back
CTIZAN AD

छोरी जन्माउनेलाई नगदसहित सम्मान

वि.सं.२०७४ फागुन ३० बुधवार

741 

shares

मनोज दाहाल

३० फागुन, विराटनगर ९रासस० । समाजमा छोरी जन्मिदा अपनाइने दृष्टिकोणमा परिवर्तन ल्याउन विराटनगर महानगरपालिकामा “छोरी बचाउ अभियान” शुरु गरिएको छ ।
महानगरपालिकाका प्रमुख भीम पराजुली तथा उपप्रमुख इन्दिरा कार्कीले संयुक्त रुपमा पहिलो पटक छोरी जन्माउनेलाई १५ जना आमालाई प्रोत्साहन स्वरुप जनही रु तीन हजार सहित सम्मान गरे । समाजमा देखिने छोरा र छोरी विचको विभेद् अन्त्य गर्न महानगरपालिकाले पहिलो पटक यो अभियान प्रारम्भ गरेको हो ।
बीस वर्षपछि विवाह गर्ने नेपाली महिलाले गर्भ रहँदा नियमित चार पटकसम्म स्वास्थ्य जाँच गराउनुपर्ने तथा स्वास्थ्य केन्द्रमा प्रसूति गराउनेलाई महानगरपालिकाले प्रोत्साहन भत्ता दिने व्यवस्था मिलाएको छ ।
यस अभियानले तराई क्षेत्रमा जनचेतना जगाउन महत्पूर्ण निर्बाह गर्ने महनगरपालिको दाबी छ । महानगरपालिकाका प्रमुख पराजुलीले पहिलो चरणको अभियान अन्तर्गत ३५ जनालाई प्रोत्साहन भत्ता वितरण गर्ने बताए ।
छोरीलाई पनि छोरा सरह समाजमा स्थापित हुन सहज होस् भन्ने उद्देश्यले महानगरपालिकाले यो अभियान सञ्चालन गरेको उनले जानकारी दिए । महानगरपालिकाकी उपप्रमुख कार्कीले गर्भमा छोरी भएको थाहा भएपछि गर्भपतन गराउने प्रवृत्ति अझैपनि कायम रहेकाले यस अभियानले यस्तो सामाजिक विकृति अन्त्य गर्न सहयोग मिल्ने वश्वास व्यक्त गरे ।
तराई–मधेशमा दाइजो र सामाजिक कुरितिका कारण छोरीमाथि गरिने व्यवहारमा अझैपनि परिवर्तन आएको छैन ।

वि.सं.२०७४ फागुन ३० बुधवार १४:०४ मा प्रकाशित

मुआब्जा विवाद टुङ्गिएसँगै बिजलपुरा–बर्दिबास रेलमार्ग निर्माण सुरु

मुआब्जा विवाद टुङ्गिएसँगै बिजलपुरा–बर्दिबास रेलमार्ग निर्माण सुरु

जनकपुरधाम । मुआब्जासम्बन्धी विवाद समाधान भएसँगै जयनगर–बर्दिबास १८ किलोमिटर रेलमार्ग...

सुनचाँदीको मूल्यमा सामान्य गिरावट

सुनचाँदीको मूल्यमा सामान्य गिरावट

काठमाडौँ । स्थानीय बजारमा आज सुनचाँदीको मूल्यमा सामान्य गिरावट आएको...

जनावरको सुरक्षित आवत–जावतका लागि बन्यो ‘क्यानोपी ब्रिज’

जनावरको सुरक्षित आवत–जावतका लागि बन्यो ‘क्यानोपी ब्रिज’

मध्यविन्दु (नवलपरासी) । नारायणघाट–बुटवल सडक विस्तार आयोजनाको पूर्वी खण्डमा नेपालमै...

सरकारका १०० दिनः भूमि व्यवस्था मन्त्रालयका यी हुन् उपलब्धि

सरकारका १०० दिनः भूमि व्यवस्था मन्त्रालयका यी हुन् उपलब्धि

काठमाडौँ । भूमि व्यवस्था, सहकारी, सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री...

नारायणघाट–बुटवल सडकः पूर्वी खण्डमा कालोपत्रे सम्पन्न

नारायणघाट–बुटवल सडकः पूर्वी खण्डमा कालोपत्रे सम्पन्न

मध्यविन्दु (नवलपरासी) । नारायणघाट–बुटवल सडक विस्तार आयोजनाको पूर्वी खण्डमा मुख्य...

नेपालमै गुणस्तरीय शिक्षा उपलब्ध हुन्छः मन्त्री पोखरेल

नेपालमै गुणस्तरीय शिक्षा उपलब्ध हुन्छः मन्त्री पोखरेल

काभ्रेपलाञ्चोक । शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले सरकारले नेपालमै गुणस्तरीय...