back
CTIZAN AD

मृर्गौला रोगले पीडित रानालाई यूकेबाट आर्थिक सहयोग

वि.सं.२०७४ चैत ८ बिहीवार

798 

shares

help-rana2 काठमाडौं । मृगौला रोगले पीडित गुल्मीका भुक्त बहादुर (लक्ष्मण) रानालाई गुल्मी समाज युकेले आर्थिक सहयोग गरेको छ ।

गुल्मी समाज यूकेका संस्थापक तथा हालका सल्लाहकार ओम थापा काउचा र कुमार रानाको पहलमा युकेमा रहेका नेपालीहरुद्धारा संकलन गरिएको २ लाख ८६ हजार ९ सय ५५ रुपैयाँ पीडित रानालाई हस्तान्तरण गरिएको छ । ललितपुरस्थित बिएफबिएस रेडियोको कार्यालयमा २९ फागुनका दिन आयोजित एक र कार्यक्रममा सोलिडारिटी ट्रष्टकी अध्यक्ष ऐक्यबद्धता मासिककी प्रबन्ध सम्पादक चन्दा थापा (चन्द्रिका) र रेडियोका स्टेशन म्यानेजर तथा नेटवर्क डाइरेक्टर विनोदध्वज खड्काले संयुक्त रुपमा सो हस्तान्तरण गरेका थिए ।
१७ वर्षको उमेरमै दुबै मिर्गौला फेल भएका गुल्मी चन्द्रकोट शान्तिपुरका राना हाल टिचिङमा उपचार गराइरहेका छन् । गत पुसमा एक्कासी बान्ता हुने, हातखुट्टा सुन्निने र दम समेत आएपछि चितवन मेडिकल कलेजमा उपचार गराउन आएका थिए । त्यहाँ १३ दिनको उपचारमा यहि रोग भन्ने पत्ता नलागेपछि मेडिकल कलेजले कलंकीको निदान अस्पतल र निदानले सुमेरुमा पठाएको थियो । सुमेरुमा उपचार गराउने क्रममा उनको दुवै मिर्गौला विग्रिएको थाहा भएको उनका बुबा देउ बहादुर रानाले बताए ।

चितवन मेडिकल कलेज र सुमेरुमा उपचार गराउँदा झण्डै ७ लाख खर्च गरिसकेका उनीहरु २ हप्तादेखि टिचिङ अस्पताल महाराजगन्जमा उपचार गराइरहेका छन् ।

‘ जग्गा जमिने बेचेर घरबाट ल्याएको पैसा सबै सकियो,’ विरामीका बुबा देउमानले भने, ‘अब साथीभाई र इष्टमित्रको भरोसा हो, उहाँहरुको सहयोग भएमा मेरो छोराको ज्यान बचाउन सकिने थियो ।’ उनीहरुलाई हाल हङकङ, कतार, मलेसिया लगायतका देशमा रहेका शुभचिन्तकहरुले आर्थिक सहयोग पठाइरहेको बताए ।

भैरहवामा बसेर कोरियाका जानका लागि भाषा परीक्षाको तयारी गरिरहेका उनलाई एक्कासी यस्तो समस्या देखिएपछि उपचारका लागि भरतपुरको चितवन मेडिकल अस्पताल हुँदै सुमेरुमा ल्याइएको थियो ।

सहयोगदाताहरुको नामावली यसप्रकार रहेको छ । 

helpuk1

नख्खीपोटमा एउटा कोठा भाडामा लिएर छोराको उपचार गराउँदै आएका ६५ वर्षे देउमान आफैले छोरालाई किड्नी दिन लागेको बताए । ‘मेरो किड्नी मिल्छ की मिल्दैन भनेर टेष्ट भइरहेको छ । मिल्यो भने मेरै दिन्छु ।’ गहभरी आँसु बनाउँदै देउमानले सुनाए ।

हाल उनीहरुले हप्ताको दुईपटक सुमेरुमै डाइलोसिस गराउँदै आएका छन् । डाइलोसिसको सुरुमा ३ हजार तिरेको बताएका उनीहरुले २ हप्तादेखि भने सुमेरुले निःशुल्क डाइलोसिस गरिदिएको पनि बताए । तर, अबको उपचार टिचिङमै हुने र डाक्टरको सल्लाह लिइरहेको उनीहरुले बताए ।

रानाको जीवन बचाउ अभियानका लागि बिश्वभरीका गुल्मेलीहरूको तिब्र पहल भई राखेको छ । जसमा बिश्व हङ्गकङ्गबाट होम बहादुर श्रीस, अमेरीकाबाट राम थापा, युएईबाट बिष्नु श्रीस, साउदीबाट बम राना, फिनल्याण्डबाट सन्जु काउचा, बेल्जियमबाट बलाराम पुन, अष्ट्रेलियाबाट सदर गलामी, मलेशियाबाट नन्द राना, ओम राना कतार र उनका आफन्त स्वर्गीय भक्त बहादुर पुन रेमीका छोराछोरीहरू युके तथा हङ्गकङ्गबाट श्रीमती मैना थापा र बिभीन्न देशबाट बिशेष आफन्त र गुल्मेलीहरू साथै गैर गुल्मेलीहरूसँग स्वेच्छाले यस कार्यको निम्ती रकÞम संकलन भएको पनि बेलायतका संयोजक ओम थापाले जानकारी गराए ।

help-uk2

त्यस्तैे बिगतमा पनि यस्ता सहयोग कामहरु गर्दै आएको थापाले बताए ।
‘यस्ता समस्या र माग धेरै आउछन् । सबैलाई सहयोग गर्नु सकिदैन् तर, एकदमै गरीव र भविष्यका कर्णधारहरू जुन सहयोगले समाजमा पनि मद्दत दिने जस्ताका लागि यस्ता पहल गरी दोस्रो जीवन दिन सबै माझ अपिल गर्दछु ।’ थापा भन्छन् ।

helpuk3

 

 

 

वि.सं.२०७४ चैत ८ बिहीवार १२:५१ मा प्रकाशित

महिला समाज कतारको अध्यक्षमा शुष्मा खतिवडा निर्वाचित

महिला समाज कतारको अध्यक्षमा शुष्मा खतिवडा निर्वाचित

दोहा । नेपाली महिला समाज कतारको १५औँ स्थापना दिवस तथा...

कम्युनिस्ट नेता मोहनविक्रम सिंह लन्डन भ्रमणमा, कम्युनिस्ट एकतामा जोड

कम्युनिस्ट नेता मोहनविक्रम सिंह लन्डन भ्रमणमा, कम्युनिस्ट एकतामा जोड

लन्डन । नेपालका वरिष्ठ कम्युनिस्ट नेता मोहन विक्रम सिंहले बेलायत...

नर्वेमा आयोजित एभरेष्ट कपको उपाधि नेपालय क्लवलाई

नर्वेमा आयोजित एभरेष्ट कपको उपाधि नेपालय क्लवलाई

नर्वे । एनआरएनए नर्वेको आयोजनामा भएको मैत्रीपूर्ण एभरेष्ट कप फूटबल...

एनआरएनए आईसीसी बैठक सम्पन्न, क्षेत्रीय सम्मेलनदेखि संगठन एकीकरणसम्मका महत्वपूर्ण निर्णय

एनआरएनए आईसीसी बैठक सम्पन्न, क्षेत्रीय सम्मेलनदेखि संगठन एकीकरणसम्मका महत्वपूर्ण निर्णय

काठमाडौं । गैरआवासीय नेपाली संघ (एनआरएनए) को ११५औँ अन्तर्राष्ट्रिय समन्वय परिषद्...

अमेरिकामा नेपाल डे, नेपाली संस्कृति र समुदायको एकता प्रदर्शन

अमेरिकामा नेपाल डे, नेपाली संस्कृति र समुदायको एकता प्रदर्शन

फेयर लन, न्युजर्सी । अमेरिकामा नेपाल डे एनजे २०२६ भव्य...