back
CTIZAN AD

जनताले विकास निर्माण कार्यको तत्काल अनुभूति गर्न पाउने–मुख्यमन्त्री राई

वि.सं.२०७४ फागुन २३ बुधवार

762 

shares

२३ फागुन, विराटनगर । प्रदेश नं १ का मुख्यमन्त्री शेरधन राईले प्रदेश सरकारले गर्ने विकास निर्माण तथा सेवा कार्यको अनुभूति जनताले छिट्टै गर्न पाउने बताएका छन् ।

नेपाल नगरपालिका संघको प्रदेश नं १ प्रादेशिक भेलालाई आज सम्बोधन गर्दै उहाँले प्रदेश सरकारले छिट्टै ऐन कानुन निर्माण गरेर विकास निर्माण तथा जनतालाई दिने सेवालाई प्रभावकारी ढंगले गर्ने उल्लेख गरे ।
अबको एजेन्डा भनेको मुलुकको विकास र आर्थिक समृद्धि भएकाले सोहीअनुसार स्थानीय निकायले जनताको जीवनस्तर उकास्ने तथा रोजगारमूलक योजनाहरू बनाउनुपर्नेमा जोड दिए ।

विराटनगर महानगरपालिकाका प्रमुख भीम पराजुलीले जनताको आर्थिक उन्नति र विकासका लागि प्रदेश सरकार र स्थानीय सरकारबीच समन्वय आवश्यक रहेको बताए ।

एक दिने भेलामा प्रदेश नं १ का एक महानगरपालिकासहित उपमहानगर, नगरपालिकाका प्रमुख र उपप्रमखहरूको सहभागिता रहेको छ ।

वि.सं.२०७४ फागुन २३ बुधवार १२:१८ मा प्रकाशित

सरकारका १०० दिनः भूमि व्यवस्था मन्त्रालयका यी हुन् उपलब्धि

सरकारका १०० दिनः भूमि व्यवस्था मन्त्रालयका यी हुन् उपलब्धि

काठमाडौँ । भूमि व्यवस्था, सहकारी, सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री...

सेवानिवृत्त राष्ट्रसेवक कर्मचारीले पाउने भुक्तानी असार २५ गतेसम्म हुने

सेवानिवृत्त राष्ट्रसेवक कर्मचारीले पाउने भुक्तानी असार २५ गतेसम्म हुने

काठमाडौँ । महालेखा नियन्त्रक कार्यालयले सेवानिवृत्त हुने राष्ट्रसेवक कर्मचारीको असार...

मनसुनी वायुको प्रभाव कायमै, आज यी प्रदेशमा वर्षाको सम्भावना !

मनसुनी वायुको प्रभाव कायमै, आज यी प्रदेशमा वर्षाको सम्भावना !

काठमाडौँ । देशभर मनसुन वायुको प्रभाव कायम रहेकाले आज पनि...

एक करोड ४८ लाख बढीको क्रिप्टो कारोबार गर्ने युवक पक्राउ

एक करोड ४८ लाख बढीको क्रिप्टो कारोबार गर्ने युवक पक्राउ

काठमाडौँ । नेपाल प्रहरीले रु एक करोड ४८ लाख बढीको...

आजदेखि मनसुन अवधिभरका लागि बन्द भयो मेलम्ची

आजदेखि मनसुन अवधिभरका लागि बन्द भयो मेलम्ची

काठमाडौँ । मेलम्ची खानेपानी विकास समितिले आजदेखि मनसुन अवधिभर काठमाडौँ...

पहिरोले अवरुद्ध तीन मुख्य राजमार्ग सञ्चालनमा

पहिरोले अवरुद्ध तीन मुख्य राजमार्ग सञ्चालनमा

काठमाडौँ । केही दिनयता निरन्तर परेको वर्षाका कारण देशका विभिन्न...