back
CTIZAN AD

जैतुनका विरुवाको एक करोड कसले पार्यो क्वाप्पै ?

वि.सं.२०७४ चैत १२ सोमवार

882 

shares

jaitun-plant

१२ चैत, काठमाडौं । नेपाल सरकारले कृषिको विकासका लागि जति लगानी गरेको छ, त्यो सबै बालुवामा पानी जतिको पनि भएको छैन । बरु वालुवामा पानी खन्याएमा त्यसको केही उपलब्भि सम्भव होला । तर, नेपालमा कृषिका कर्मचारी र प्राविधिकहरुको भ्रष्ट मनोवृत्तिले गर्दा नेपालको कृषि क्षेत्र खरानी पथमा लम्किदै छ । कृषि खरानी पथमा लम्किएको कुरा अन्त कतै केही आंकडा नहेरी प्रत्येक वर्ष कृषिमा लगानी गरएिको पूँजीगत खर्च र त्यसबाट प्राप्त प्रतिफलको समिक्षा गरे स्पष्ट हुन्छ ।
कृषिमा हुने लुटतन्त्रको एउटा सानो उदाहरण कृषि विकास मन्त्रालय गत आर्थिक वर्षको अन्त्यमा रातारात करिब एक करोडको जैतुनको विरुवा किसानका लागि अनुदानमा वितरण गर्ने गरी खरिद गर्यो । मन्त्रालयको फलफूल विकास निर्देशनालय किर्तिपूरले आफैंले नर्सरी उत्पादन गरी किसान सम्म पुर्याउन छाडिसकेको छ । जैतुनको विकासका लागि ईटाली सरकारले १२ वर्ष अगाडि बाजुरको कोल्टीस्थित जनप्रकाश उच्च माध्यमीक विद्यालयमा जैतुन खेतीको परीक्षण गरेको थियो । जुन जैतुन खेती सफल पनि भएको थियो । बाजुरामा जैतुन खेती परीक्षण भए पश्चात परियोजनाले भौतिक पूर्वाधारसहितको सरकारलाई जिम्मा लगाएको थियो । जैतुनको सम्भावना धेरै भएकाले कृषि विकास मन्त्रालयको कार्यालयमा जैतुनले प्राथमिकता पायो । सरकारले विरुवा उत्पादन गर्नका लागि मकवानपुरको चित्लाङमा पनि लगानी गर्यो । तर न त विरुवा फस्टायो न त नर्सनी नै । चित्लाङमा नर्सरी विकास हुन सकेन । फलस्वरुप आर्थिक वर्षमा जैतुनको विरुवा खरिद गरी अनुदानमा वितरण गर्ने योजना सहित मन्त्रालयले करिब १ करोड रुपैयाँ विनियोजन समेत गरेको थियो । पश्चिमी पहाडी जिल्लामा जैतुनको नर्सरी स्थापनाका लागि । २ वर्ष देखि बाजुरामा कार्यालयनै खडा गरियो तर जैतुनको विकास हुन सकेन् ।
सरकारले नर्सरीको विकास गनुपर्ने थियो । तर, गतर्ष करिब १ करोडको लागता १७ हजार विरुवा खरिद गर्ने टेन्डर निकालियो । टेन्डर प्रक्रियाको नाटक गर्दै स्टेशनरी सप्लार्यसबाट जैतुनका विरुवा किन्ने काम फलफूल निर्देशनालयले गर्यो । निर्देशनालयका अनुसार बाजुरामा ४ हजार, बझाङमा २ हजार, डोल्पामा २ हजार, जाजरकोटमा २ हजार, कालिकोटमा २ हजार, रुकुममा ३ सय, मनाङमा ३ सय, खोटाङमा ३ सय, मुगुमा ३ सय विरुवा वितरण गरिएको रेर्कड कागजमा राखिएको स्रोत बताउछ ।
यहि हिसावले गर्दा पनि २ हजार १ सय विरुवा गायव भएको देखिन्छ । प्रति विरुवा ४ सय ९३ रुपैयाँमा खरिद गरिएको देािइएको छ भने सो विरुवा संकट मोचा कार्की सप्लायर्सले फलफूल विकास निर्देशनालयलाई उपलबध गराएको थियो ।
स्रोत भन्छ फलफूल निर्देशनालयका निमित्त प्रमुख रामजी देवकोटाले उपलब्ध गारएको विवरण अनुरुप त बाजुरामा सो संख्याको जैतुनको विरुवा पुगेको छ न जाजरकोट र डोल्पामा नै । साँघु साप्ताहिकबाट

वि.सं.२०७४ चैत १२ सोमवार ०९:०९ मा प्रकाशित

ट्याक्टरको प्रयोग बढेपछि हराउँदै गोरुले खेतबारी जोत्ने प्रचलन

ट्याक्टरको प्रयोग बढेपछि हराउँदै गोरुले खेतबारी जोत्ने प्रचलन

तानसेन (पाल्पा) । एक दशकअघिसम्म पाल्पाका फाँटहरूमा असार लागेसँगै हल...

केराको व्यावसायिक ‘वाइन’ र ‘ब्रान्डी’ उत्पादनमा ठाकुर

केराको व्यावसायिक ‘वाइन’ र ‘ब्रान्डी’ उत्पादनमा ठाकुर

नारायणगढ,चितवन। विगत १५ वर्षदेखि व्यावसायिक केराखेती गर्दै आएका चितवनको रत्ननगर...

पालिकाले दियो हल गोरु पाल्ने एकसय १५ कृषकलाई पाँच/पाच हजार

पालिकाले दियो हल गोरु पाल्ने एकसय १५ कृषकलाई पाँच/पाच हजार

वालिङ (स्याङ्जा) । स्याङ्जाको गल्याङ नगरपालिकाले हल गोरु पाल्ने कृषकलाई...

अफ्रिकन स्वाइन फिभरबाट गोरखामा २५० सुँगुर/बङ्गुर मरे

अफ्रिकन स्वाइन फिभरबाट गोरखामा २५० सुँगुर/बङ्गुर मरे

गोरखा । अफ्रिकन स्वाइन फिभरबाट गोरखामा २५० भन्दा बढी सुँगुर÷बङ्गुर...

जलवायु मैत्री प्रविधिबाट धानमा आत्मनिर्भरता र समृद्धिको सन्देश: देवचुलीमा मनाइयाे राष्ट्रिय धान दिवस

जलवायु मैत्री प्रविधिबाट धानमा आत्मनिर्भरता र समृद्धिको सन्देश: देवचुलीमा मनाइयाे राष्ट्रिय धान दिवस

देवचुली । "जलवायु मैत्री प्रविधि, धानमा आत्मनिर्भरता र समृद्धि" भन्ने राष्ट्रिय...

अब सिटिजन्स बैंकको वेबसाइट तथा मोबाइल बैंकिङमार्फत SIP आवेदन भर्न सकिने

अब सिटिजन्स बैंकको वेबसाइट तथा मोबाइल बैंकिङमार्फत SIP आवेदन भर्न सकिने

काठ्माडौं । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले सिटिजन्स क्यापिटल लिमिटेडको सहकार्यमा...