back
CTIZAN AD

पूर्वाधार विकासमा निरन्तर सक्रिय अभियान्ता मेघनाथ शर्मा पौडेल

वि.सं.२०८२ पुस ४ शुक्रवार

3.2K 

shares

काठमाडाैँ ।  मुलुकको पूर्वाधार विकासमा महत्वपूर्ण योगदान पुर्‍याउँदै आएका विकास अभियान्ता मेघनाथ शर्मा पौडेल पछिल्लो समय गण्डकी प्रदेशअन्तर्गतका विभिन्न जिल्लामा निर्माणाधीन तथा प्रस्तावित आयोजनाहरूमा सक्रिय देखिएका छन्। झलुङ्गे पुलदेखि मोटरेबल पुल, जलाशय, जलविद्युत् आयोजना, सडक तथा सुरुङ मार्ग निर्माणसम्मको क्षेत्रमा लामो अनुभव बटुलेका पौडेल विकास निर्माणका क्षेत्रमा परिचित नाम हुन्।

पौडेलले विगत लामो समयदेखि दुर्गम तथा पहुँचविहीन क्षेत्रमा पूर्वाधार विस्तारलाई प्राथमिकता दिँदै काम गर्दै आएका छन्। उनको पहल, समन्वय र निरन्तर दबाबका कारण धेरै स्थानमा सरकारी बजेट विनियोजन भई विकास निर्माणका कामहरू समयमै सम्पन्न भएका छन्। कतिपय स्थानमा त वर्षौंदेखि अलपत्र परेका योजनाहरूलाई पुनः अगाडि बढाउन उनी निर्णायक भूमिकामा देखिएका छन्।

स्थानीय तहदेखि प्रदेश र संघीय निकायसम्म समन्वय गरेर योजना अगाडि बढाउने उनको कार्यशैलीका कारण जनप्रतिनिधि र स्थानीयवासीबीच उनीप्रति विश्वास बढ्दो छ। विकासप्रतिको उनको प्रतिबद्धता र परिणाममुखी कामले गर्दा सर्वसाधारणले उनलाई माया र सम्मानका साथ ‘विकासे बाजे’ भनेर सम्बोधन गर्ने गरेका छन्।

हाल गण्डकी प्रदेशका विभिन्न जिल्लामा सडक सञ्जाल विस्तार, नदीमाथि पुल निर्माण, साना तथा ठूला जलविद्युत् आयोजनाको पूर्वतयारी, जलाशय संरक्षण तथा सुरुङ मार्ग निर्माणसम्बन्धी कामहरू अगाडि बढिरहेका छन्। यी सबै योजनामा पौडेल प्रत्यक्ष वा अप्रत्यक्ष रूपमा संलग्न रहँदै आवश्यक प्राविधिक सुझाव, योजना छनोट तथा बजेट व्यवस्थापनमा भूमिका खेल्दै आएका छन्।

विकास अभियान्ता पौडेल भन्छन्, “पूर्वाधार विकास बिना समृद्धि सम्भव छैन। दुर्गम क्षेत्रका नागरिकले पनि सहज यातायात, बिजुली र खानेपानीको सुविधा पाउनुपर्छ भन्ने मेरो ध्येय हो।” उनको यही सोच र निरन्तर सक्रियताका कारण धेरै गाउँबस्ती आज विकासको मूल धारसँग जोडिन थालेका छन्।

स्थानीयवासीहरूका अनुसार, पौडेल केवल योजना बनाउने व्यक्ति मात्र होइनन्, काम सम्पन्न नहुन्जेलसम्म पछाडि नहट्ने अभियान्ता हुन्। विकासका काममा देखिने ढिलासुस्ती, प्राविधिक समस्या वा प्रशासनिक अड्चन हटाउन उनी सधैं पहलरत रहने गरेको स्थानीयको भनाइ छ।

पूर्वाधार विकासमार्फत जनजीवन सहज बनाउने उद्देश्यसहित निरन्तर क्रियाशील मेघनाथ शर्मा पौडेललाई गण्डकी प्रदेशका विकासप्रेमी अभियान्तामध्ये एक प्रमुख व्यक्तित्वका रूपमा हेरिएको छ। उनको सक्रियता र योगदान आगामी दिनमा पनि प्रदेशको समग्र विकासमा महत्वपूर्ण रहने अपेक्षा गरिएको छ। (समाचार संसार न्युज डटकमका सम्पादक राजेन्द्र बरालले युटुब कार्यक्रम ‘फरक संवाद’मा गरेको पुरा कुराकानीमा आधारित)

‘फरक संवाद’को पुरा कुराकानी हेर्न यहाँ क्लिक गर्नुहोस् ।

 

वि.सं.२०८२ पुस ४ शुक्रवार १८:३० मा प्रकाशित

‘गुरु आमा’को भावुक ट्रेलर सार्वजनिक, दर्शकको मन छुने संकेत

‘गुरु आमा’को भावुक ट्रेलर सार्वजनिक, दर्शकको मन छुने संकेत

काठमाडौं । शिक्षक–विद्यार्थी सम्बन्धको भावनात्मक कथावस्तु समेटिएको नेपाली चलचित्र गुरु...

‘गूरु आमा’को टाइटल गीत ‘मन मान्दै मानेन’ सार्वजनिक

‘गूरु आमा’को टाइटल गीत ‘मन मान्दै मानेन’ सार्वजनिक

काठमाडौं । भिन्नै कथावस्तुमा आधारित नेपालीकथानक चलचित्र ‘गूरु आमा’को गीत...

दमदार अभिनय र आकर्षक नृत्यसहित चाँहिदैन सम्पत्ति सार्वजनिक

दमदार अभिनय र आकर्षक नृत्यसहित चाँहिदैन सम्पत्ति सार्वजनिक

काठमाडौं  । गायक राजेश बर्देवा र गायिका क्रिस्टिना अधिकारीको आवाजमा...