
कृष्णदत्त भट्ट, नैरोबी केन्या
गैरआवासिय नेपाली संघकेन्याले आउँदै गरेको नेपाली नयाँ बर्ष २०७५ सामुहिक रुपमा मनाउने निर्णय गरेको छ । मार्च २६ का दिन आयोजना गरिएको चैते दशै कार्यक्रमले उक्त निर्णय गरेको हो । उक्त कार्यक्रम डा भुवनप्रसाद ढकाल र महिला संयोजक श्रीमती तारा ढकालको अर्थिक सहयोगमा सम्पन्न भएको थियो ।
कार्यक्रमको सन्योजन महसचिब सुरज डुम्रेले गर्नुभएको थियो भने संघका सद्स्य गोविन्द भुशाल छेत्री र कमल अधिकारिले बिशेष सहयोग गर्नुभएको थियो ।
वि.सं.२०७४ चैत १२ सोमवार ०९:२९ मा प्रकाशित






























