back
CTIZAN AD

समबेदनाले ब्युझाएको समाज र हाम्रो दायित्व

वि.सं.२०७४ चैत ७ बुधवार

1.5K 

shares

 

dilliram-ammai

मृत्यु एक टार्नै नसकिने सत्य भएर पनि यसको भयले सबैलाई सताइरहेको हुन्छ । जसरी जन्म एक शास्वत सत्य हो मृत्यु पनि त्यही सत्यको अर्को पाटो हो । हामीहरु हाम्रो आफन्त वा नजिकको ब्यक्तिको मृत्युमा धेरै भाबुक हुन्छौ भने नचिनेको र अलिक टाढाको मृत्युले त्यती लामो समय मनलाई पिरोल्दैन । तर पनि मानविय स्पन्दनले कही कतै भावनालाई नमिठोगरी धमिल्याइदिन्छ । मृत्यु स्वभाबिक र अकाट्य सत्य हो भन्ने कुराले केही बेर हामीलाई सम्झाउन सक्दैन ।

आज २०१८ को मार्च २० तारिक बेल्जियम नेपाली समाजका एक होनाहार युबक भाई धिरज थापाको अन्तिम सँस्कार भयो । बेल्जियममा भएका सबै नेपालीहरुले आज आफ्नो सामाजिक दायित्वलाई ऊच्च मानबिय समबेदित भावना सहित् पुरा गरे । दुःखद क्षणको अनुभुतिले सबै नेपालीको भावना र मनलाई नरमाइलो बनाइदियो ।
आफ्ना अनुकुलता र प्रतिकुलताको बाबजुद भाई धिरजको मृत्यु पिडाबाट छट्पटाइ रहेका परिवारजनलाई हरतरहले पीडामय अवस्थामा आत्मिक राहत दिने चेस्टा भयो । बेनेलक्सका राजदूत महामहिम लोक बहादुर थापा र नेपाली गैह्रआवासिय संघ बेल्जियमका अध्यक्षले विक्षिप्त परिवारजनलाई ‘आँफूहरु पिडित परिवारसंग रहेको र आवस्यक पर्दा सदैब सहयोग गरिरहने’ू भन्दै भाबुक शब्द श्रद्धान्जली ब्याक्त गरिरहँदा समेत मृतकका आफन्त र परिवारजनको आँशु थामिएन । सबै शुभचिन्तकहरुबाट मृतकको सन्मुख भाबुक हुँदै मृत आत्माको सम्मान र मुक्तिकोलागी श्रद्धाका फूल चढाए । समाजले एक होनाहार र अनन्य मित्रलाई आखिर सून्यमा समर्पित गरेर गरेर बिदा हुन करै लाग्यो ।

samabedana
हामी ब्यक्तिगत रुपमा होस् वा सामुहिक रुपमा उहाँको पार्थिव शरीर र बियोगको बेदनाबाट बिबस परिवारजनलाई लोकले चलाएका सहानुभुतिका शब्दान्जलीले शान्त्वना दियौ । जुन सामाजिक र परम्परागत मानबिय कर्म हो, त्यो निभाइयो । अब ति असहाय उहाँकी श्रीमती र शिसु छोरी साथै परिवारजनहरुको अकल्पनिय भावोत्तेजना र भबिस्यमा आउने उनिहरुका समस्याहरु उपर पनि हाम्रो समाजले बढीनै ध्यान दिनु जरुरी देखिन्छ । काम बिना सहजरुपमा बाँच्न नसकिने यो ब्यस्त जीबन जङ्गलमा त्यो निरिह परिवारको भावि गन्तब्य सरलीकरण गर्न के गर्नु पर्ला ? बेल्जियमको नेपाली समाजको लागि सोचनीय प्रश्न हो यो। तर नआत्तिनुस ,छोरी छन ,आफन्त छन्। अबको परिस्थिति पहिला जस्तो छैन बैनी ,हरेक समबेदनामा काध थाप्न सक्ने समाज छ। अन्तिम श्रद्धान्जली दिनकोलागि उपस्थिती हेर्दा हाम्रो समाज सवल भैसकेकोमा गर्व लाग्यो । साथै एनआरएन लगायत सबै सङ्घसंस्थाहरु पनि मानिबिय कार्य र सामाजिक सहयोगको सवालमा एक ढिक्का भएर सहयोग गर्दछन र गरेकाछन् । हाम्रो दुतावास पनि यो समाजका सबै खुशी र समबेदनामा एकाकार भैसकेको छ। ‘त्यहाँ भन्न नपाए पनि विक्षिप्त परिवार प्रति मेरो भनाइ यो भन्दा भिन्न हुने थिएन । अन्तिम श्रद्धाञ्जलिमा देखिएको त्यो उपस्थिति,त्यो समबेदनाको लहर र सन्तप्त परिवार प्रतिको त्यो माया हाम्रो समाजको परिपक्वताको संकेत हो । कसैले माने पनि नमाने पनि बेल्जियमको नेपाली समाज अब बिस्तारै परिपक्वतातर्फ अगाडि बढीरहेको छ,बाल बच्चा देखी बृद्ध बृद्धासम्म सबैको भरोसा योग्य हुँदैछ । योनै हामी सबैको अमुल्य सम्पत्ति हो ।

 

दायित्वको प्रसङमा कुरा गर्दा मानविय दाइत्व सबैभन्दा प्रधान हुन आउछ । दुर्घटना,पिडा ,दुख बीमारी,उत्पिडन,भबितब्य र मृत्युको अवस्थामा। जहाँ समाज छ त्यहाँ ब्याक्तिगत दाइत्वहरु समाजिक दाइत्वको अधिनस्त हुन्छन । समाजको आवाज सबैले सुन्छ र बिपत्तिमा परेको ब्यक्तिले एकै पटक ठूलो राहत महसुस गर्दछ ।

samabedana2

सबै लडाईंहरु जितिने लडाईं हुँदैनन र मृत्यु पनि त्यही नजितिने लडाईं मद्धेको एक हो । अतस्एक जना मृत्युबाट हारेपनी बाच्नेहरुलाई सहि दिशाबोध गर्ने समाजका आदरणिय अग्रजहरुलाई सबैले साधुबाद दिनै पर्छ । जसले समाजलाई यो अवस्थासम्म ल्याई पुर्याए । जसले पिडाको असह्य क्षणमा परिवारजनलाई मानबिय र सामाजिक राहत दिएर सहयोग गरे । सबै मध्ये ऊच्च, आदरणिय र सम्मानानीय कर्म भनेको यही हो । ‘हाम्रो समाजमा बिग्रह छ,यो भाडभैलो र बिग्रहलाई रोक्न सकिदैन’ भन्दै तुवालोमा रमाउनेहरुलाई मानबताका यस्तै महायज्ञहरुले हाम्रो समाज गंगाजल जस्तै पवित्र बन्दै गइरहेको सन्देश सहित हातेमालो गरेर अगाडि बढ्न सल्लाह दिएको छ । समाजका मत मतान्तरहरुलाई समबेदित मानबताका मुद्धाहरुले एउटै अंगालोभित्र ल्याइदिन्छ यसमा कुनै संकै छैन ।
हाम्रो समाजमा केही आग्रहहरु होलान् तर तिनै आग्रहहरुलाई बिग्रहको जलप लगाइदिने कार्यले केही निरासा ल्याइदिएको हुन सक्ला । तर अब आफ्ना आग्रहहरुलाई मानिबिय कर्मपथले निर्देशित गरेर यसरि नै हिडाउन थालियो भने हामी हाम्रो समाजप्रति पूर्ण  गौरवान्तित र बिस्वस्त हुनेछौ । स्व. भाई धिरज थापाको आत्माको चिर सान्तिको कामना र शोक सन्तप्त परिवारमा हार्दिक समबेदना सहित ।

 

वि.सं.२०७४ चैत ७ बुधवार १२:१३ मा प्रकाशित

क्यान्सर लाग्नुअघि नै अपनाऔं यी ७ बानी

क्यान्सर लाग्नुअघि नै अपनाऔं यी ७ बानी

क्यान्सरबाट जोगिन के गर्ने ? हिन्दीमा एउटा भनाइ छ, "जब...

आई.बी मल्लको संघर्ष र कलाकारितामा प्रेरणादायी यात्रा

आई.बी मल्लको संघर्ष र कलाकारितामा प्रेरणादायी यात्रा

पर्वत जिल्ला, महाशिला लुँखुका स्व गुप्तबहादुर मल्ल र श्रीमती सय...