back
CTIZAN AD

चिकित्साशास्त्र स्नातकोत्तर तहको पाठ्यक्रम निर्माण हुँदै

वि.सं.२०७४ चैत ११ आइतवार

741 

shares

 

११ चैत, सुर्खेत (रासस) । कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पताल जुम्लाका लागि चिकित्साशास्त्र स्नातकोत्तर तहको पाठ्यक्रम निर्माण कार्य शुरु गरिएको छ ।

कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको पहलमा पाठ्यक्रम निर्माण गर्न थालिएको हो । आज यहाँ आयोजित पाठ्यक्रम निर्माण कार्यशाला गोष्ठीको उद्घाटन गर्दै कर्णाली प्रदेशका सामाजिक विकास मन्त्री दलबहादुर रावलले चिकित्साशास्त्रका अब्बल व्यक्तित्वको जमघटबाट उत्कृष्ट पाठ्यक्रम निर्माण हुने विश्वास व्यक्त गरे ।

मुलुकका लागि बेरोजगारी बढाउने नभई गरिखाने शिक्षा आवश्यक रहेकामा मन्त्री रावलले जोड दिए । “कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लालाई यो प्रदेशको छाता स्वास्थ्य संस्थाका रुपमा विकास गरी राजधानी सुर्खेतमा शिक्षण अस्पताल निर्माण गर्नुपर्छ”, उन भने ।

तीन सय शय्याको अस्पताल प्रतिष्ठान जुम्लामा बनिसकेकाले सुर्खेतमा हाललाई ४०० शय्याको अस्पताल निर्माणमा जोड दिएर राजधानीबाट सेवा लिने जनताको आवश्यकता परिपूर्ति गर्ने वचन उनले दिए । प्रतिष्ठानको दिगोपनाका लागि भूगोल, जनता र राजनीतिक अपनत्व आवश्यक रहेको उनको तर्क थियो ।

मध्यपश्चिम क्षेत्रीय अस्पताल सुर्खेतका सुपरिटेन्डेन्ट डा डम्बर खड्काले क्षेत्रीय अस्पताल शुरु भएको १२ वर्षसम्म ५० शय्यामै खुम्चिएको गुनासो गरे । क्षेत्रीय अस्पतालका लागि अहिले प्रतिष्ठान जुम्लाका डाक्टरको सहयोग प्राप्त भइरहेको जनाउँदै डा खड्काले अब डाक्टरहरु गरीबको घरदैलोमा पुगेर सेवा दिलाउन दायित्व बोध गराउने नीतिको आवश्यक छ भने ।

पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानका उपकुलपति प्रो डा भरत यादवले कर्णाली प्रदेशको स्वास्थ्य आवश्यकतालाई सम्बोधन हुनेखालको पाठ्यक्रम तयार गर्नुपर्ने सुझाव दिए । एमडी जनरल प्राक्टिक्स पाठ्ययक्रमको महत्व र इतिहासबारे जानकारी गराउँदै उनले विकटमा बसेर काम गर्ने डाक्टरहरुको कामको सराहना गरे ।

कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानका डिन मोदनाथ मरहठ्ठाले एमडी जनरल प्राक्टिसलाई विशेष महत्व दिएर पाठ्यक्रम तयार गर्ने लक्ष्यका साथ नेपालभरिका विज्ञ चिकित्सबीच कार्यशाला गोष्ठी गरिएको बताए । डा मरहठ्ठाले भने, “विसं २०७५ को वैशाखदेखि मिडवाइफ्री तह सञ्चालन गर्दैछौँ र बिपिएच तह पाइपलाइनमा रहेको छ ।”

पाठ्यक्रम विकास समितिका संयोजक डा अरुण पौडेल, सदस्य सचिव डा सञ्जीव तिवारी, नेम्सका प्रो डा न्हुछेमान डंगोल, प्रतिष्ठान जुम्लाका प्रो डा धर्मराज श्रेष्ठसहित डाक्टरको टोलीबाट पाठ्यक्रम निर्माण भइरहेको छ । कार्यशाला गोष्ठीमा पाटन, नेम्स, बिपी कोइराला स्वास्थ्य विज्ञान, कर्णाली स्वास्थ्य विज्ञान र देशका अन्य प्रतिष्ठित अस्पतालका विज्ञ डाक्टरको सहभागिता छ ।

वि.सं.२०७४ चैत ११ आइतवार २०:२० मा प्रकाशित

सरकारका १०० दिनः भूमि व्यवस्था मन्त्रालयका यी हुन् उपलब्धि

सरकारका १०० दिनः भूमि व्यवस्था मन्त्रालयका यी हुन् उपलब्धि

काठमाडौँ । भूमि व्यवस्था, सहकारी, सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री...

नारायणघाट–बुटवल सडकः पूर्वी खण्डमा कालोपत्रे सम्पन्न

नारायणघाट–बुटवल सडकः पूर्वी खण्डमा कालोपत्रे सम्पन्न

मध्यविन्दु (नवलपरासी) । नारायणघाट–बुटवल सडक विस्तार आयोजनाको पूर्वी खण्डमा मुख्य...

नेपालमै गुणस्तरीय शिक्षा उपलब्ध हुन्छः मन्त्री पोखरेल

नेपालमै गुणस्तरीय शिक्षा उपलब्ध हुन्छः मन्त्री पोखरेल

काभ्रेपलाञ्चोक । शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले सरकारले नेपालमै गुणस्तरीय...

सरकारका सय दिनः राष्ट्रिय हित केन्द्रित कूटनीतिक अभियान

सरकारका सय दिनः राष्ट्रिय हित केन्द्रित कूटनीतिक अभियान

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता वालेन्द्र...

मन्त्रिपरिषद् बैठकका निर्णयहरु

मन्त्रिपरिषद् बैठकका निर्णयहरु

काठमाडौँ । सरकारले गोरखापत्र संस्थानको महाप्रबन्धक पदमा हिक्मतबहादुर रावललाई नियुक्त...

नयाँ बसपार्कमा यात्रुलाई सास्ती दिने २३ जना पक्राउ

नयाँ बसपार्कमा यात्रुलाई सास्ती दिने २३ जना पक्राउ

काठमाडौँ । ट्राफिक प्रहरीले गोँगबुस्थित नयाँ बसपार्कमा यात्रुलाई दुःख हैरानी...