back
CTIZAN AD

लाखौ रुपैयाँ खर्च गरेर पोल्याण्ड आउनु अघि सोच्नुहोस् !

वि.सं.२०७४ चैत २ शुक्रवार

867 

shares

बार्सिलोना/ १० देखि १५ लाख रुपैयाँसम्म खर्च गरेर युरोपेली मुलुक पोल्याण्ड आउने नेपालीहरुको संख्या दिनप्रतिदिन बढ्दो छ। म्यानपावर कम्पनि तथा बिचौलियालाई मोटो रकम बुझाएर पोल्याण्ड आउँनेको संख्या बढिरहेको हो।
पोल्याण्डमा रोजगारीका लागि म्यानपावर कम्पनी मार्फत् श्रम स्वीकृति लिएर निकै न्यून रकम तिरेर कामदारहरु आउँन सक्ने प्राबधान भए पनि त्यसो हुन सकिरहेको छैन। युरोप छिर्ने माध्यम बनेको पोल्याण्डको नाममा नेपालीहरु दिनप्रतिदिन ठगीएका छन्।
एनआरएन टकको पहिलो भागमा पोल्याण्डमा रहेका नेपालीहरुको बास्तबिकता खोतल्ने प्रयास भएको छ। बिगत ३ दशक देखि पोल्याण्ड बस्दै आएका गैरआबासीय नेपाली संघ पोल्याण्डका संस्थापक अध्यक्ष तथा आईसीसी सदस्य डा. बोधराज सुबेदी तथा एनआरएनएन पोल्याण्डका निबर्तमान उपाध्यक्ष मित्रलाल पार्देसँग पत्रकार बसन्त रानाभाटले गरेको कुराकानी:- NRN Talk Episode 01

वि.सं.२०७४ चैत २ शुक्रवार ०८:२८ मा प्रकाशित