back
CTIZAN AD

सुनकोशी गाउँपालिकाको नाम अब लिम्चुङबुङ

वि.सं.२०७४ फागुन १७ बिहीवार

831 

shares

 

१७ फागुन, गाईघाट, उदयपुर । उदयपुर जिल्लाको सुनकोशी गाउँपालिकाको नाम ‘लिम्चुङबुङ’ निर्धारण भएको छ ।

सुनकोशी गाउँपालिकाका जनप्रतिनिधिले आफ्नो गाउँपालिकाको नाम लिम्चुङबुङ निर्धारण होस् भन्दै पाँच महिनाअघि मात्र संघीय मामिला मन्त्रालयमा निवेदन दिएअनुसार हालै नाम परिवर्तनको स्वीकृति भएको सो गाउँपालिकाका अध्यक्ष मेजर कुमार राईले बताए ।

नेपालका धेरै स्थानमा सुनकोशी गाउँपालिका नाम भएका कारण पनि गाउँपालिकाको छुट्टै पहिचान सहितको नाम व्यवस्थापन गरिएको अध्यक्ष राईले बताए । सो गाउँपालिकाकी उपाध्यक्ष रमिला राईका अनुसार लिम्चुङबुङ भनेको किराँती चामलिङ राई भाषामा सुनतारी फूलको नाम भएको कुरा बताए ।

सुनतारी फूलहरु स्थानीय क्षेत्रको बाँसबोटे, बराह, जाँते, बलाम्ता र ताम्लिछा क्षेत्रमा व्यापक पाइने एक प्रकारको लोकप्रिय वनस्पति सुनतारी फूलको क्षेत्र भएको कारण सोही फूलको पहिचानका लागि चामलिङ भाषाबाट गाउँपालिकाको नाम लिम्चुङबुङ राखिएको उपाध्यक्ष राईले बताए ।

स्थानीय राई जातिहरुको विवाहमा बाबुमाइती ढोगभेट गर्दा र छोरीचेलीले माइतीलाई ढोगभेट गर्दा उक्त फूल उपहार दिने गरेको र स्थानीय स्तरमा औषधिका लागि पनि सुनतारी फूल प्रयोग गरिने कारण लोकप्रिय भएको र यसैको नामबाट गाउँपालिकाको नाम निर्धारण भएको बलाम्ताका पूर्वगाविस अध्यक्ष वसन्तकुमार राईले बताए । सो गाउँपालिका–२, बराहका ४५ वर्षीय महेश बराल भन्छन्, “सुनकोशी गाउँपालिकाको परिवर्तित नाम लिम्चुङबुङ भएकोमा हामी सबै खुशी छौँ ।”

आफूहरुको गाउँघर किराँती राई, क्षेत्री ब्राह्मणको साझा संगमस्थल भएको र यो क्षेत्रमा सबैतिर फुल्ने र पाइने सुनतारी फूलले यो क्षेत्रको छुट्टै पहिचान र परिचयसमेत दिएको हुँदा लिम्चुङबुङ नामले उदयपुर मात्र नभई नेपालमा नै आफूहरुको गाउँपालिकाको छुट्टै पहिचान गराएको पनि बरालको दाबी छ । (रासस)

वि.सं.२०७४ फागुन १७ बिहीवार ०५:४९ मा प्रकाशित

नेप्से परिसूचक २६ अङ्कले घट्यो

नेप्से परिसूचक २६ अङ्कले घट्यो

काठमाडौँ । नेपाल स्टक एक्सचेञ्ज नेप्से परिसूचक २६ दशमलव १६...

नर्सिङ र एचए पढाउने गण्डकी प्रदेश सरकारको तयारी

नर्सिङ र एचए पढाउने गण्डकी प्रदेश सरकारको तयारी

गण्डकी । प्रक्रियागत ढिलाइका कारण गत वर्ष सुरु हुन नसकेको...

मुस्ताङ अस्पतालमा सुरक्षित गर्भपतन सेवा : सेवाग्राही अझै अनविज्ञ, चारआवमा १८८ जनाले लिए सेवा

मुस्ताङ अस्पतालमा सुरक्षित गर्भपतन सेवा : सेवाग्राही अझै अनविज्ञ, चारआवमा १८८ जनाले लिए सेवा

मुस्ताङ । यहाँको प्रदेश अस्पताल जोमसोममा पछिल्ला चार आर्थिक वर्षमा...

चौबीस घण्टामा ट्राफिक प्रहरीद्वारा दुई हजार ७४६ जना कारबाहीमा

चौबीस घण्टामा ट्राफिक प्रहरीद्वारा दुई हजार ७४६ जना कारबाहीमा

काठमाडौँ । ट्राफिक प्रहरीले पछिल्लो चौबीस घण्टामा दुई हजार ७४६...

नदीमा माछा पाइन छाडेपछि पुख्र्यौली पेसा सङ्कटमा

नदीमा माछा पाइन छाडेपछि पुख्र्यौली पेसा सङ्कटमा

चौतारा (सिन्धुपाल्चोक) । यहाँको इन्द्रावती गाउँपालिका–११ भिमटारका बाटुले माझी ४५...

व्यवसायी गोल्छालाई २४ घण्टाभित्र उपस्थित गराउन आदेश

व्यवसायी गोल्छालाई २४ घण्टाभित्र उपस्थित गराउन आदेश

काठमाडौँ । सर्वोच्च अदालतले व्यवसायी शेखर गोल्छालाई सूचना म्याद पाएका...