back
CTIZAN AD

महामन्त्री गगन थापा ६ स्थानबाट प्रतिनिधिसभा उम्मेदवार सिफारिस

वि.सं.२०८२ पुस ४ शुक्रवार

726 

shares

काठमाडाैँ । नेपाली कांग्रेसका महामन्त्री गगन थापा आगामी प्रतिनिधिसभा निर्वाचनका लागि ६ वटा निर्वाचन क्षेत्रबाट प्रत्यक्षतर्फ उम्मेदवार सिफारिस भएका छन्। उनी काठमाडौँ–४, रोल्पा, धनकुटा, सर्लाही–४, तेह्रथुम र कपिलवस्तु–१ बाट सिफारिस भएका हुन्।

कांग्रेस केन्द्रीय कार्यसमितिको निर्णयअनुसार क्षेत्रीय समितिहरूले उम्मेदवार सिफारिस गर्दा थापाको नाम यी क्षेत्रमा परेको हो। काठमाडौँ–४ र तेह्रथुमबाट भने उनको नाम एकल उम्मेदवारका रूपमा सिफारिस गरिएको छ भने बाँकी क्षेत्रमा अन्य नेताहरूको नाम पनि सँगै सिफारिस गरिएको छ।

गगन थापा यसअघि चार पटक प्रतिनिधिसभा सदस्य भइसकेका छन्। उनी २०६४ सालमा समानुपातिक प्रणालीमार्फत संविधानसभा सदस्य बनेका थिए भने २०७०, २०७४ र २०७९ को निर्वाचनमा काठमाडौँ–४ बाट प्रत्यक्ष निर्वाचित भएका हुन्।

यसपटक पनि अन्य क्षेत्रबाट सिफारिस भए तापनि थापा आफ्नो पुरानै निर्वाचन क्षेत्र काठमाडौँ–४ बाटै चुनाव लड्ने तयारीमा छन्। उनको सचिवालयले विभिन्न क्षेत्रबाट सिफारिस गर्ने पार्टी नेता तथा कार्यकर्तालाई धन्यवाद दिँदै काठमाडौँ–४ बाट उम्मेदवारी केन्द्रित रहने जनाएको छ।

वि.सं.२०८२ पुस ४ शुक्रवार १७:२१ मा प्रकाशित

आगलागीबाट १२ घर नष्ट

आगलागीबाट १२ घर नष्ट

राजविराज (सप्तरी) । सप्तरीको हनुमाननगर कङ्कालिनी नगरपालिका–५ मा आज भएको...

बिरुवा बेचेर वार्षिक ३० लाख कमाउँदै बाङदेल

बिरुवा बेचेर वार्षिक ३० लाख कमाउँदै बाङदेल

फिक्कल (इलाम) । इलामको माङसेबुङ गाउँपालिका–२ इभाङका किसान राजेशकुमार बाङदेलको...

नदी नियन्त्रण योजना समयअघि नै सम्पन्न

नदी नियन्त्रण योजना समयअघि नै सम्पन्न

म्याग्दी । बेनी नगरपालिका–४ सिंगा तातोपानीको मसारमा नदी नियन्त्रण योजना...

धापखर्कका १३ घरमा पानीको अभाव

धापखर्कका १३ घरमा पानीको अभाव

भोजपुर । भोजपुर नगरपालिका–५ र १० धापखर्कका २२ स्थानीय घरले...

प्रतिनिधिसभाको बैठक सुरु

प्रतिनिधिसभाको बैठक सुरु

काठमाडौँ । प्रतिनिधिसभाको बैठक सुरु भएको छ । आजको बैठकमा...