उद्धव मगर, दोहा कतार
मार्च २३ का दिन कतार नेपाली एकता समाज सैलिया एरिया समिति अन्तर्गत इकाई समिति गठन भएको छ । समिति गठनको लागि विशेष लक्षमण कोइराला र गेजमान सिंह वि.क को पहलमा बृहत भेला सम्पन्न गरेको छ भने भेलाले सात सदस्यीय इकाई समिति चयन गरिएको छ ।
जसको अध्यक्ष, पूर्णबहादुर वि.क सचिव जनक कार्की, कोषाध्यक्षमा तुल्सीराम वि.क र सदस्यमा हेमराज निरौला, तोलाकान्त भण्डारी, प्रमोद चौधरी र छत्रबहादुर वि.क रहेका छन् ।
सो भेलालाई समाजका प्रथम उपाध्यक्ष हेमन्तवाईवातथाकोषाध्यक्षधनबहादुर परियार ले प्रशिक्षण समेत दिएका थिए ।
वि.सं.२०७४ चैत १२ सोमवार ०९:४८ मा प्रकाशित






























