दो

पोखरा-जोमसोम मार्गमा हवाई यात्रुको सङ्ख्या घट्दो

मुस्ताङ । पोखरा–जोमसोम मार्गमा हवाई यात्रुको सङ्ख्या घट्दो क्रममा रहेको...

दौडमै भविष्य देखेका २६ वर्षीय सनम

दौडमै भविष्य देखेका २६ वर्षीय सनम

दमौली (तनहुँ) । तनहुँको आँबुखैरेनी गाउँपालिका–१ बरादीका २६ वर्षीय सनम...

विश्वकीर्तिमानी बाबुछिरी शेर्पाको २५ औँ स्मृति दिवस

विश्वकीर्तिमानी बाबुछिरी शेर्पाको २५ औँ स्मृति दिवस

काठमाडौँ । विश्व कीर्तिमानी सगरमाथा आरोही बाबुछिरी शेर्पाको २५औँ स्मृति...