back
CTIZAN AD

सेवकको रुपमा काम गर्ने प्रदेश नं २ का मुख्यमन्त्रीको प्रतिबद्धता

वि.सं.२०७४ फागुन २३ बुधवार

717 

shares

२३ फागुन,काठमाडौँ । प्रदेश नं २ का मुख्यमन्त्री लालबाबु राउतले २ नं प्रदेशलाई सुशासन र समृद्धिको प्रदेश बनाउने बताएका छन् ।

रिपोटर्स क्लब नेपालद्वारा यहाँ आज आयोजित साक्षात्कारमा मुख्यमन्त्री राउतले शासक नभई सेवकका रुपमा प्रदेश नं २ का जनताको शिक्षा, स्वास्थ्य, रोजगारीको समस्या समाधान गर्ने प्रतिबद्धता व्यक्त गरेका हुन् ।

“प्रदेश नं २ मा कृषि विकासको ठुलो सम्भावना छ त्यसका लागि समयमै मल पुग्न सकेको छैन, त्यसको पूर्ति गर्दै कृषिमा विकास गर्नु आवश्यक छ”– उनले भने ।

अहिले मन्त्रालयको कार्यालय स्थापना, कर्मचारी व्यवस्थापन र भौतिक संरचना निर्माणमै व्यस्त भएको मुख्यमन्त्री राउतको भनाइ छ ।

मुख्यमन्त्री राउतले अहिले नै संघीयता ठिक वा बेठिक भन्ने समय नआइसकेको हुँदा अनावश्यक टीकाटिप्पणी नगर्नसमेत आग्रह गरे । भ्रष्टाचार गर्ने जो कोहीलाई पनि कानूनअनुसार कडा कारबाही गर्ने मुख्यमन्त्री राउतले प्रतिबद्धता व्यक्त गरे । (रासस)

वि.सं.२०७४ फागुन २३ बुधवार १५:१२ मा प्रकाशित

सरकारका १०० दिनः भूमि व्यवस्था मन्त्रालयका यी हुन् उपलब्धि

सरकारका १०० दिनः भूमि व्यवस्था मन्त्रालयका यी हुन् उपलब्धि

काठमाडौँ । भूमि व्यवस्था, सहकारी, सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री...

नारायणघाट–बुटवल सडकः पूर्वी खण्डमा कालोपत्रे सम्पन्न

नारायणघाट–बुटवल सडकः पूर्वी खण्डमा कालोपत्रे सम्पन्न

मध्यविन्दु (नवलपरासी) । नारायणघाट–बुटवल सडक विस्तार आयोजनाको पूर्वी खण्डमा मुख्य...

नेपालमै गुणस्तरीय शिक्षा उपलब्ध हुन्छः मन्त्री पोखरेल

नेपालमै गुणस्तरीय शिक्षा उपलब्ध हुन्छः मन्त्री पोखरेल

काभ्रेपलाञ्चोक । शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले सरकारले नेपालमै गुणस्तरीय...

सरकारका सय दिनः राष्ट्रिय हित केन्द्रित कूटनीतिक अभियान

सरकारका सय दिनः राष्ट्रिय हित केन्द्रित कूटनीतिक अभियान

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता वालेन्द्र...

मन्त्रिपरिषद् बैठकका निर्णयहरु

मन्त्रिपरिषद् बैठकका निर्णयहरु

काठमाडौँ । सरकारले गोरखापत्र संस्थानको महाप्रबन्धक पदमा हिक्मतबहादुर रावललाई नियुक्त...

नयाँ बसपार्कमा यात्रुलाई सास्ती दिने २३ जना पक्राउ

नयाँ बसपार्कमा यात्रुलाई सास्ती दिने २३ जना पक्राउ

काठमाडौँ । ट्राफिक प्रहरीले गोँगबुस्थित नयाँ बसपार्कमा यात्रुलाई दुःख हैरानी...