back

राष्ट्रिय मुक्तक पुरस्कार प्राज्ञ सरुभक्तलाई

वि.सं.२०७४ चैत १२ सोमवार

759 

shares

१२ चैत, पोखरा । मुक्तक मञ्च पोखराद्वारा सञ्चालित एवं साहित्यकार विष्णु अल्पविरामद्वारा स्थापित राष्ट्रिय मुक्तक पुरस्कार २०७४ बाट प्राज्ञ सरुभक्तलाई सम्मान गरिने भएको छ ।

मञ्चका सल्लाहकार दीपक समीपको संयोजकत्वमा रुपीन्द्र प्रभावी र सन्जीव पौडेल सदस्य तथा अध्यक्ष प्राञ्जल र पुरस्कारका संस्थापक विष्णु अल्पपविराम पदेन सदस्य रहेका प्रतिभा छनोट समितिको सिफारिसमा मञ्चले सरुभक्तलाई उक्त पुरस्कार प्रदान गर्ने निर्णय गरेको आइतबार आयोजित पत्रकार सम्मेलनमा जानकारी दिइएको हो ।

नेपाली मु्क्तकको विकास र लेखनका लागि महत्वपूर्ण योगदानको उच्च कदर गर्दै प्रत्येक दुई वर्षमा प्रदान गरिने सो पुरस्कारको राशि रु २२ हजार २२२, ताम्रपत्र र दोसल्ला रहेको छ ।

कविता, नाटक, गीत, गजल, उपन्यास र कथाका तीन दर्जनभन्दा बढी कृतिका लेखक सरुभक्तको पहिलो कृति ‘बन्द खामभित्र’ ९२०३५० पोखराकै पहिलो मुक्तक संग्रह हो, उनका हजार बुद्धहरु (२०६१) र प्रेमयात्रा (२०६७) सहित ती मुक्तक संग्रह प्रकाशित छन् भने पागल बस्ती उपन्यासले २०४८ को मदन पुरस्कार प्राप्त गरेको थियो ।

सो पुरस्कारबाट यसअघि कृष्णप्रसाद पराजुली र रत्नशम्शेर थापा सम्मानित भइसकेका छन् । मञ्चद्वारा चैत २२ देखि २४ गतेसम्म पोखरामा आयोजना गरिने मुक्तक महोत्सव २०७४ अवसरमा उक्त पुरस्कार अर्पण गरिने आर्थिक उपसमिति संयोजक गौरी तमुले बताइन् ।

सो महोत्सवमा मुक्तक गोष्ठी, पुस्तक परिचर्चा, मुक्तकका पुस्तक प्रदर्शनी, राष्ट्रिय मुक्तक पुरस्कार हस्तान्तरण, मुक्तकको सैद्धान्तिक बहस, मुक्तक संग्रह विमोचन र नेपालका विभिन्न जिल्लाका अग्रज तथा नयाँ पुस्ताका ४० भन्दा बढी मुक्तककारका मुक्तक वाचन गरिने भएको छ ।

वि.सं.२०७४ चैत १२ सोमवार १०:१८ मा प्रकाशित

Himalayan Life AD
महामन्त्री गगन थापा ६ स्थानबाट प्रतिनिधिसभा उम्मेदवार सिफारिस

महामन्त्री गगन थापा ६ स्थानबाट प्रतिनिधिसभा उम्मेदवार सिफारिस

काठमाडाैँ । नेपाली कांग्रेसका महामन्त्री गगन थापा आगामी प्रतिनिधिसभा निर्वाचनका...

महाधिवेशन सकिएपछि गुट र प्यानलको अध्याय समाप्त भएको ओलीको भनाइ

महाधिवेशन सकिएपछि गुट र प्यानलको अध्याय समाप्त भएको ओलीको भनाइ

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पार्टीको राष्ट्रिय...

लामिछाने धरौटीमा रिहा हुँदै, छुटेपछि सिधै चितवन जाने

लामिछाने धरौटीमा रिहा हुँदै, छुटेपछि सिधै चितवन जाने

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने...

निर्वाचन केन्द्रित सुरक्षा चुस्त पार्दै नेपाल प्रहरी

निर्वाचन केन्द्रित सुरक्षा चुस्त पार्दै नेपाल प्रहरी

काठमाडौँ । आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचन, २०८२ लाई स्वतन्त्र, निष्पक्ष,...

निर्वाचन आउन ७६ दिन बाँकी : जनसङ्ख्याका आधारमा समावेशी प्रतिनिधित्व गराउन कानुनमा संशोधन

निर्वाचन आउन ७६ दिन बाँकी : जनसङ्ख्याका आधारमा समावेशी प्रतिनिधित्व गराउन कानुनमा संशोधन

काठमाडौँ । समानुपातिकतर्फको निर्वाचन प्रणालीमा जनसङ्ख्याको आधारमा प्रतिशत निर्धारणका लागि...

एमाले महाधिवेशनः ३६ प्रतिनिधिले हालेनन् मत

एमाले महाधिवेशनः ३६ प्रतिनिधिले हालेनन् मत

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (एमाले) को ११ औँ राष्ट्रिय...