back
CTIZAN AD

सहिदका सपना पूरा गर्नुको विकल्प छैन

वि.सं.२०७४ चैत ८ बिहीवार

897 

shares

anekot
८ चैत्र, अनेकोट, काभ्रे । अखिल नेपाल जनसांस्कृतिक महसङ्घको आयोजनामा काभ्रे जिल्लाको अनेकोटमा २० औँ सांस्कृतिक प्रतिरोध दिवस भव्य र ऐतिहासिक रूपमा सम्पन्न भएको छ । ७ ताराका रगतले रङ्गिएको अनेकोटको भूमिमा उभिएर गीत–सङ्गीत, कविता तथा मन्तव्यका साथ उपस्थित सबैले नेपालमा क्राान्तिको विकल्प नभएको कुरा बताएका हुन् ।
काभ्रेको अनेकोटमा अखिल नेपाल जनसांस्कृतिक महासङ्घ, केन्द्रीय समितिको आयोजनामा आयोजित २० औँ सांस्कृतिक प्रतिरोध दिवसमा कार्यक्रमको प्रमुख अतिथिको रूपमा बोल्दै नेपाल कम्युनिस्ट पार्टीका राजनीतिक ब्युरोका सदस्य एवम् केन्द्रीय जनपरिषद्, नेपालका उपप्रमुख पद्म राईले आफू र आफ्नो पार्टी देश र जनताका लागि जस्तोसुकै लडाइँ लड्न पनि तयार रहेको बताए । उनले यो च्याङ्बा लामालगायत सहिदको स्मरण र सम्झनाको भावधारामा आयोजना गरिएको कार्यक्रम भएकोले देश र जनताका मुक्तिका लागि क्रान्तिकारी धारा अवलम्बन गर्नुको कुनै विकल्प छैन भन्दै जबसम्म नेपालमा क्रान्ति सम्पन्न हुन्न, जबसम्म जनताको मुक्ति हुदैन, तबसम्म हामी निरन्तर क्रान्तिकारी दिशामा अघि बढिरहनेछौँ, हामीलाई गद्दारी अस्वीकार्य छ, नेपालमा देश र जनताका विरुद्ध प्रचण्ड–बाबुरामहरूले गम्भीर धोका दिएका छन्, हामीले एकीकृत जनक्रान्तिका माध्यमबाट संसदीय दलाल व्यवस्थालाई ध्वस्त बनाउनेछौँ, भने ।

सोही कार्यक्रममा नेपाल कम्युनिस्ट पार्टीका केन्द्रीय सदस्य एवम् पूर्वी ताम्सालिङ ब्युरोका इन्चार्ज कमरेड जगतले अब नया“ प्रतिबद्धताका साथ दलालहरूका विरुद्ध लडेर मात्र महान् सहिदहरूका सपना पूरा गर्न सकिने धारणा व्यक्त गरे । जनतालाई जगाउँदै सहिदको सपना क्रान्ति, वर्गीय मुक्तिलाई कहिल्यै नभुल्ने प्रतिबद्धता पनि उनले सम्बोधन क्रममा गरेका थिए । त्यसैगरी, पूर्वी ताम्सालिङ, जनपरिषद् नेपाल, पूर्वी ताम्सालिङका प्रमुख माणिक लामाले माके–एमालेले अब नेपाली जनतालाई धेरै दिन झुक्कयाउन नसक्ने पनि बताए । सहिदहरूको मृत्यु पहाडजस्तै विशाल हुने कुरा राख्दै उनले माके–एामलेको राजनीतिक नैतिकता सकिएको कुरामा विशेष जोड दिए । सोही सांस्कृतिक प्रतिरोध दिवसमा नेकपा (माओवादी केन्द्र) बाट विद्रोह गरेर नयाँ राजनीतिक अभियान सञ्चालन गरिरहेका बलराम तिमिल्सिनाले आफूहरूले भन्दा पहिले विप्लवहरूले प्रचण्डलाई चिनेको कुरा बताउँदै आफूहरूले पनि अहिले आएर प्रचण्डको नक्कली अनुहार देखेपछि विद्रोह गरेको बताए र सहिदका दाजुसमेत रहेको तिमिल्सनाले आफूहरू कहिल्यै पनि देश, जनता र क्रान्ति विरोधी हुनै नसक्ने कुरा पनि स्पष्ट पारे ।

सोही कार्यक्रममा स्वागत मन्तव्य राख्दै नेपाल कम्युनिस्ट पार्टीका युवानेता तथा काभ्रे जिल्ला इन्चार्ज शरद रसाइली एमालेका नेताको सुराकीका कारण सात–सात जना जनकलाकारहरूको हत्या भएको भए पनि प्रचण्डहरू अहिले त्यही हत्यारा एमालेमा मिसिन जान लागेकोले त्यसको व्यापक भण्डाफोर गर्नुपर्ने कुरा बताए । उनको थप जोड थियो, अर्को वर्षबाट उनीहरूले सांस्कृतिक प्रतिरोध दिवस मनाउन पाउनेछैनन् किनभने त्यतिखेर सांस्कृतिक प्रतिरोध दिवस मनाउँदा केपी ओलीले तिनीहरूलाई दण्डित गरिदिनेछन् ।

२० औँ सांस्कृतिक प्रतिरोध दिवसमा च्याङ्बा लामा, निर्मला देवकोटा, गुम्बासिं तामाङ, मञ्जु कुँवर, डम्बर श्रेष्ठ, सुभद्रा देवकोटा र चिनीमाया लामाका परिवारजनको उपस्थिति थियो । सहिद परिवारजनहरू कार्यक्रमका प्रमुख अतिथि पद्म राई, अतिथि जगतलगायत अतिथिद्वारा अबिर, अभिनन्दनपत्र र दोसल्लाका साथ सम्मानित हुनुभएको थियो ।

प्रतिरोधात्मक सांस्कृतिक कार्यक्रममा संयुक्त उद्योग वाणिज्य महासङ्घका केन्द्रीय अध्यक्ष युवराज पराजुली, काभ्रे सेक्रेटरी अग्रीम, सकुमबासी संगठनका अध्यक्ष लालबहादुर विश्वकर्मा, तामाङ राष्ट्रिय मुक्ति मोर्चाका महासचिव कान्छामान तामाङ, अखिल नेपाल महिला सङ्घ क्रान्तिकारीका सचिवालय सदस्य प्रतिमा गहतराज, किसान सङ्गठनका कार्यालय सदस्य प्रतिमा बजगाईंलगायत विशिष्ट उपस्थिति थियो । विचार, बलिदान, विश्वास, रूपान्तरणका निम्ति २० औँ सांस्कृतिक प्रतिरोध दिवस देशैभर मनाइएको छ । दस बर्से जनयुद्धका क्रममा काभे्रको अनेकोटलगायत देशैभरिका सामूहिक हत्याकाण्डको सम्झनामा मनाउ‘दै आएको सांस्कृतिक प्रतिरोध दिवस अखिल नेपाल जनसांस्कृतिक महासङ्घले काभ्रेको अनेकोटमा भव्य कार्यक्रमका साथ मनाएको हो ।

जनताको गीत गाउँदै हिँड्नेक्रममा अखिल नेपाल जनसांस्कृतिक महासङ्घका केन्द्रीय सदस्य च्याङ्बा लामा सहित ७ जना कलाकारहरूलाई २०५५ साल चैत ५ गते तत्कालीन राज्यपक्षले नियन्त्रणमा लिएर हत्या गरेको दिनलाई प्रतिनिधिमूलक दिनको रूपमा अखिल नेपाल जनसांस्कृतिक महासङ्घले सांस्कृतिक प्रतिरोध दिवसको रूपमा हरेक वर्ष मनाउँदै आइरहेको छ । महासङ्घले रोल्पाको भावाङ लगायतका सामूहिक हत्याकाण्ड र देशैभरका सांस्कृतिक सहिदलाई सम्मान गर्ने र उनीहरूले देखेको सपनालाई पूरा गर्नका लागि प्रण गर्ने दिनको रूपमा पनि यो दिवसलाई मनाउँदै आएको हो । स्मरण रहोस्, एमालेको सुराकीमा प्रहरीको एक जत्थाले जनताका कलाकारहरू कमरेड च्याङ्बा लामा, कमरेड निर्मला देवकोटा, कमरेड गुम्बासिं तामाङ, कमरेड मञ्जु कुँवर, कमरेड डम्बर श्रेष्ठ, कमरेड सुभद्रा देवकोटा र कमरेड चिनीमाया लामालाई जिउँदै जलाएर हत्या गरेका थिए ।

अखिल नेपाल जनसांस्कृतिक महासङ्घले हरेक वर्ष चैत ५ गते सांस्कृतिक प्रतिरोध दिवस मनाउँदै आएको छ । २०५५ साल, चैत ५ गते तत्कालीन बर्बर र अमानवीय सत्ताले काभ्रेको अनेकोटमा सशस्त्र घेरा हाली कुची, कलम र मादलका माध्यमबाट वर्गीय विचार र आस्थामा प्रतिवद्ध भएका कारण निःशस्त्र ७ जना जनकलाकारहरूलाई ज्यूँदै आगो लगाएर मारेको थियो । देश, जनता र समाजको मुक्ति, प्रगति र अग्रगामी परिवर्तनका लागि आफूलाई सचेत ढङ्गले काभ्रेको अनेकोटमा ७ जना जनकलाकारले बलिदान दिनुभयो । त्यसैगरी, जनताको महान् सङ्घर्षको प्रक्रियामा अछामको डुङ्गालामा नौ जनाको सहादत भएको थियो भने रोल्पाको भबाङ्गमा ११ जना जनकलाकारहरू तथा डोटीको मुडभरा, अछामकै विनायकमा पनि कलाकारको सामूहिक सहादत भएको थियो । हाम्रो जनसांस्कृतिक आन्दोलनमा कृष्ण सेन ‘इच्छुक’ सहित १७० भन्दा बढीले सहादत प्राप्त गरेका छन् ।

अखिल नेपाल जनसांस्कृतिक महासङ्घका महासचिव खेम थपलियाको अध्यक्षता एवम् कोषाध्यक्ष आरोह नेपालीको सञ्चालन रहेको उक्त कार्यक्रममा केन्द्रीय सांस्कृतिक टोली सामना परिवारले विभिन्न क्रान्तिकारी गीत–नृत्य प्रस्तुत गरेको थियो भने बलराम तिमिल्सिना, विष्णु भण्डरी, वैरागी जेठा, मोहन घिसिङ, मिसन अधिकारी, कौशिला रिसाल, अम्बू बिहानी, सुजिता परियारलगायत स्रष्टाले आ–आफ्ना सिर्जना वाचन गरेका थिए ।

वि.सं.२०७४ चैत ८ बिहीवार ११:४७ मा प्रकाशित

मुआब्जा विवाद टुङ्गिएसँगै बिजलपुरा–बर्दिबास रेलमार्ग निर्माण सुरु

मुआब्जा विवाद टुङ्गिएसँगै बिजलपुरा–बर्दिबास रेलमार्ग निर्माण सुरु

जनकपुरधाम । मुआब्जासम्बन्धी विवाद समाधान भएसँगै जयनगर–बर्दिबास १८ किलोमिटर रेलमार्ग...

सुनचाँदीको मूल्यमा सामान्य गिरावट

सुनचाँदीको मूल्यमा सामान्य गिरावट

काठमाडौँ । स्थानीय बजारमा आज सुनचाँदीको मूल्यमा सामान्य गिरावट आएको...

जनावरको सुरक्षित आवत–जावतका लागि बन्यो ‘क्यानोपी ब्रिज’

जनावरको सुरक्षित आवत–जावतका लागि बन्यो ‘क्यानोपी ब्रिज’

मध्यविन्दु (नवलपरासी) । नारायणघाट–बुटवल सडक विस्तार आयोजनाको पूर्वी खण्डमा नेपालमै...

सरकारका १०० दिनः भूमि व्यवस्था मन्त्रालयका यी हुन् उपलब्धि

सरकारका १०० दिनः भूमि व्यवस्था मन्त्रालयका यी हुन् उपलब्धि

काठमाडौँ । भूमि व्यवस्था, सहकारी, सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री...

नारायणघाट–बुटवल सडकः पूर्वी खण्डमा कालोपत्रे सम्पन्न

नारायणघाट–बुटवल सडकः पूर्वी खण्डमा कालोपत्रे सम्पन्न

मध्यविन्दु (नवलपरासी) । नारायणघाट–बुटवल सडक विस्तार आयोजनाको पूर्वी खण्डमा मुख्य...

नेपालमै गुणस्तरीय शिक्षा उपलब्ध हुन्छः मन्त्री पोखरेल

नेपालमै गुणस्तरीय शिक्षा उपलब्ध हुन्छः मन्त्री पोखरेल

काभ्रेपलाञ्चोक । शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले सरकारले नेपालमै गुणस्तरीय...