back
CTIZAN AD

राष्ट्रिय मुक्तक पुरस्कार प्राज्ञ सरुभक्तलाई

वि.सं.२०७४ चैत १२ सोमवार

891 

shares

१२ चैत, पोखरा । मुक्तक मञ्च पोखराद्वारा सञ्चालित एवं साहित्यकार विष्णु अल्पविरामद्वारा स्थापित राष्ट्रिय मुक्तक पुरस्कार २०७४ बाट प्राज्ञ सरुभक्तलाई सम्मान गरिने भएको छ ।

मञ्चका सल्लाहकार दीपक समीपको संयोजकत्वमा रुपीन्द्र प्रभावी र सन्जीव पौडेल सदस्य तथा अध्यक्ष प्राञ्जल र पुरस्कारका संस्थापक विष्णु अल्पपविराम पदेन सदस्य रहेका प्रतिभा छनोट समितिको सिफारिसमा मञ्चले सरुभक्तलाई उक्त पुरस्कार प्रदान गर्ने निर्णय गरेको आइतबार आयोजित पत्रकार सम्मेलनमा जानकारी दिइएको हो ।

नेपाली मु्क्तकको विकास र लेखनका लागि महत्वपूर्ण योगदानको उच्च कदर गर्दै प्रत्येक दुई वर्षमा प्रदान गरिने सो पुरस्कारको राशि रु २२ हजार २२२, ताम्रपत्र र दोसल्ला रहेको छ ।

कविता, नाटक, गीत, गजल, उपन्यास र कथाका तीन दर्जनभन्दा बढी कृतिका लेखक सरुभक्तको पहिलो कृति ‘बन्द खामभित्र’ ९२०३५० पोखराकै पहिलो मुक्तक संग्रह हो, उनका हजार बुद्धहरु (२०६१) र प्रेमयात्रा (२०६७) सहित ती मुक्तक संग्रह प्रकाशित छन् भने पागल बस्ती उपन्यासले २०४८ को मदन पुरस्कार प्राप्त गरेको थियो ।

सो पुरस्कारबाट यसअघि कृष्णप्रसाद पराजुली र रत्नशम्शेर थापा सम्मानित भइसकेका छन् । मञ्चद्वारा चैत २२ देखि २४ गतेसम्म पोखरामा आयोजना गरिने मुक्तक महोत्सव २०७४ अवसरमा उक्त पुरस्कार अर्पण गरिने आर्थिक उपसमिति संयोजक गौरी तमुले बताइन् ।

सो महोत्सवमा मुक्तक गोष्ठी, पुस्तक परिचर्चा, मुक्तकका पुस्तक प्रदर्शनी, राष्ट्रिय मुक्तक पुरस्कार हस्तान्तरण, मुक्तकको सैद्धान्तिक बहस, मुक्तक संग्रह विमोचन र नेपालका विभिन्न जिल्लाका अग्रज तथा नयाँ पुस्ताका ४० भन्दा बढी मुक्तककारका मुक्तक वाचन गरिने भएको छ ।

वि.सं.२०७४ चैत १२ सोमवार १०:१८ मा प्रकाशित

सरकारका १०० दिनः भूमि व्यवस्था मन्त्रालयका यी हुन् उपलब्धि

सरकारका १०० दिनः भूमि व्यवस्था मन्त्रालयका यी हुन् उपलब्धि

काठमाडौँ । भूमि व्यवस्था, सहकारी, सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री...

सेवानिवृत्त राष्ट्रसेवक कर्मचारीले पाउने भुक्तानी असार २५ गतेसम्म हुने

सेवानिवृत्त राष्ट्रसेवक कर्मचारीले पाउने भुक्तानी असार २५ गतेसम्म हुने

काठमाडौँ । महालेखा नियन्त्रक कार्यालयले सेवानिवृत्त हुने राष्ट्रसेवक कर्मचारीको असार...

मनसुनी वायुको प्रभाव कायमै, आज यी प्रदेशमा वर्षाको सम्भावना !

मनसुनी वायुको प्रभाव कायमै, आज यी प्रदेशमा वर्षाको सम्भावना !

काठमाडौँ । देशभर मनसुन वायुको प्रभाव कायम रहेकाले आज पनि...

एक करोड ४८ लाख बढीको क्रिप्टो कारोबार गर्ने युवक पक्राउ

एक करोड ४८ लाख बढीको क्रिप्टो कारोबार गर्ने युवक पक्राउ

काठमाडौँ । नेपाल प्रहरीले रु एक करोड ४८ लाख बढीको...

आजदेखि मनसुन अवधिभरका लागि बन्द भयो मेलम्ची

आजदेखि मनसुन अवधिभरका लागि बन्द भयो मेलम्ची

काठमाडौँ । मेलम्ची खानेपानी विकास समितिले आजदेखि मनसुन अवधिभर काठमाडौँ...

पहिरोले अवरुद्ध तीन मुख्य राजमार्ग सञ्चालनमा

पहिरोले अवरुद्ध तीन मुख्य राजमार्ग सञ्चालनमा

काठमाडौँ । केही दिनयता निरन्तर परेको वर्षाका कारण देशका विभिन्न...