back
CTIZAN AD

बेथिती

वि.सं.२०७४ चैत १२ सोमवार

831 

shares

23795449_856498211184111_3126100031669706301_n
छ अस्त ब्यस्त ध्वस्त यो जताततै समाज मा
छ जात धर्म लिङ को विभेद छन् प्रभाब मा ।
छ आफु मै लडाइ छन् समग्र भाइ भाइ मा
छ भिन्न भिन्न स्वार्थ छन् गराइ मा बुझाइ मा ।।

छ त्राश मा तराइ छन् छ त्राश मा पहाड छन्
छ त्राश मा मधेश छन् हिमाल छन् उजाड झन् ।
छ त्यो बिछोड झैं सधैं बिकास छैन गाउँ मा
छ योजना हजार छन् दुरुस्त छैन ठाउँ मा ।।

छ शंख घण्ट त्रास मा छ मुर्ति आज त्रास मा
छ बेचिने र साटिने पुगिन्छ कि प्रबास मा ।
छ शान्त क्षेत्र खै यहां जताततै छ त्राश यो
छ अस्तब्यस्त झैं यहाँ न आश खै सुधार को ।।

छ के समान अर्थ मा भनिन्छ मात्र बोल मा
छ भिन्न कार्य का कला अचम्म यो भुगोल मा ।
छ है अनेक जालका अदम्य साहसी कला
छ धुर्त मूर्ख मात्र को कटाक्ष चल्छ पाइला ।

इति

छन्दः पञ्चचामर ।

वि.सं.२०७४ चैत १२ सोमवार ०८:५८ मा प्रकाशित

चारु

चारु

भगवती दवाडी, झापा मनभित्र उज्यालो रोप नपाल अब डर सत्यको...

सुसेली

सुसेली

अमृता रामदाम, भरतपुर २, चितवन समय घाती आयु पनि नपुग्दै...

कविता : ढाँटै राजा हुने गर्छ मेरो जाति समाजमा

कविता : ढाँटै राजा हुने गर्छ मेरो जाति समाजमा

कनकधारा स्वामी स्वदेशानन्द गुवाहाटी,असम ढाँटेकै मात्र पत्यायो मेरो जाति समाजले,...

असार १५ विशेष झिल्का कविता

असार १५ विशेष झिल्का कविता

ईश्वर साउँद(भिक्षु) रामाराेशन गापा ६ अछाम सदूरपश्चिम प्रदेश १ असारै...

कविता : पीडाका अगुल्टाहरू

कविता : पीडाका अगुल्टाहरू

भुवन शिवाकोटी “चौघरे”, काठमाडौँ बन्दुक बोकाएर लगेका मेरा बा फर्किएनन्...

गजल

गजल

अनुराग अरुण, लुभु , ललितपुर तिमी याद आयौ भने के...