back
CTIZAN AD

साम्राज्यवादको जरो खोतलिएको ‘दाना’ नाटक

वि.सं.२०७४ चैत ८ बिहीवार

942 

shares

dana

नेपाली नाटकको क्षेत्रमा कलम चलाउने प्रगतिवादी नाटककारहरूको लामै सूची तयार गर्न सकिन्छ । मोदनाथ प्रश्रित, रामप्रसाद पन्त लगायतको संयुक्त लेखनमा २०२८ सालमा प्रकाशित ‘पचास रूपैँयाको तमसुक’ नाटकलाई नेपाली नाटक जगतमा पहिलो प्रगतिवादी नाटक मान्न सकिन्छ । समाजवादी यथार्थवादी सैद्धान्तिक मार्ग दर्शनमा नाटक रचना गर्नु प्रगतिवादी स्रष्टाहरूको मूल विशेषता हो । जिउँदा शहिद कृष्ण सेन इच्छुकको सम्झनामा ‘उनी मरेका छैनन्’ जस्तो जीवन्त नाटक लेखेर ज्वलन्त उदाहरण बनेका खेम थपलिया बहुमुखी प्रतिभाका धनी व्यक्तित्वका साथै प्रगतिवादी स्रष्टा हुन् । पछिल्लो समयमा प्रकाशित ‘दाना’ लाई आधुनिक नेपाली नाटक क्षेत्रमै नवीनशैलीको प्रगतिबादी नाटक मान्न सकिन्छ ।

नौँ अङकमा संरचित दाना नाटकमा १०२ पृष्ठ रहेको छ । आकारगत दृष्टिले यो लघु आकारको नाटक भएपनि वैचारिक दृटिले सिङ्गो सर्वहारा वर्गको आयतन बोकेको छ । भारतको उडिसा राज्यको कालहाँडीको सर्वहारा व्यक्ति दाना माझीको श्रीमती अमाङ् देईको अस्पतालमा मृत्यु भएपछि अस्पतालले अभद्र व्यवहार गरी लास बोक्ने शववाहनसम्म दिएन । अनि त शोकमा डबेुको दाना माझीले आफ्नी श्रीमतीको लासलाई काँधमा बोकेर घर हिड्दै गर्दाका कारूणिक दृष्यलाई नाटकले उतारेको छ । पाठकलाई यथार्थ बोध गर्न हम्मे हम्मे पर्ने उक्त नाटकमा उल्लेखित दाना माझीको घटना ह्रदयविदारक र मानव सभ्यताकै दुष्कलङ्क हो । आम जनताले पाउने शवबाहनको सुविधा दानाले पाएनन् । उनीसँग पैसा थिएन अस्पतालले एकछिन पनि शव अड्याउन दिएन । अस्पताल प्रशासनले जति रोइकराइ गरेपनि शबवाहन उपलब्ध नगराएकाले दाना कठोर भएर आफ्नै छात्तिमा मुड्की बजार्न पुग्छन् । उनकी नाबालक छोरीमा परेको मातृ वियोगको कारूणिक दृष्यले पाठकको मन रूवाइदिन्छ । दानाले जब अमाङ देईको लास उठाएर काँधमा हाले तब सिङगो भारतको गणतन्त्रमा दाग लाग्यो । घटना घटेको चौबीस घण्टाभित्रमा उक्त विषय संचारमाध्यममा छायो अनि बल्ल एक्काइसौँ शताब्दीको भारतीय साम्राज्यवादको जरो हल्लियो । यसैमा नाटककारले नाटकको भूमिकामा जोडेको प्रसङ्ग पनि महत्वपूर्ण छ , अर्का दशरथ माझीले पनि बाटोको अभावमा श्रीमतीको मृत्यु हुँदा बाइस वर्षसम्म पहाड फोडेर चालीस किलोमिटरको बाटो बनाएका थिए । यसरी समय समयमा जन्मिने माझीहरूका साहस र कदमले शासकहरूको समेत साँख झरेको महसुस गर्न पाइन्छ । स्वयम् अस्पतालबाट लासलाई उठाएर काँधमा राख्ने बेला माझीले भनेका वाक्यले भारतमा मात्र होइन विश्वका जुसुकै पुजीँवादमा मानवताको खडेरी देखिन्छ । उनले अस्पताललाई मूर्दाघाट भनेका छन् । “यहाँका मानिसहरू मूर्दा हुन् स केवल मूर्दा । यहाँ अमाङ देई मात्र मरेको होइन, मानवता नै मरिसकेछ ” (पृ. ३४) ।

नाटकको पहिलो दृष्यमा नाटकारले भारतका पुँजीपति दलालले कसरी सर्वहारा वर्गको श्रम शोषण गरिरहेछन् भन्ने स्पष्ट गर्नका लागि दाना र उनकी श्रीमतीमाथि मालिकको ज्यादतीलाई देखाउने प्रयास गरेका छन् । यसले पुँजीपति दलालको अहङ्कारमा ठेस पुग्नुपर्ने हो । उनलाई मजबुरीमा ठग्ने मालिक अर्थात् सत्तावालाहरू भारतमा मात्र होइन् विश्वका कैयौँ मुलुकमा अवशान छन् तिनका कारण यसरी नै कैँयौँ दानाहरू प्रताडित भएका छन् । लाखौँ दानाका अधिकारको हनन गरिएका छन् । दाना र चौलाको कारूणिक दृष्यले शाककद्वारा पागल बनाइएको पात्रको ध्यान खिचेको छ । आफूलाई पागल घोषण गर्ने उक्त व्यक्तिले उनीहरूलाई लास लिएर नबस्न हिडिहाल्न सुझाब दिएको छ, व्यङ्य गर्दै भनेको छ “मालिक आएर तिमीलाई पागल घोषण गरिदिन सक्छ तिमीलाई लास बोक्न बाध्य पार्ने तिनै ठूला पागल हुन्” (पृ.८८) । बाह्र बाह्र किलोमिटरसम्म श्रीमतीको लास बोकेर थकित दानालाई देख्दा लाग्छ उनले सिङ्गो भारतरूपी लासलाई बोकिरहेछन् । भारतले उनको पसिना र सङघर्षशील जीवनको अपहेलना गरिरहेको छ । नाटकको आठौँ दृष्यमा पुग्दा नाटकले चरम अवस्था चुम्दै गरेको छ । यसमा दानाको निकै कारूणिक अवस्था देख्न सकिन्छ । जसमा थपलियाले रङ्गरोगन र काल्पनिकताको पहाड चढ्नु परेको छैन दाना स्वयम् उपस्थित छन् । संचार माध्यमले उनलाई ह्वात्तै उठाइदिएको छ । दाना विश्वकै सर्वहार वर्गको प्रतिनिधि पात्र हो भने उसका परिवारको कारुणिक अवस्था संसारभरका मजदुर वर्गकै कारूणिक अवस्था हो ।

दानालाई दुई अङ्कका लागि नाटककारले नेपथ्यमा राखेका छन् । नयाँ ढङ्गले नाटकमा विषयवस्तुलाई प्रस्तुत गरिएको छ । दानाको लासलाई गाउँसम्म पु¥याउनमा संचार माध्यमको ठूलो हात रहेको छ । जसका कारण बहराइनका प्रधानमन्त्रीको ध्यानाकर्षण भएको छ उनले भारतीय प्रधानमन्त्रलाई फोन गरेर दानालाई सहयोग गर्ने प्रतिबद्धता जनाएका छन् । यसले भारतको प्रधानमन्त्री नरेन्द्र मोदीको अहमतामा ठेस पुगेको महसुस गर्न सकिन्छ । यसकै सवालमा दृष्य सातमा भारतका सचेत नागरिकले छलफल गरेका छन् । उनीहरूले संचार माध्यमलाई धन्यवाद दिदै बहराइनका पिएमको कदमको तारिफ गरेका छन् । मोदीको चुनावी नारा र कार्यशैलीमाथि प्रश्न उठाएका छन् । उनीहरूले यो दानाको मात्र समस्या नभई उडिसा लगायतका भारतराज्यका सम्पूर्ण आदिवासीको समस्या भएको मोदीको सिङगे भारतको विकासे नीतिप्रति खिल्ली उडेको निष्कर्षमा यो छलफल पुगेको छ भने अन्त्यमा दानाको सहयोग गर्नुपर्छ भन्नेमा सबैको सहमत रहेको छ ।

दानालाई लास बोक्न बाध्य पार्ने प्रत्यक्ष रूपमा अस्पतालको प्रशासन देखिए पनि यसमा भारतको पुजीवाद पोषक तत्व हो । अस्पतालको तत्कालीन अहमता भारतको लाचारी र विभेदपूर्ण शासन व्यवस्था हो । सीमान्तकृतका समस्यामाथि ध्यान केन्द्रित हुन नसक्नु हो । नाटकमा विभिन्न विश्लेषकका भनाइलाई हेर्दा नेपाल लगायत मुलुकमा एम्बुलेन्स बाँडेर दाता बन्ने भारतले आफ्नो नागरिकलाई यसरी हेपेको देख्दा यस घटनाले विद्रोहको आगो सल्काइदिएको छ ।

नोपालमा पनि यो घटनाले निकै तहल्का पिटेको छ । नेपालका विभिन्न संचार माध्यमले दानाको खबरलाई प्राथमिकता दिइरहेछन् यसै क्रममा काठमाडौँको एउटा अनलाइन पत्रिकाको कार्ययमा युवाहरू बीच छलफल चलेको प्रसङ्ग नाटककारले अवगत गराएका छन् । आफ्नो देशका जनताको अधिकारको रक्षा गर्न नसक्ने अर्काको देशको स्वतन्त्रतामाथि धावा बोल्ने भारतप्रति युवाहरूको आक्रोस रहेको छ ।
नाटकको घटना र विषय प्रसङ्अनुसार नाटककारले गतिबादी कवि निभा शाहको कवितालाई जोडेका छन् नाटकमा यसलई नवीन शैलीको प्रयोग मान्न सकिन्छ ।

‘‘उज्यालो आफ्नो नहुनेको
दुनियाँ बदलिदैन मनसरा । पृ. ७६
निभा शाहको यो कविताले नेपालको सामन्ती व्यवस्थालाई सजिलै मनन गर्न सकिन्छ । गाउँलेको सहयोगमा शववाहन आउँदा नेपथ्यमा पुनः यो कविताको स्वर सुनिएको छ
अब आइमाईहरूले
देउता पोलेर खानुपर्छ
जसरी देउताहरू आइमाई पोलेर खान्छन्
हो, ठीक त्यसरी नै
अब आइमाईहरूले देउता पोलेर खानुपर्छ ‘दैया’ (पृ. ७८)
नाटको अन्तिम दृष्यमा प्रमखु पात्र दाना र चौलाको विचारले नाटकमा शसक्तता प्रधान गरेको छ । उनीहरूले अमाङ्को शोक सभामा सभ्य, शालीन र सरल तरिकाले आफ्नो भनाइ राखेका छन् । यसमा दानाको धैर्यता देखिन्छ । दानाको विचारलाई स्थान दिएर यो सन्देश विश्वभर फैलाउन खोज्नु नाटककारको शसक्तता हो यसले नाटक जीवीत बन्न पुगेको छ । यहाँनेर नाटककार सर्वहारा वर्गको आवाज बुलन्द गर्न सफल भएका छन् । अझ उनको अर्काे नयाँ शैली के देखियो भने नाटकको अन्त्यमा नेपथ्यबाट बोलिएका शसक्त विचार महत्वपूर्ण छन् । यो पनि नाटको नवीनपन हो । नाटकमा पर्दा्भित्रका दृष्य र मञ्चीय पात्रहरू ओझेल पर्दै जाँदा नाटककार नेपथ्यमा स्वयम् उपस्थित भएर सिङ्गो नाटकभित्रको विषयवस्तुप्रति गम्भीर हुँदै भारतीय आदिवासी जनजाति तथा पिछडिएका वर्गका समस्या उजागर गरिरहेछन् । यस्तो अवस्थाप्रति भारतको अहमता गिरेको लज्जाबोध गराइरहेछन् । यसले नेपालका पुँजीपनि दलालको मनमा पनि चस्का ल्याइदिन्छ । विश्वका पुँजीवादप्रति आक्रोस पोखिरहेछन् । भारतीय साम्राज्यवादको बर्बरतामाथि कलम चलाउनु थप साहस हो भने संचारमाध्यमबाट आएर सेलाइसकेका घटनाले पुनः नाटकमार्फत तातेर साम्राज्यवादलाई दबाब छोड्न सहयोग गरेका छन् । देशका सर्वहारा वर्गका पक्षमा कलम चलाएर देश फेर्ने साहस गर्ने सम्पूर्ण सचेत युवा वर्गका लागि यो नाटक थप स्कुलिङ्ग हो ।

अन्त्यमा दाना माझी काल्पनिक र औसत पात्र होइन । दाना माझीले शोकलाई शक्तिमा बदल्न गरेको साहसलाई विभिन्न ढङ्गले संचार माध्यमले स्थान दियो जसमा दाना माझीसँगका प्रत्यक्ष अन्र्तवार्ता, विचारगत लेख आलेख आदिलाई नाटककारले यस नाटकको विषयवस्तु बनाएका छन् । विभिन्न नेपाली संचार माध्यम अनलाइन पत्रिका आदिका दानासँग सम्बन्धित आदिकारिक धारणा र समाचार विश्लेषण नै यस नाटकमा जीवन्त बनेर आएका छन् । नाटककारले काल्पनिक पात्र खोजेर हिड्नुपरेको छैन् । भाषा संक्षिप्त हुँदाहुँदै पनि भाषिक शुद्धतामा केही कमजोरी देखिन्छ । नाटकलाई तन्काएर बृहत आकारको बनाउन सकिन्थ्यो यसमा लेखकको ध्यान नपुगेको हो कि ?

वि.सं.२०७४ चैत ८ बिहीवार ११:१९ मा प्रकाशित

चारु

चारु

भगवती दवाडी, झापा मनभित्र उज्यालो रोप नपाल अब डर सत्यको...

सुसेली

सुसेली

अमृता रामदाम, भरतपुर २, चितवन समय घाती आयु पनि नपुग्दै...

कविता : ढाँटै राजा हुने गर्छ मेरो जाति समाजमा

कविता : ढाँटै राजा हुने गर्छ मेरो जाति समाजमा

कनकधारा स्वामी स्वदेशानन्द गुवाहाटी,असम ढाँटेकै मात्र पत्यायो मेरो जाति समाजले,...

असार १५ विशेष झिल्का कविता

असार १५ विशेष झिल्का कविता

ईश्वर साउँद(भिक्षु) रामाराेशन गापा ६ अछाम सदूरपश्चिम प्रदेश १ असारै...

कविता : पीडाका अगुल्टाहरू

कविता : पीडाका अगुल्टाहरू

भुवन शिवाकोटी “चौघरे”, काठमाडौँ बन्दुक बोकाएर लगेका मेरा बा फर्किएनन्...

गजल

गजल

अनुराग अरुण, लुभु , ललितपुर तिमी याद आयौ भने के...