back
CTIZAN AD

आर्थिक कुटनीतिलाई परराष्ट्र नीतिको अभिन्न अंगको रुपमा विकास गर्न कतारमा अन्तरक्रिया

वि.सं.२०७४ चैत ७ बुधवार

726 

shares

qatar1

आर्थिक कूटनीतिलाई परराष्ट्र नीतिको एक अभिन्न अंगका रुपमा विकास गर्दै विदेशस्थित नेपाली नियोगहरु मार्फत व्यापार, लगानी, पर्यटन, वैदेशिक रोजगारी आदि प्रवद्र्धन गर्ने उद्देश्यअनुरुप कतारमा बृहद अन्तक्र्रिया सम्पन्न भएको छ ।

कतारले अवलम्बन गरेको खुला अर्थ व्यवस्थाबाट व्यापारको द्रुततर विकास भई कतारका विभिन्न क्षेत्रमा विशेष आर्थिक क्षेत्र (Special Economic Zones) स्थापना हुने क्रममा रहेका बेला कतारस्थित नेपाली राजदूतावासमा फागुन २६ गते (मार्च १०) का दिन एक कार्यपत्र सहित एकदिने अन्तरक्रियात्मक कार्यक्रम आयोजना गरिएको हो ।
यस्ता क्षेत्रहरुमा विदेशी लगानीकर्ताले शत प्रतिशत पूर्ण स्वामित्वमा लगानी गर्ने सक्ने, लगानीका निश्चित क्षेत्रहरुमा १० वर्षसम्म करमुक्त हुने, उक्त क्षेत्रमा रहेका उद्योग सञ्चालनका लागि कच्चा पदार्थका आयात निर्यातमा कर छुट दिने प्रावधान सहित स्पेशल इकोनोमिक जोन्स सञ्चालनमा आउन लागेका हुन् ।

सो अवसरमा कतारी सरकारको अर्थव्यवस्था तथा वाणिज्य मन्त्रालय अन्तर्गतको Manateq- आर्थिक क्षेत्र कम्पनी कतारका आधिकारिक प्रतिनिधि व्यापार विश्लेषक समीर शेखले कतारमा स्थापना हुने स्पेसल इकोनोमिक जोन (विशेष आर्थिक क्षेत्र) मा हुने लगानीका लागि संभावित क्षेत्रहरु, -Modalities, कानूनी एवम् संरचनागत स्वरुप लगायतका बारेमा विस्तृत जानकारी प्रस्तुत गर्दै नेपाली लगानीकर्ताहरुलाई लगानीका लागि आग्रह गरेका थिए । उनले उपयुक्त अवसर प्राप्त हुने र सोबाट आवश्यक लाभ लिन सकिने कुरा समेत उल्लेख गरे ।

qatar2

कार्यक्रमको आरम्भमा बोल्दै कतारका लागि नेपालका राजदूत महामहिम प्रा. रमेश प्रसाद कोइरालाबाट कार्यक्रमको उद्देश्यमाथि प्रकाश पार्दै द्विपक्षीय लगानी, पर्यटन, वैदेशिक रोजगारी एवम् श्रम सम्बन्धका क्षेत्रहरुको थप विस्तारमा मद्दत पुर्याउने हेतुले कार्यक्रम आयोजना गरिएको कुरा जानकारी गराएका थिए ।

प्रस्तुतीकरणपश्चात सहभागीहरुबीच एक अन्तक्र्रियात्मक छलफल गरिएको थियो ।

उक्त कार्यक्रममा महामहिम राजदूतका अतिरक्त नियोग उपप्रमुख, राजदूतावासका कर्मचारीहरु, दोहाका विभिन्न क्षेत्रहरुमा व्यावसाय गरी बसेका नेपाली, कतारमा कार्यरत बैंक तथा वित्तिय क्षेत्रका प्रतिनिधिहरु, पत्रकारहरु र विभिन्न संघसंस्थामा आवद्ध प्रतिनिधिहरु आदिको उल्लेख्य सहभागिता रहेको थियो ।

वि.सं.२०७४ चैत ७ बुधवार १२:३६ मा प्रकाशित

‘ब्रेन ड्रेन’ लाई ‘ब्रेन गेन’ मा रूपान्तरण गर्ने एनआरएनएको अभियान

‘ब्रेन ड्रेन’ लाई ‘ब्रेन गेन’ मा रूपान्तरण गर्ने एनआरएनएको अभियान

काठमाडौं । गैरआवासीय नेपाली संघ (एनआरएनए) अन्तर्गतको स्किल, नलेज एण्ड...

महिला समाज कतारको अध्यक्षमा शुष्मा खतिवडा निर्वाचित

महिला समाज कतारको अध्यक्षमा शुष्मा खतिवडा निर्वाचित

दोहा । नेपाली महिला समाज कतारको १५औँ स्थापना दिवस तथा...

कम्युनिस्ट नेता मोहनविक्रम सिंह लन्डन भ्रमणमा, कम्युनिस्ट एकतामा जोड

कम्युनिस्ट नेता मोहनविक्रम सिंह लन्डन भ्रमणमा, कम्युनिस्ट एकतामा जोड

लन्डन । नेपालका वरिष्ठ कम्युनिस्ट नेता मोहन विक्रम सिंहले बेलायत...

नर्वेमा आयोजित एभरेष्ट कपको उपाधि नेपालय क्लवलाई

नर्वेमा आयोजित एभरेष्ट कपको उपाधि नेपालय क्लवलाई

नर्वे । एनआरएनए नर्वेको आयोजनामा भएको मैत्रीपूर्ण एभरेष्ट कप फूटबल...

एनआरएनए आईसीसी बैठक सम्पन्न, क्षेत्रीय सम्मेलनदेखि संगठन एकीकरणसम्मका महत्वपूर्ण निर्णय

एनआरएनए आईसीसी बैठक सम्पन्न, क्षेत्रीय सम्मेलनदेखि संगठन एकीकरणसम्मका महत्वपूर्ण निर्णय

काठमाडौं । गैरआवासीय नेपाली संघ (एनआरएनए) को ११५औँ अन्तर्राष्ट्रिय समन्वय परिषद्...