back
CTIZAN AD

७० मेगावाट क्षमताको मध्यमस्र्याङ्दीको मर्मत सकियो

वि.सं.२०७४ फागुन १८ शुक्रवार

657 

shares

१८ फागुन, काठमाडौँ ।  लमजुङस्थित ७० मेगावाट क्षमताको मध्यमस्र्याङ्दी जलविद्युत् केन्द्रको बाँधको देबे्रतिर र विद्युत् गृहको मर्मत कार्य सम्पन्न भएको छ ।

आयोजनाका प्रमुख पशुपतिराज गौतमका अनुसार तोकिएको समयभन्दाअगावै छ दिन १० घण्टामा आयोजनाको मर्मत कार्य सम्पन्न भई विहिबार साँझ १८ः३० बजेबाट विद्युत् उत्पादन पुनःशुरु गरिएको छ । प्राधिकरणले मर्मत कार्य सम्पन्न गर्न १० दिन लाग्ने बताएको थियो । मर्मत यही फागुन ११ गतेदेखि शुरु भएको हो ।

आयोजनाको बाँधको देब्रेतर्फको क्षेत्रमा भू–क्षयलाई रोक्न राखिएको संरचनाको मर्मत गत शुक्रबारदेखि शुरु गरिएको थियो ।

वर्षात्को पानीले हिर्काएर क्षति पुगेको ठाउँमा थप क्षति हुनबाट रोक्न पर्खाल लगाइएको प्रमुख गौतमले जानकारी दिनुभयो । मर्मतका क्रममा दैनिक ४०० मजदुर परिचालन गरिएको थियो । नेपाल विद्युत् प्राधिकरण भार प्रेषण केन्द्रले आज साँझसम्म मात्रै आयोजना बन्द गर्न स्वीकृति दिएको थियो ।

प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ र उपकार्यकारी निर्देशक हरराज न्यौपानले गत शनिबार केन्द्रको स्थलगत निरीक्षण गरी तोकिएकै समयमा मर्मतको काम सक्न निर्देशन दिएका थिए ।

आयोजना प्रमुख गौतमका अनुसार विहिबार आयोजनाले २८ मेगावाट विद्युत् उत्पादन गरेको छ । आयोजनाको एउटा मात्रै मेशिन चलाइएको छ । अर्को मेशिन यही फागुन २३ गतेदेखि मात्रै सञ्चालनमा आउनेछ ।

विद्युत्को माग बढी हुने साँझ र बिहानको समयमा ७० मेगावाट विद्युत् उत्पादन हुने मध्यमस्र्याङ्दी बन्द हुँदा प्राधिकरणले कुलेखानीका दुवै आयोजना सञ्चालन गर्नुपरेको थियो ।

मध्यमस्र्याङ्दी बन्द हुँदा प्रणालीमा कुनै समस्या नआएको र विद्युत् आपूर्ति अवरुद्ध नभएको प्राधिकरणका कार्यकारी निर्देशक घिसिङले जानकारी दिए । आयोजना बन्द हुँदा कुलेखानीको दुवै आयोजनाबाट ९२ मेगावाट विद्युत् उत्पादन गरेर भार व्यवस्थापन गरिएको कार्यकारी निर्देशक घिसिङको भनाइ छ ।

आयोजनाको बाँधमा थुप्रिएको बालुवा निकाल्दासमेत आयोजनालाई रु १८ लाख आम्दानी भएको छ ।

जिल्ला प्रशासन कार्यालय लमजुङ, जिल्ला समन्वय समिति र बँेसीशहर नगरपालिकासँग समन्वय गरी केन्द्रले बोलकबोलमार्फत बालुवा निकाल्ने ठेक्का दिएको थियो ।

नदीमा पानीको प्रवाह कम भएका कारण साँझ र बिहान मात्रै आयोजनाले ७० मेगावाट विद्युत् उत्पादन गर्ने आयोजना प्रमुख गौतमको भनाइ छ ।

वि.सं.२०७४ फागुन १८ शुक्रवार ०२:५२ मा प्रकाशित

नेप्से परिसूचकमा २५ अङ्कको गिरावट

नेप्से परिसूचकमा २५ अङ्कको गिरावट

काठमाडौँ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा दोहोरो अङ्कको गिरावट...

एनआईसी एशिया बैंकद्वारा प्यान र ईमेल अद्यावधिक गर्न आग्रह

एनआईसी एशिया बैंकद्वारा प्यान र ईमेल अद्यावधिक गर्न आग्रह

काठमाडाैँ । NIC Asia Bank ले आफ्ना ग्राहकहरूलाई खातामा स्थायी...

नेपालको कृषि : विगतका असफल नीति, वर्तमान चुनौती र अबको रूपान्तरणको बाटो

नेपालको कृषि : विगतका असफल नीति, वर्तमान चुनौती र अबको रूपान्तरणको बाटो

नेपालको अर्थतन्त्रको मेरुदण्ड मानिने कृषि क्षेत्र आज पनि देशको सबैभन्दा...

प्रोग्रेसन होल्डिङ्स लिमिटेड द्वारा ५०% बोनस शेयर प्रस्ताव

प्रोग्रेसन होल्डिङ्स लिमिटेड द्वारा ५०% बोनस शेयर प्रस्ताव

काठमाडौं । प्रोग्रेसन होल्डिङ्स लिमिटेड (साबिक प्रोग्रेसन प्रोजेक्ट्स लिमिटेड) ले आफ्नो...

सामाजिक उत्तरदायित्वअन्तर्गत प्रभु बैंकको HRDC लाई सहयोग

सामाजिक उत्तरदायित्वअन्तर्गत प्रभु बैंकको HRDC लाई सहयोग

काठमाडौं  । प्रभु बैंक लिमिटेड ले आफ्नो सामाजिक उत्तरदायित्व कार्यक्रमअन्तर्गत...