back
CTIZAN AD

चौबीस लाखको लगानीमा कृषि फार्म

वि.सं.२०७४ फागुन २२ मंगलवार

882 

shares
फाइल: फोटो

२२ फागुन, बाबियाचौर, म्याग्दी । बेनी नगरपालिका– १० पात्लेखेतमा एक युवाले रु चौबीस लाख लगानी गरेर कृषि फार्म स्थापना गरेका छन् ।

छत्तीस वर्षीय भविन्द्र पाइजाले ‘आशिर्वाद कृषि फार्म’ स्थापना गरेर व्यावसायिक रुपमा बाख्रापालन र च्याउखेती शुरु गरेका हुन् । बाख्रा खरिद र पूर्वाधार निर्माणमा सो रकम लगानी गरेको पाइजाले बताए ।

उमेर समूह अनुसारका बाख्रा राख्नका लागि छुट्टाछुट्टै कोठा भएको खोर बनाइएको छ । फार्ममा हाल ६० वटा जमुनापारी, खरी, अजमेरी र बोयर जातका बाख्रा छन् । गत साउनमा स्थापना भएको सो फार्मबाट हालसम्म रु ८५ हजार बराबरको पाठापाठी बिक्री गरिसकेको उनले बताए ।

बाख्राको नश्ल सुधारका लागि रु ५० हजारमा बोयर जातको बोका पालेका छन् । बाख्रापालनसँगै उनले ५५० मुडामा सिताके जातको च्याउखेतीसमेत गरेका छन् । बाख्राको आहारका लागि पाखोबारीमा तीन हजार ५०० डालेघाँसका बिरुवा रोपेका छन् भने तीन रोपनी खेतमा जैघाँस लगाएका छन् ।

पाइजाले ११ वर्षसम्म दक्षिण कोरियामा काम गरेका थिए । । कोरियामा मनग्य आम्दानी भए पनि दुःख धेरै भएको उनी बताउछन् । “केही गर्नुपर्छ भन्ने लागेर बाख्रापालन शुरु गरेको हुँ,” उनले भने, “बाख्राको संख्या बढाएर १५० पु¥याउने लक्ष्य छ ।” डेढ सय बाख्रा पाल्दा वार्षिक रु दश लाखसम्म आम्दानी गर्न सकिने पाइजाले बताए ।
मासु र पूजाआजाका लागि गाउँ र सदरमुकाम बेनी बजारमा खसीबोका खपत हुने गरेको छ ।

वि.सं.२०७४ फागुन २२ मंगलवार १०:४२ मा प्रकाशित

यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य

यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य

काठमाडौँ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका...

नेपालको कृषि : विगतका असफल नीति, वर्तमान चुनौती र अबको रूपान्तरणको बाटो

नेपालको कृषि : विगतका असफल नीति, वर्तमान चुनौती र अबको रूपान्तरणको बाटो

नेपालको अर्थतन्त्रको मेरुदण्ड मानिने कृषि क्षेत्र आज पनि देशको सबैभन्दा...

किसानको भविष्य र अनुदानको पुनर्संरचना

किसानको भविष्य र अनुदानको पुनर्संरचना

​नेपालको अर्थतन्त्रको मेरुदण्ड मानिने कृषि र पशुपालन क्षेत्र आज एक...

यस्तो छ आजका लागि समितिले तोकेको कृषिउपजको थोक मूल्य

यस्तो छ आजका लागि समितिले तोकेको कृषिउपजको थोक मूल्य

काठमाडौँ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका...

रैथाने खानाको प्रवर्द्धनमा सेफ गजुरेललाई पाककला गौरव सम्मान

रैथाने खानाको प्रवर्द्धनमा सेफ गजुरेललाई पाककला गौरव सम्मान

नुवाकोट ।  नेपाली पाककला क्षेत्रका अग्रणी व्यक्तित्व सेफ मोहन बहादुर...

रैथाने खाना जोगाउने अभियान: स्वाद, स्वास्थ्य र पर्यटन जोड्न साझा पहल

रैथाने खाना जोगाउने अभियान: स्वाद, स्वास्थ्य र पर्यटन जोड्न साझा पहल

काठमाडौं । रैथाने खानाको प्रवर्द्धन गर्ने उद्देश्यसहित “रैथाने खाना प्रवर्द्धन...